स्थानीय जनतालाई जडिबुटी बारे जानकारी गराउन पोखरामा एक अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत गण्डकी अञ्चल आयुर्वेद औषधालयको आयोजनामा सम्पन्न कार्यक्रममा जडिबुटी सम्बन्धी जानकारी राख्ने ४५ जना नागरिक सहभागी थिए । जडिबुटी र महत्वबारे जानकारी गराउदै प्रशिक्षक एवं जिल्ला वन कार्यालय कास्कीका प्रमुख प्रभात सापकोटाले कास्कीमा व्यवसायिक रुपमा जडिबुटी खेती नभएपनि जंगलमा पाइने केही जडिबुटी संकलन भएको बताए । उनले जडिबुटीको पहिचान नै गर्न समस्या र पहिचान भएपनि संकलन, प्रशोधन र भण्डारको समस्या रहेको बताए । जंगलमा पाइने सबै जडिबुटी संकलन गर्ने बानी र फूल फूल्न नपाउँदै संकलन गर्दा कतिपय जडिबुटी लोप हुने अवस्थामा समेत पुगेको भन्दै उपयुक्त समयमा उचित ढङ्गले संकलन, भण्डारण र प्रशोधन गर्न सके जडिबुटीको गुणस्तर कायम हुनुका साथै बजार भाउ समेत राम्रो पाइने स्पष्ट पारे । कार्यक्रममा गण्डकी अञ्चल आयुर्वेद औषधालय की प्रमुख डा.शुभद्रा कार्कीले आयुर्वेद र पञ्चकर्मको महत्वका साथै ऋतु अनुसार हरितकीका बारेमा जानकारी गराएकी थिइन ।
त्यस अवसरमा कार्यक्रममा सहभागहरु अमित न्यौपाने, धर्म तमु लगायतले बोलेका थिए ।
त्यस अवसरमा कार्यक्रममा सहभागहरु अमित न्यौपाने, धर्म तमु लगायतले बोलेका थिए ।
Post a Comment