0
गोल्डेन न्यूज संवाददाता
काठमाडौंबाट सामागाउँका लागि उडेको नाइनएन–एकेएफ हेलिकप्टर गलत सूचनाका कारण दुर्घटनामा परेको पाइएको छ । साम्दो गाउँमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हेलिकप्टरमा सवार जिल्ला खानेपानी तथा सरसफाई कार्यालय गोरखाका प्रमुख नारायणप्रसाद आचार्यले बताए ।  ‘सामागाउँ पुग्नुपर्ने हेलिकप्टर साम्दो पुगेर बारीको कान्लामा ल्याण्ड गर्न खोज्दा अनियन्त्रित भएर पल्टिएको थियो,’ उनले भने । गलत सूचनाका आधारमा पाइलटले साम्दोमा हेलिकप्टर ल्याण्ड गराएको उनले बताए । ‘साम्दोमा ल्याण्ड भएपछि सामागाउँ फर्कने कुराकानी भइरहेको थियो,’ उनले भने, ‘हामी हेलिकप्टरबाट झरेका पनि थिएनौं, पखेटा घुमिरहेको थियो, पल्टेर तल्लो गह्रामा पुगियो ।’ क्याप्टेनले ढोका खोलिदिएपछि सबै जना बाहिर निस्केर सुरक्षित भएको उनले बताए  हेलिकप्टर पल्टिएसँगै पछाडिको भागबाट धुवाँ आएर आगलागी भएको उनले जानकारी दिए । साम्दोमा रोक्किसकेको हेलिकप्टर सामागाउँ आउन लाग्दा अनियन्त्रित भएर पल्टिएको प्रहरी नायब उपरीक्षक अर्जुन चन्दले बताए । उनले भने ‘पल्टिएपछि आगो सल्किएर हेलिकप्टर पूर्ण रुपमा क्षति भयो ।’ रोकेको ठाउँबाट ५ मिटर तल खसेको उनले बताए । अन्तर्रािष्ट्रय मेडिकल कप्सले सामागाउँमा खानेपानी र सरसफाईको कार्यक्रम गर्न हेलिकप्टर उडाएको थियो । हेलिकप्टरमा सवार क्याप्टेन सहित ५ जना सुरक्षित छन् । उनीहरुलाई मनाङ एयरको हेलिकप्टरले उद्धार गरेर राजधानी पु¥याएको छ ।

Post a Comment

 
Top