गोल्डेन न्यूज संवाददाता
पोखरा भ्याली स्पोर्टस् क्लव रामबजार १०, १५ पोखराले बुटबलमा संचालन भइरहेको १८ औं तिलोत्तम गोल्डकप प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई एक कार्यक्रमका साथ विदाई गरियो । पोखरा भ्याली स्पोर्टस् क्लवका खेलाडीहरुमा राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङ्गको कप्तानीमा भिकटोर लावाल, पिटर सेगुन, अबा विदेशी खेलाडीसहित अन्य खेलाडीहरुमा बिक्रम लामा, विष्णु गुरुङ्ग,m सरोज दाहाल, विशाल राई, सागर गुरुङ्ग, सन्तोष गुरुङ्ग, श्रमिक गुरुङ्ग, रोशन हिराचन, राजु गुरुङ्ग (मोटे) र शरद बस्नेत जस्ता राष्टिूय खेलाडीलाई सहभागी गराईएको टिममा टिम म्यानेजर गोविन पुन, प्रशिक्षकमा विकास गुरुङ्ग र अफिसियलमा राष्ट्रिय फुटबल खेलाडी सविन्द्र श्रेष्ठ, क्लवका सहसचिव प्रितम गुरुङ्ग र सदस्य महाविर गुरुङ्ग समेतलाई खादा लगाई शुभकामनाका साथ विदाई गरिएको जानकारी क्लवका सचिव सम्मरबहादुर श्रेष्ठले दिए । प्रतियोगितामा सहभागिता जनाउन अक्सिजन लन्ज एण्ड बार लेकसाइड बाट खेलाडी र अफिसियललाई २५ थान डे«स, सौजन्य अखिल नेपाल फुटबल संघ कास्कीबाट नगद रु.५ हजारका साथ १८ जोर जर्सी सहयोग प्राप्त भएकोमा क्लवलाई अन्य सहयोगीहरु मा क्या.थमानसिंह थापा, खेम बहादुर गुरुङ्ग, नरेन्द्र गुरुङ्ग, सम्मरबहादुर श्रेष्ठ, प्रितम गुरुङ्ग, राजु गुरुङ्ग मोटे र खुम गुरुङ्ग लगायतका सदस्यहरुले आर्थिक सहयोग प्रदान गरेको जानकारी कोषाध्यक्ष विश्व तण्डुकरले बताए । प्रतियोगिताको क्वाटर फाइनल खेल १८ गते आयोजक टीम रुपन्देही ११ सँग खेल्ने टिम कोच विकास गुरुङ्गले बताए । प्रतियोगिता मा सहभागी टीमलाई बिदाई गर्दै प्रतियोगितामा अनुशासित भई प्रस्तुत हुनुपर्ने बताउँदै क्या.थमानसिंह थापाले शुभकामना दिएका थिए । कार्यक्रमको संचालन क्लवका सचिव सम्मरबहादुर श्रेष्ठले गरेका थिए ।
Post a Comment