गोल्डेन न्यूज संवाददाता
डाइनामिक एकेडेमी सिमलचौर पोखरा ८ मा विश्व वातावरणको अवसर पारी वृहत सरसफाई, वृक्षारोपण एवम् नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवसको महत्वमाथि प्रकाश पार्दै विद्यालयका सह–प्रचाचार्य पदम बस्ताकोटीले जन्मोत्सव एवं महत्वपूर्ण कार्यमा एक व्यक्ति एक विरुवा रोप्न सके हरेक वर्ष ६ अरब विरुवा थपिने तथा पृथ्वीलाई माया मान्न सके पृथ्वीले सबैको सरक्षण गर्ने बताए । उक्त अवसरमा विद्यालय हाताभित्र, राष्ट्रमार्गदेखि फिर्के खोलासम्म करिब ३ सय मिटर बाटोको दायाँ–बायाँ सरसफाई कार्यक्रम सम्पन्न भएको छ । साथै विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत यस शैक्षिक सत्र २०७२ मा नयाँ विद्यार्थीहरुलाई टिका, खादा, मिठाई वितरण गरी स्वागत कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विद्यालयका प्राचार्य लक्ष्मण पोख्रेलले नवआगन्तुक विद्यार्थीहरुलाई नयाँ कुरा सिक्ने अवसर भएको र विद्यालयका अनुशासनको परिभित्र सहज महसूस गरी पठनपाठन गराउन विद्यालय लागिपरेको बताए । कार्यक्रममा नयाँ र पुराना विद्यार्थीहरुले विभिन्न नृत्य, प्रहशन प्रस्तुत गर्नुका साथै शिक्षक शिक्षिकाले पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम कक्षा १० की छात्रा मनिषा के.सी.को अध्यक्षतामा भएको थियो भने संचालन सुरुचि थापा मगर र दीपक अधिकारीले संयुक्त रुपमा गरेका थिए । यसैगरी पोखरा–९, नयाबजाँर स्थित नव प्रभात माविमा शुक्रबार विश्व वातावरण दिवसको अवसर पारी विद्यालयका विद्यार्थी तथा शिक्षक कर्मचारीहरूले विद्यालयको हाता भित्र विभिन्न किसीमका विरुवा रोप्नुका साथै विद्यालयको वरपरको वातावरण सरसफाई कार्यक्रम समेत गरेका थिए । विद्यालयका प्रअ विजयराज भण्डारीले विरुवा रोपी उद्घाटन गरेको कार्यक्रममा भूपू विद्यार्थी श्याम गिरीको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक सागर पौडेलले गरेका थिए । यसैगरी पोखरा–५, पस्र्याङमा रहेको शान्ति निकेतन स्कूलमा पनि विश्व वातावरण दिवस मनाइएको छ । यस अवसरमा वातावरण संरक्षण तथा सरसफाइ गर्न समूदायलाई प्रेरित गर्ने उद्देश्यका साथ सचेतना ¥यालीको आयोजना गरिएको थियो । यसैगरी विद्यालयको शुक्रवारीय कार्यक्रम अन्तर्गत अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रातो सदनका विशाल अधिकारी, आशिष बराल, आकृति कोइराला र दीपेश सुवेदीले प्रथम स्थान हासिल गरेका छन् भने निलो सदनका सविता गौतम, सुदीप चापागाइँ, सारिका घिमिरे, वर्षा केसीले द्वितीय स्थान हासिल गरेको विद्यालयका शैक्षिक प्रमुख यदुविलाश भूत्र्यालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसैगरी पोखरा–८, फिर्केमा रहेको सृजना उच्च माविले समेत विद्यार्थीहरुको सक्रिय सहभागितामा वृहत् सरसफाइ कार्यक्रम आयोजना ग¥यो । विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले वातावरण सम्बन्धी जानकारीमूलक सूचना, नाटक तथा जलवायु परिवर्तन र यसबाट विश्वले भोग्नु परेको समस्याका बारेमा चर्चा गरेको विद्यालयका शिक्षक अभिषेक कुँवरले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । विद्यार्थीहरुले विद्यालय, सृजनाचोक, सिमलचौर स्थित पशुपति मन्दिर क्षेत्र लगायतका स्थानहरुमा सरसफाइ गरेका थिए । कार्यक्रम संयोजक अशल पाण्डे, सभापति सुमन पाण्डे रहेको कार्यक्रममा पोखरालाई स्वच्छ, सुन्दर र हराभरा बनाउनका लागि सबैको दयित्व बराबर रहेको, सेती नदीलाई बागमती जस्तै बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिईएको थियो । यसैगरी पोखराको मासवारमा अवस्थित मदरल्यान्ड उच्च मा.वि.मा विश्व वातावरण दिवस (जुन ५) को अवसर पारी हस्तकला, वृक्षारोपण तथा सरसफाई सम्बन्धी विविध कार्यक्रम शुक्रबार इको क्लब मदरल्यान्डको आयोजनामा विद्यालय प्राङ्गणमा सम्पन्न भयो । विश्व वातावरण दिवसको “एउटै पृथ्वी, सात अर्ब सपनाः दिगो उपभोग, हाम्रो चाहना” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा आठसम्मका विद्यार्थीहरूले आफ्नै हातले स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गरिएका वातावरण सम्बन्धी सामग्रीहरू प्रदर्शन गरिएको थियो भने कक्षा नौ र दशका विद्यार्थीहरूलाई टोल सरसफाइमा सहभागी गराइएको थियो । त्यस अवसरमा विद्यालय आफैंले पनि “फोहोर पनि हामी गर्ने सफा पनि हामी नै गर्ने, फोहोर कम गरे, सफा पनि कम गरे हुन्छ, फोहोर नगरे सफै गर्न परेन कि कसो ?” भन्ने नारा बनाएको र सरसफाइका क्रममा २०० के.जी. प्लाष्टिक उठाइएको विद्यालयका प्राचार्य प्रेम नारायण पोख्रेलले गोल्डेन न्यूजलाई जानकारी दिए । कक्षा नौ र दशमा वातावरण सम्बन्धी शब्दजाल प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रममा कक्षा आठ सम्मका विद्यार्थीले वातावरण संरक्षण सम्बन्धी विभिन्न तरिकाले बनाइएका सामग्रीहरू अत्यन्त सुन्दर देखिएका थिए । यसैगरी पोखरा १० शिवचोकमा रहेको नवदीप बोर्डिङ स्कुलका विद्यार्थीले शुक्रवार विश्व वातावरण दिवसको अवसर पारेर सरसाफाइ कार्यक्रम गरेका छन् । विद्यार्थीले विद्यालय हाताभित्र र बाहिर सरसफाइ गरेका थिए । उनीहरुले शिवचोकमा रहेको शिव मन्दिर परिसर, कँुडहर, लालिगुराँस टोल, वीरेन्द्र चोकसम्म सरसफाइ गरेको विद्यालयले जनाएको छ । उनीहरुले विद्यालय हाताभित्र रहेको फूलबारी बगैँचा गोडमेल गरेका थिए । त्यसैगरी नयाँ फूल र विरुवाहरु पनि सो अवसरमा रोपिएको थियो । यसैगरी पोखराको रत्नचोक स्थित रत्नज्योति उच्च माविमा विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गायन सम्बन्धी आ–आफ्नो प्रतिभा देखाएका थिए । विद्यालयका संचालक हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नृत्यतर्फ कक्षा २ मा सुदिना गुरुङ्ग, कक्षा ४ मा समिप भाट, कक्षा ५ मा अमृता अधिकारी, कक्षा ६ मा शिक्षा गिरी, कक्षा ७ मा विशाल घोताने, कक्षा ८ मा शर्मिला तामाङ र कक्षा १० मा रोशी दर्लामी उत्कृष्ट घोषित भएका थिए भने गायन तर्फ कक्षा ३ मा शिशिर, कक्षा ५ मा पूजा पाण्डे, कक्षा ७ मा अभिमत लामिछाने र कक्षा ८ मा आकृति लामिछाने उत्कृष्ट भएका थिए । यसैगरी नयाँबजार स्थित गुरुकुल विद्या सदन उच्च मा. विमा हरेक शुक्रबार आयोजना गरिने कार्यक्रम अन्तर्गत नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न गरिएको छ । विद्यालयको वार्षिक कार्य तालिका अनुसार शैक्षिक सत्र २०७२ को शुक्रबारे कार्यक्रम अन्तर्गत सो प्रतियोगिता सञ्चालन गरिएको थियो । भाषिक सीप विकासका आधारभूत सीपमध्ये एक पर्ने लेखाइ सीपको विकासका लागि आयोजित हस्तलेखन प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा क्रमस कक्षा १ क बाट निकिता पौडेल, १ ख बाट प्रनब बाँस्तोला, कक्षा २ क बाट अनुशा श्रेष्ठ, कक्षा २ ख बाट दिब्यानी गुरुङ्ग, कक्षा ३ बाट सिम्रन पोख्रेल, कक्षा ४ बाट आयुषमान बाँस्तोला, कक्षा ५ बाट कृतज्ञ श्रेष्ठ, कक्षा ६ बाट आँचल गुप्ता, कक्षा ७ बाट सुरक्षा सिग्देल, कक्षा ८ बाट स्नेहा श्रेष्ठ, कक्षा ९ बाट रोशनी कुवँर र कक्षा १० बाट एलिना बतास कक्षा उत्कृष्ट भएका थिए । यसैगरी विश्व वातावरण दिवसको अवसरमा टप्स उच्च माध्यमिक विद्यालयले शुव्रmबार विद्यालयवरिपरि रामघाट क्षेत्रमा सरसफाइ गरेको छ । विद्यालयमा क्रियाशील टप्स सिर्जनशील समूहद्वारा आयोजित कार्यव्रmममा अध्यक्ष स्मृति झाले वातावरण दिवसको महत्वबारे प्रकाश पारेका थिए । अतिरिक्त व्रिmयाकलाप विभागका प्रमुख तथा समूहका सल्लाहकार रमेश शर्माले संयोजन गरेको कार्यव्रmममा प्राचार्य रत्नमान गुरुङ र सह–प्राचार्य शिवकुमार सिंहले पनि वातावरण दिवसबारे बोलेका थिए । कक्षा १० सम्मका विद्यार्थीहरुले विद्यालयको वरपरका फोहोर सङ्कलन गरी व्यवस्थापन समेत गरेका थिए । विद्यार्थीहरुमा अन्तर्निहीत प्रतिभा प्रस्फुटनका लागि समूहले विभिन्न दिवसका अवसरमा विशेष परिचर्चासहित विशेष कार्यव्रmम आयोजना गर्दै आएको छ ।यसैगरी विश्व वातावरण दिवसको अवसरमा ज्योतिकुञ्ज इङ्गलिस स्कूल रामबजार १० पोखराद्वारा शुक्रबार टोल सरसफाई कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमा विद्यालयका शिक्षक, छात्रछात्रा तथा सम्पूर्ण कर्मचारीको सहभागिता रहेको थियो । जुनियर रेडक्रस सर्कल ज्योतिकुञ्ज र विभिन्न सदनहरुको अग्रसरतामा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बालाकृष्ण शर्मा र संस्थापक प्रिन्सिपल पुरन कुँवरको समेत उपस्थिति रहेको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कृष्ण लम्साल र रेडक्रस शिक्षक नायक सुमन अधिकारीले कार्यक्रमको संयोजन गरेका थिए । यसैगरी ताराकुञ्ज सेकेन्डरी स्कुल, पाटनबेसी, पोखरा–१३ मा वृक्षारोपण, वृत्तचित्र प्रदर्शनी र अन्य वातावरण दिवस सम्बन्धी प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । ‘अरबाँै सपना, एक ग्रह, विचार गरेर प्रयोग गरौँ’ भन्ने नाराका साथ मनाइएको विश्व वातावरण दिवसमा जैविक विविधता संरक्षण मञ्च तारा कुञ्जका कार्यसमितिका सदस्यहरू एवम् कक्षा ९ र १० का वातावरण विज्ञान विषयका विद्यार्थीरूले विभिन्न प्रजातिका करिब १०० बिरूवाहरू रोपेका थिए । त्यस्तै जैविक विविधता संरक्षण मञ्च ताराकुञ्जका कार्यसमितिका सदस्यहरू ले कक्षा ६ दखि कक्षा १० सम्मका सम्पूणर््ा विद्यार्थीहरू लाई वातावरण दिवस सम्बन्धी जनचेतना कार्यक्रम आयोजना पनि गरेका थिए । वातावरण संरक्षण कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य विष्णु प्रसाद तिमिल्सिनाले भविष्यमा वातावरण सन्तुलन कायम राख्न मद्दत पु¥याउने बताए । विद्यालयका निर्देशक गणेश तिमिल्सिनाले आगामी दिनहरू यस्ता कार्यक्रमले वातावरणीय संरक्षण गर्न ठूलो सहयोग पुग्ने बताए । जैविक विविधता संरक्षण मञ्चका शिक्षक नायक तथा विज्ञान शिक्षक दीपक सुवेदीको संयोजकत्वमा विद्याथीहरूका लागि वातावरण संरक्षण सम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थयो ।
यसैगरी फेवा पब्लिकमा नेपाली हिज्जे प्रतियोगिता फेवा पब्लिक सेकेण्डरी बोर्डिङ स्कुल गणेशटोल ४ पोखराले शुक्रबार विद्यालयमा अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिताको आयोजना ग¥यो । नेपाली हिज्जे शुद्धसँग लेख्न र बोल्न सिकाउने उद्देश्यले विद्यालयले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा प्रकृति मरासिनीले नेतृत्व गरेको रातो सदनले एक सय ९० अंक प्राप्त गरी प्रथम भएको छ । यसैगरी श्रद्धा तिमिल्सिनाले नेतृत्व गरेको निलो सदनले एक सय ३० अंक प्राप्त गरी द्वितीय स्थान प्राप्त गरेको छ । नासिबुनले नेतृत्व गरेको पहेलो सदनले एक सय २० अंकका साथ तृतीय भएको छ भने नम्रता केसीेले नेतृत्व गरेको हरियो सदनले एक सय १५ अंक प्राप्त गरेको छ । प्रतियोगितामा कक्षा पाँच देखि ९ सम्मका १६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विद्यालयका प्राचार्य शेरबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अतिरिक्त कृयाकलाप प्रमुख भरत गुरुङले संचालन गरेका थिए । प्रतियोगिता मा नेपाली शिक्षक भोला अर्यालले विद्यार्थीहरुलाई प्रश्न सोधेका थिए भने शिशिका शकुन्तला लम्सालले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रम सफल बनाउन विद्यालयका सेकेण्डरी इन्चार्ज तोयनाथ भट्टराई, शिक्षक शुशिल तिमिल्सिना, दीपक पराजुली, कमला थापा लगायतले सहयोग गरेका थिए । यसैगरी विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कूलले प्रा.वि. र नि.मा.वि. स्तरीय नेपाली हिज्जे प्रतियोगिता सञ्चालन गरेको थियो । कार्यक्रम विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा करिब ३५ जना विद्यार्थीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रा.वि. तहमा निलो (अन्नपूर्ण) सदनबाट कक्षा ५ मा अध्ययनरत छात्रा श्रीविषा बुद्धाचार्य, सोही कक्षामा अध्ययनरत छात्रा कुसुम राई, कक्षा ४ मा अध्ययनरत छात्रा रीया सुनारले प्रथम स्थान ओगटेका छन् । यसैगरी हरियो (माछापुच्छ«े) सदनबाट कक्षा ४ मा अध्ययनरत छात्र शिरोज रानामगर, शिव हमाल, कक्षा ५ मा अध्ययनरत छात्र निराजन सापकोटा र सोही कक्षामा अध्ययनरत छात्रा मनिषा कार्कीले द्धितीय स्थान ओगटेका थिए भने पहेँलो (धौलागिरी) सदनबाट कक्षा ५ मा अध्ययनरत छात्राहरु कृषा श्रेष्ठ, रञ्जु अछामी र छात्र अमन पौडेल, कक्षा ४ मा अध्ययनरत छात्राहरु रश्मी गौतम र सदिच्छा सुबेदीले तृतीय स्थान ओगटेका थिए । यसैगरी नि.मा.वि. तहमा रातो (सगरमाथा) सदनबाट कक्षा ७ मा अध्ययनरत छात्रा अंशु हरिजन, कक्षा ८ मा अध्ययनरत छात्रहरु सञ्जीव परियार, योगेन्द्र सुबेदी र यश गुरुङले प्रथम स्थान ओगटेका छन् र पहेँलो (धौलागिरी) सदनमा कक्षा ८ मा अध्ययनरत छात्रा मनिताकुमारी हमाल, कक्षा ७ मा अध्ययनरत छात्रा निशा पौडेल, कक्षा ६ मा अध्ययनरत छात्रछात्राहरु जेम्स तामाङ, सन्ध्या क्षेत्री र सोनु गुरुङले द्वितीय स्थान ओगटेका छन् । यसैगरी निलो (अन्नपूर्ण) सदनबाट कक्षा ७ मा अध्ययनरत छात्रा माया पुन, कक्षा ८ मा अध्ययनरत छात्र अरविन रत्न, सोही कक्षामा अध्ययनरत छात्रा अनिशा हमाल, कक्षा ६ मा अध्ययनरत छात्रा निश्च्छलता जोशीले तृतीय स्थान ओगटेका छन् । यसैगरी विश्व वातावरण दिवसको अवसरमा इन्सेकको आयोजनामा कास्की लेखनाथ नगरपालिका वडा नं १३ स्थित ब्रम्हारुपा उच्च माविमा वादविवाद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको अतिरिक्त क्रियाकलाप प्रमुख कृष्ण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ७, ८, ९ र १० का २१ जना विद्यार्थीहरु सहभागी थिए । बिज्ञान भन्दा प्रकृति बलियो शीर्षकमा भएको बादविवादमा वातावरण संरक्षणतर्फ ध्यान दिएर प्रकृतिलाइ जोगाउनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा क्रमशः समिक्षा वाग्ले, जीवन अधिकारी, सुस्मिता पौडेल प्रथम दोश्रा र तेश्रो भए भने निराजन भण्डारी र कमल सुबेदीले सान्त्वना पुरस्कार पाएका थिए ।
प्रधानाध्यापक बलराम देबकोटाको आतिथ्यमा सम्पन कार्यक्रमको सहजीकरण अनौपचारि क क्षेत्र सेवा केन्द्र इन्सेक सहजकर्ता तिर्सना तिमिल्सिनाले गरेकी थिइन । यसैगरी हंसपुरको रुपाज्योती माविमा भएको एक अर्को कार्यक्रममा पुनम सुवेदी, प्रतिक्षा सुबेदी कन्चन गुरुङ क्रमशः प्रथम द्वितीय र तृतीय तथा विपना सुवेदीले सान्त्वना पुरस्कार पाएका छन । विद्यालयका प्रअ मणिराम कंडेलको उपस्थितिमा भएको कार्यक्रममा इन्सेक सहजकर्ता सिर्जना सुवेदीले सञ्चालन गरेकी थिइन ।यसैगरी स्टेप वाई स्टेप उच्च मा.वि. मासवार पोखराले विविध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्राचार्य निर्मला बरालले वातावरण संरक्षणको महत्व माथि प्रकाश पार्दै यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूका साथै समुदायमा वातावरण प्रति चेतना जागृत गराउनुका साथै वातावरण मैत्री बनाउन प्रेरणा जगाउने कुरा बताइन । कार्यक्रममा कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूले विद्यालय हाता र वरिपरिका क्षेत्रहरूमा सरसफाई गरेका थिए भने कक्षा ९ र १० का विद्यार्थीहरूले वक्तृत्व प्रतियोगितामा भाग लिएका थिए । ४० जना भन्दा बढि विद्यार्थीहरूले सहभागिता जनाएको वक्तृत्व कार्यक्रममा समूह ‘क’ बाट पुष्पा सुनार प्रथम, सुस्मिता सुवेदी द्वितीय, विकल बराल तृतिय र सरस्वती पोख्रेल साथै अदिती पौडेल चतुर्थ भएका थिए भने समूह ‘ख’ तर्फ सन्देश बसौला, रोशन ढुङ्गाना, शिवकुमार गुरूङ्ग र शितल के.सी. साथै रोसना बराल क्रमश ः प्रथम, द्वितीय, तृतीय र चतुर्थ भएका थिए । शिक्षक रूपेश पौडेलले संचालन गरेको कार्यक्रममा शिक्षकहरू जगन्नाथ घिमिरे र युवराज लामिछानेले मूल्याङ्कनको कार्य गरेको विद्यालयका संयोजक सूर्यप्रसाद लम्सालले जनाएका छन् ।यसैगरी कास्कीको आर्वामा रहेको रतनपाण्डे मावि वृक्षरोपण कार्यक्रम भएको छ । एक व्यक्ति एक विरुवा भन्ने नाराका साथ विद्यार्थी, अभिभावक तथा शिक्षकहरुको सहभागितामा विद्यालय आसपासमा रोपिएको हो । जिल्ला वन कार्यालय कास्कीबाट प्राप्त ५ सय ५० वटा विरुवा रोपिएको विद्यालयका प्रधानाध्यापक दामोदर बरालले जानकारी दिए । विश्व वातावरण दिवसको अवसरमा विद्यालय परिसरमा विरुवा रोपिएको उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज पौडेल र सदस्य शरदचन्द्र बरालको बिशेष सक्रियतामा भएको कार्यक्रम पोखरा उप–महानगरपालिका वातावरण अधिकृत निर्मलमान सिंह भण्डारीको आतिथ्यतामा भएको थियो । यसैगरी प्याब्सन कास्कीको कार्यक्रम अनुसार सम्पूर्ण निजि विद्यालयले आ आफ्नो तवरबाट वातावरण दिवस मनाउने निर्णय भए बमोजिम विश्व वातावरण दिवसको उपलक्ष्यमा फिस्टेल एकेडेमी उ.मा.वि पार्दी पोखराले विशेष कार्यक्रम सहित वातावरण सरसफाइ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत सम्पूर्ण विद्यार्थी एवं शिक्षकले वातावरण सरसफाईमा सहभागी हुदै ड्यामसाईड पार्क सम्म पुगेर सरसफाई एवं जनचेतनाको अभिवृद्धिमा जुटेका थिए । कार्यक्रमको थालनी गर्दै विद्यालयका प्राचार्य चिनु रानाभाटले कार्यक्रमको औचीत्य साथै सबैले आफूलाई वातावरण मैत्री मानवीय क्रियाकलाप गरेर वातावरण प्रति सबैको समान दायित्वलाई बुझ्नु पर्ने बताए । उनलेले वातावरण संरक्षणका लागि वातावरण मैत्री मानवीय व्यवहारको अपरिहार्यतामा जोड दिए ।
Post a Comment