टोल विकास संस्था वडा स्तरीय महिला समन्वय समिति पोखरा–१३ को आयोजनामा महिला सशक्तिकरण सम्बन्धी एक हप्ते जरी तथा सितरा भर्ने तालिम सोमवारदेखि सुरु भयो । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदयवहादुर रानामगरले तालिमको उद्घाटन गर्दै तालिममा लिएको ज्ञान व्यवहारमा उतार्नु पर्ने भने । वडा नं १३ निवासी ३५ जना स्थानीयवासीहरुको सहभागिता रहेको थियो । टोल विकास संस्था वडा स्तरीय महिला समन्वय समितिका अध्यक्ष सत्य खनालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १३ का सचिव श्रीकान्त सिग्देल, नेपाली कांग्रेस वडा १३ इकाइका सभापति बजिरमान श्रेष्ठ, एमालेका प्रतिनिधि टंक भट्टराई, संघीय समाजवादी पार्टीका प्रतिनिधि दीपक तामाङ, टोल विकास संस्था वडा समन्वय समिति १३ का अध्यक्ष, पोखरा महिला नगर समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ, नेपाल पत्रकास महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, पत्रकार शोभाकान्त सिग्देल, समाजसेवी माधवप्रसाद सिग्देल, कोन सामुदायिक बचत तथा ऋण सहकारी लिंका अध्यक्ष शरदकान्त सिग्देल, कैलाश विकास बैक बाँझापाटन शाखा प्रमुख अम्बिका आचार्य, जनकल्याण समितिका अध्यक्ष लोकबहादुर कार्की, मुस्कान क्लवका अध्यक्ष जैनव खातुन, टोल विकास संस्थाका तर्फवाट गोविन्दलाल श्रेष्ठ, आमासमुहको तर्फवाट धनकुमारी गुरुङ, महिला समन्वय समितिका सचिव भगवती सिग्देल र सहसचिव पूर्णकुमारी गुरुङ लगायतले तालिमको वारे चर्चा गरेको थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment