0
गोल्डेन न्यूज संवाददाता
पूर्व राज्यमन्त्री तथा समाजसेवी गणेशबहादुर गुरुङको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा यही असार ४ गते निधन भएको हो । उनी विगत ३ वर्षदेखि अस्वस्थ थिए । धौलागिरी अञ्चलको पर्वत जिल्लाको लाङ्दी गाउँमा जन्मेका गुरुङ २०२७ सालदेखि २०३० सालसम्म राज्यमन्त्री भएका थिए । २१ वर्षकै उमेरमा  प्रधानपञ्चको जिम्मेवारी सम्हालेका गुरुङको राजनीतिक यात्रा  जिल्ला विकास समिति पर्वतको सदस्य, जिल्ला विकास समितिको अध्यक्ष हुँदै अगाडि बढेको थियो ।  उनी तत्कालीन राष्ट्रिय पञ्चायतमा निरन्तर १२ वर्षसम्म सदस्य रहे । निर्माण तथा यातायात राज्यमन्त्री भएको बेला उनले धौलागिरी र समग्र पश्चिमाञ्चल क्षेत्रको भौतिक निर्माणको पक्षमा खेलेको भूमिकाको अहिले पनि स्मरण गरिन्छ ।  स्पष्ट वक्ता तथा निर्भिक छवी भएका गुरुङले राजनीतिकै माध्यमबाट जिल्ला र क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी  तत्कालीन सरकारबाट प्रदान गरिने  प्रतिष्ठित गोरखा दक्षिणबाहु द्वितीय लगायतका मान सम्मान बाट विभूषित थिए । उनकी पत्नी पदमकुमारी गुरुङसहित दुई छोरा र दुई छोर १२ जना नातिनातिना  छन् । जेष्ठ सुपुत्र डा. अजितकुमार गुरुङ प्रहरी नायव महानिरीक्षकको रुपमा कार्यरत छन्  ।

Post a Comment

 
Top