जोमसोमबाट पोखरा आउँंदै गरेको गोमा एयरको नाइन एनएकेवाई को विमान मगलबार पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । बिहान सवा ७ बजे अवतरण गर्ने क्रममा जहाजको अघिल्लो चक्काको जहाजको नोजल ह्विल खुलेपछि गुडिरहेको बेला जमिनमा जोतिन पुगेको विमानस्थलले जनाएको छ । अवतरण गरेलगत्तै जहाज धावन मार्गमा गुडिरहेको बेला एक्कासी नोजल ह्विल खुलेर पाङग्रा भित्र घुसेपछि जहाज दुर्घटनामा परेको हो’ पोखरा विमानस्थलका प्रमुख दीपक बरालले भने,–जहाजलाई सुरक्षित स्थानमा लगेका छौं । बाहिर निस्केको ह्विल लक नभएर धस्सिएको हो ।’ विमानको अघिल्लो भागमा सामान्य क्षति पुगे पनि मानवीय क्षति भने नभएको पोखरा विमानस्थलका अधिकारीले जानकारी दिए । विमानमा चालक दलका सदस्य सहित १८ जना सवार थिए । गोमा एयरले यही जेठ १२ गतेदेखि पोखरा–जोमसोम उडान सुरु गरेको थियो । अवतरण गर्नका लागि सबै इन्डिकेटर देखाएको चालकले बताए पनि अवतरण गर्ने क्रममा पांग्रा भने नखुलेको पोखरा विमानस्थल प्रमुख इमनाथ अधिकारीले जानकारी दिए । गोमा एयरको जहाज धस्सिएपछि पोखरा विमानस्थल दुई घण्टा बन्द भएको थियो । प्राविधिक र सुरक्षाकर्मीको सहयोगले करिब २ घण्टापछि जहाजलाई तानेर पार्किङ स्थलमा ल्याए पछि विमानस्थल सन्चालन भएको हो । विमानस्थल अवरुद्ध हुँदा जोमसोमबाट पोखरा आउने तयारीमा रहेको जहाज जोमसोममै रोकिएको थियो । त्यस्तै काठमाडौं–पोखरा उडान पनि केहि समय रोकिएको थियो । गोमाले ‘एलइटि ४१० यूभिपी–ई २०’ मोडलको टर्बाेप्रप जहाज नेपाल भित्र्याएको थियो । त्यहि जहाजबाट एक साताअघि पोखरा–जोमसोम रुटमा उडान थालेको थियो । गोमाले चेक गणतन्त्रमा निर्मित यस्तै मोडलका २ जहाज ल्याएको छ । पहिरोले बेनी सोमसोम सडकखण्ड अवरुद्ध भएपछि पोखरा–जोमसोममा यात्रुहरुको चाप ह्रवात्तै बढेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment