गोल्डेन न्यूज संवाददाता
वैैशाख १२ को विनासकारी भुकम्पपछि सुस्ताएको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नु र प्राकृतिक सम्पदा र पुरातात्तिक सम्पदा सुरक्षित छन भन्ने सन्देश दिन नेकपा एमाले कास्कीले असार ८ गते मंगलबार प्रभातफेरि कार्यक्रम गर्ने भएको छ । हाम्रो सम्पदा, हाम्रो पहिचान, पर्यटकलाई गर्छौ सम्मान भन्ने नाराका साथ विहान साढे सात बजे आयोजित प्रभातफेरि लेकसाईडको हल्लनचोकदेखि सहिदचोकसम्म प्रर्दशन गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । नेपालका मुख्य पर्यटकीय क्षेत्रमा भुकम्पले क्षति नगरेपनि त्यसको गलत प्रचारले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक असर परेकोले पर्यटन उद्योगलाई पहिलेजस्तै चलायमान बनाउन सबै नेपाली एकजुट भएर लाग्नुपर्ने थापाले बताए । नेकपा एमालेको केन्द्रीय कार्यक्रम अनुसार देशका विभिन्न पर्यटकीय ठाउँमा प्रभातफरि कार्यक्रम गरी पर्यटन प्रवद्र्धनको अभियानलाइ सुरु गरिने नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसीले जानकारी दिए ।
Post a Comment