पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च माविले शिक्षकहरुलाई विभिन्न तालिम प्रदान गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र शिक्षकको क्षमता अभिवृद्धिका लागी आइतबार हस्तलेखन प्रशिक्षण दिएको छ । स्कूल साइकोलोजी कास्कीको सहयोगमा विद्यालयमा अध्यापनरत शिक्षकलाई अंग्रेजी र नेपाली अक्षरको उत्कृष्ट लेखन, तरिका र विधिका विषयमा सुवास पराजुलीले प्रशिक्षण दिएका थिए । सिकेको सिपलाई विद्यार्थीको माझमा लगि अक्षर लेखनमा प्रभावकारिता ल्याउन तालिम आयोजना गरिएको प्राचार्य नारायण शर्मा चापागाईले जानकारी दिए । शिक्षक प्रशिक्षित भएमात्र विद्यार्थीले सिक्न र व्यावहारमा प्रयोग गर्न सक्ने सहप्राचार्य सन्तोष गुरुङ्गले जानकरी बताए । विद्यालयले यसअघि पनि प्रशिक्षक शम्भु पौडेल मार्फत विद्यार्थीलाई हस्तलेखनका बिषयमा प्रशिक्षण दिइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment