अन्तर्राष्ट्रिय क्रान्तिकारी नेता चे ग्वेभाराको ८७औं जन्म जयन्तीको अवसरमा चे स्मृति प्रतिष्ठान, नेपाल र अनेरास्ववियु, गण्डकीले संयुक्त रुपमा आइतबार साँझ पृथ्वीनारायण क्याम्पस, गेट पोखरामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पोखराका विभिन्न कलेजहरुबाट युवा विद्यार्थीहरुले सहभागिता जनाएका थिए । चेको नामको हिज्जे लेखिएको सि, एच र ई मा सतासी वटा मैनवत्ति बालेर युवाहरुले चे ग्वेभाराको मार्गदर्शनलाई अबलम्बन गर्ने सपथ लिएका थिए । कार्यक्रमको प्रायोजन गुरु चेला, द करीयर प्वाइन्टले गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका अध्यक्ष सुवास मल्लले चे ग्वेभारा एक जनाको बलिदानले हजारौं योद्धाहरु जन्माएको बताए । उता प्रतिष्ठानका सचिव तथा अनेरास्ववियु गण्डकीका सह ईञ्चार्ज नरेश रोकायाले समाजको रोग निको बनाउन चे ग्वेभाराको पथमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै अनेरास्ववियु गण्डकीका कोषाध्यक्ष आशिर्वाद सुवेदीले संसारभरको युवा क्रान्तिकारी हरुको माझ चे ग्वेभारा सधैं अमर रहने बताए । अर्जेन्टिनामा जन्मेर ग्वाटेमाला, क्युवा, कंगो र बोलिभियाको क्रान्तिमा प्रत्यक्ष सहभागी भएका ग्वेभारा क्युवाका मन्त्रीसम्म पनि भएका थिए ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» ग्वेभाराको ८७औं जन्म जयन्तीमा दीप प्रज्वलन
Subscribe to:
Post Comments (Atom)
Post a Comment