गोल्डेन न्यूज संवाददाता
मध्यपश्चिमाञ्चलका सुनील चौधरी र प्रमिला चौधरीले सातौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्स तर्फ शनिबार स्वर्ण जितेका छन् । सुनीलले छात्र र प्रमिलाले छात्राको १ सय मिटर दौडमा स्वर्ण जितेका हुन् । पोखरा रंगशालामा सुनीलले निर्धारित दूरी पूरा गर्न ११.५५ सेकेन्ड समय खर्चे । मध्य पश्चिमाञ्चल का सुवास रत्गैया दोश्रो तथा पश्चिमाञ्चलका शक्ति सापकोटा तेश्रो भए । प्रमिलाले निर्धारित दूरी १३.४५ सेकेन्डमा पूरा गरिन् । मध्यमाञ्चलकी लुजला अमात्य दोश्रो र पश्चिमाञ्चलकी विन्दु थापा तेश्रो भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मोफसलमा पहिलो पटक आयोजित प्रतियोगिताको छात्र १ हजार ५ सयमिटर दौडमा मध्य पश्चिमाञ्चलका सागर बुढाथोकी पहिलो भए । उनले ४ मिनेट ३१.३ सेकेन्ड समय लगाए । पूर्वाञ्चलका प्रकाश दनुवार दोश्रो र पश्चिमाञ्चलका रोहित अधिकारी तेश्रो बने । सोही स्पर्धाको छात्रामा ५ मिनेट १७.८ सेकेन्डमा दौड सकाउदै सुदूरपश्चिमाञ्चलकी गौरी भट्टराई पहिलो बनिन् । मध्य पश्चिमाञ्चलकी राजपुरा पछाईं दोश्रो र पश्चिमाञ्चलकी गुडिया गुप्ता तेश्रो भए । छात्रको हाइजम्पमा सुदूरपश्चिमाञ्चलका नरेश चौधरीले शीर्ष स्थान हात पारे । उनले १.६० मिटर उचाइ नाघे । मध्यपश्चिमाञ्चलका विबास थारु दोश्रो र मध्यमाञ्चलका जीवनकुमार शाह तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी गायत्री चौधरीपहिलो भइन् । गायत्रीले १.३५ मिटर उचाइ नाघिन् । पश्चिमाञ्चलकी कुसुम मगर दोश्रो रपश्चिमाञ्चलकै विपना परियार तेश्रो भए । सटपुटको छात्रमा मध्यपश्चिमाञ्चलका तिलक विकले पहिलो स्थान हात पारे। उनले १३.९६ मिटर टाढा फाले । मध्यमाञ्चलका इसुजन केसी दोश्रो र वीरेन्द्र चौधरी तेश्रो भए । सो स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चल की संगीता थारु ९.४९ मिटर टाढा फाल्दै पहिलो भइन् । पश्चिमाञ्चलकी नेहा अढै दोश्रो र मध्यपश्चिमाञ्चलकी निरुता शाही तेश्रो बने । यता, छात्र भलिबलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१८, २५–१६ र २५–१५, मध्यमाञ्चलले सुदूरपश्चिमाञ्च ललाई २५–२१, २५–२१ र २५–१० तथा पूर्वाञ्चलले मध्यपश्चिामञ्च ललाई २५–२१, २५–२०, २४–२६ र २५–१४ को सेटमा पराजित गरे । छात्रामा पश्चिमाञ्चलले दोहोरा जित आत्मासात् ग¥यो । पश्चिमाञ्चल पूर्वाञ्चल विरुद्ध २५–३, २५–१८ र २५–६ तथा सुदूरपश्चिमाञ्चल विरुद्ध २५–११, २५–६ र २५–५ ले विजयी भयो । मध्यमाञ्चलले मध्य पश्चिमाञ्चल लाई २५–२३, २५–१४ र २५–१० ले हरायो । उसु ः छाङ छ्वानको छात्रमा रविन तामाङ र छात्रामा कविता नेपाली तथा नान् छ्वानको छात्रमा दोर्जे लामा र छात्रामा विनिता लामिछाने मगरले स्वर्ण जिते । चारै स्वर्ण विजेता मध्यमाञ्चलका हुन् । करातेमा छात्राको एकल काता र ४५ केजीमा मध्यमाञ्चलकी अप्सरा मोक्तानले स्वर्ण जितेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । ५० केजीमा पूर्वाञ्चलकी विद्याकला राई पहिलो भइन् । छात्रको एकल कातामा मध्य पश्चिमाञ्चलका युवराज सिंह तथा ५२ केजीमा सुदूरपश्चिमाञ्चलका लोकेश पार्की पहिलो भए । तेक्वान्दोतर्फ ३ स्पर्धाको फाइनल र ३ स्पर्धाको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रतिभा पहिचान गर्ने आधारभूत प्रतियोगिता भएकाले सरकारले यो प्रतियोगिता लाई महत्व दिएको बताउदै आगामी दिनमा प्रतियोगिताको दायरा बढाउँदै जाने बताए । राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पाले भूकम्पपछि पोखरामा आयोजना गरिएको प्रतियोगिताले अन्तर्राष्ट्रिय समुदायमा नेपाल सुरक्षित र एकजुट छ भन्ने सन्देश दिन सफल हुने धारणा व्यक्त गरे । राखेप सदस्य–सचिव शकुन्तला नगरकोटीले पदमा रहेपनि नरहेपनि खेलकुद प्रतिको सक्रिएतामा कहिले कमी नआउने बताउदै खेलकुदलाई अनुशासित र मर्यादित राख्दै खेलाडीको हकहितका लागि समर्पित हुने बताइन् । राष्ट्रपति रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेलले पोखरामा सिन्थेटिक ट्रयाकको व्यवस्थाका लागि खेलकुद मन्त्रालयसंग आग्रह गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।
Post a Comment