पोखराका आठ विद्यालय हरूको छाता संगठन पोखरा एजुकेशन फाउन्डसन (पेफ) कास्कीले आफ्नो वार्षिक शैक्षिक क्रियाकलाप अन्तर्गत वर्ड पावर कन्टेष्ट आयोजना गरेको छ । आठ विद्यालयहरूका ६४ विद्यार्थीहरू बीच आयोजना गरिएको कार्यक्रममा रेन्बो एकेडेमिक होम्सकी सोनिया गुरूङ्ग प्रथम, रेन्बो एकेडेमिक होम्सकी तिल कुमारी गुरूङ्ग द्वितीय र रन्बो एकेडेमिक होम्सका सुदिप राई तृतीय भएका थिए । त्यस्तै प्रत्यक विद्यार्थीहरू को व्यक्तिगत अङ्कलाई जोडी रेन्बो एकेडेमिक होम्स प्रथम विद्यालय । हाइ माउण्ट द्वितीय विद्यालय र न्यू एरा उच्च मा.वि तृतीय विद्यालय हुन सफल भएको थिए । कार्यक्रम क्वाटर फाइनल, सेमिफाइनल र फाइनल गरी तीन चरणमा विभाजन गरिएको कार्यक्रम संयोजक तथा फेवा पब्लिकका प्राचार्य शेरबहादुर क्षेत्रीले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment