0
एउटै पृथ्वी, सातअरबको सपना, दिगो उपयोग हाम्रो चाहना भन्ने मूल नाराका साथ ४३ औं विश्व वातावरण दिवसको अवसरमा फेवा मार्ग हरियाली प्रवद्र्धन समिति पोखराले वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । पोखराको जिरो कि.मि.देखि हल्लनचोकसम्म फेवामार्ग हरियाली प्रवद्र्धन समितिद्वारा गत वर्ष सडकका दायाँबायाँ लगाईएका विभिन्न जातका विरुवाहरु गोडमेल तथा नयाँ विरुवा रोपण र ट्रिगार्ड नभएका ठाउँहरुमा समेत नयाँ ट्रिगार्ड राख्ने कार्य गरिएको थियो । उक्त कार्यक्रम पोखरा उपमहानगरपालिकाका प्रशासन विभाग प्रमुख अनन्त प्रसाद कोइराला तथा जिल्ला बन कार्यालयका सहायक बन अधिकृत माधव प्रसाद बरालले संयुक्त रुपमा वृक्षारोपण गरी शुभारम्भ गरेका थिए । कार्यक्रममा पोउमनपाका प्रशासन विभाग प्रमुख अनन्त प्रसाद कोइरालाले आफ्ना घरअगाडिका विरुवाहरु आफैले संरक्षण गरी हुर्काउनु पर्नेमा जोड दिए । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत माधव प्रसाद बरालले विरुवा रोप्नुभन्दा पनि हुर्काउनु महत्वपूर्ण रहेकोमा यस संस्थाले नियमित स्याहार सुसारमा ध्यान दिएकोमा प्रसंसा गरे ।  कार्यक्रममा नमूना आदर्श आमा समूह, मासबार आमा समूह, जरेवर उज्जल दिदीबहिनी समूह, पोखरा पिस क्लव, नुवारथोक टोल विकास संस्था, शान्तिनगर टोलविकास संस्था, नेरेसो पोखरा ७ उपशाखा, नन्दकिशोर टोल विकास संस्था, जरेवर टोल विकास संस्था लगायत स्थानीय बासिन्दाहरुको रुपमा सहभागिता रहेको थियो । कार्यक्रम समितिका अध्यक्ष उज्वल खत्रीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सचिव ठाकुर प्रसाद बरालले गरे ।

Post a Comment

 
Top