गोल्डेन न्यूज संवाददाता
सुजल फुड्स प्रालिले १० रुपैयाँ पर्ने नयाँ चोकोफन बजारमा आएको छ । कम्पनीले यसअघि ५ रुपैयाँको चोकोफन बजारमा ल्याएको थियो । उक्त चोकोफनले राम्रो प्रतिफल दिन सफल भएको थियो । ग्राहकको अपेक्षा अनुरुप अझ बढी रमाइलोको आभाष दिन नयाँ उत्पादन बजारमा ल्याएको कम्पनीले जनाएको छ । चोकोफन बिगफनमा ठूलो, कुरमुराहटपूर्ण वेफर, मनै लोभ्याउने चकलेट र आकर्षक भेनिलाको स्ट्राइप्स् पाइने कम्पनीले दावी गरेको छ । चोकोफन बिगफनको प्रचार–प्रसार अभियान देशभर आकर्षक ढङ्गले गएिको छ । बिग फन नारा रहेको अभियान विभिन्न संचारमाध्यम मार्फत देशभरमा पु¥याइएको बताइन्छ भने अभियानले ग्राहकवर्गको रमाइलो पनलाई अझ माथि पु¥याउने कम्पनीको विश्वास छ । सुजल फुड्सको उत्पादन चाकोफन सबैले मन पराएकोले सुरुदेखि नै चोकोलेटी वेफरको रुपमा आफूलाई चिनाउन सफल थियो । चोकोफन नेपालकै अग्रणी चोकलेट ब्राण्ड भएको र बच्चा तथा अन्य उमेरका सबै ग्राहकले मन पराएका छन् । उपभोक्तालाई बढी खुसी दिने उद्देश्यले ५ वर्षको लामो अनुसन्धान पश्चात् ग्राहकको अपेक्षा अनुरुप चाकोफनको नयाँ उत्पादन चोकोफन बिगफन बजारमा ल्याएको हो । ग्राहकले खोजेको रमाइलो, सन्तुष्टि, र चाहनालाई ध्यानमा राखेर नै ठूलो र कुरमुराहट वेफर जसमा छ मनै लोभ्याउने चकलेट क्रिम, अझ त्यसमाथि स्वादिलो बाक्लो चकलेट र निकै कलात्मक ढंगले सिंगारिएको मीठो सेतो भेनिला क्रिम रहेको चोकोफन बिगफन नेपालकै उत्कृष्ट वेफर बन्न पुगेको कम्पनीको दावी छ । बिहानको नास्ता होस् वा स्कूलको खाजा, खाना खाइसकेपछि वा जन्मदिनको उपहार, ‘चोकोफन बिगफनं हरेक अवसरलाई उपयुक्त रहेको बताइन्छ । चोकोफन ब्राण्डको लोकप्रिय रातो रङको ¥यापरमा आउँछ जसलाई सुनौलो रङ्गको मिश्रण र अझ त्यसमा ःबत भााभअत ले निकै नै चमकिलो र आकर्षक बनाएको छ । चोकोफन बिगफन ६० वटाको प्लास्टिक बट्टा, १२ वटाको रिटेल प्याक र २४ वटाको मोनो कार्टनमा बजारमा उपलब्ध छ ।
Post a Comment