नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ३६औं स्थापना दिवसको अवसरमा यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीले शनिबार उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । संगठनमा आवद्ध यातायात मजदुरका छोराछोरीलाई सम्मान गरिएको हो । २०७१ सालको कक्षा ८ को परीक्षामा कास्कीबाट उत्कृष्ट सामुदायिक तर्फ ६, निजि तथा आवसिय तर्फ ९ जना विद्यार्थीलाई प्रशंसा पत्र, कलम र डायरी प्रदान गरिएको थियो । सामुदायिक तर्फ उत्कृष्ट नविन उच्च माविका शोभा थापा मगर र लक्ष्मी आदर्श माविका सुजित तामाङ्गलाई जनही १ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै निजितर्फ उत्कृष्ट केफ उच्च माविका नम्रता पराजुली र धौलागिरी बोर्डिङ स्कुलका प्रचण्ड दाहाललाई नगद १ हजार ५ सय प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि संगठनका राष्ट्रिय प्रतिनिधि परिषद प्रमुख ईश्वर प्रसाद आचार्यले मजदुरले गाडी चलाएर घर चलाउन सक्ने अवस्था नभएको उल्लेख गर्दै काम अनुसार दामको लागि संगठन लडिरहेको बताए । मजदुरको परिश्रम विना देश विकास सम्भव नभएको चर्चा गर्दै आचार्यले यातायातले नछोएको गाउँ अन्धकार हुने धारणा राखे । संगठनका केन्द्रीय सचिव कर्णसिंह गुरुङले २०४८ सालदेखि संगठनले विद्यार्थीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको जानकारी दिए । स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णु बहादुर खत्री क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा विद्यार्थी ओमिका बज्राचार्य, संगठनका केन्द्रीय सदस्य विष्णु बहादुर पराजुली, सल्लाहकार इन्द्रबहादुर गुरुङ, लोकतान्त्रीक यातायात व्यवसायी मञ्चका गण्डकी अध्यक्ष बलराम सापकोटा, पत्रकार श्याम कुँवर, संगठनको उपाध्यक्ष कृष्ण बहादुर पाण्डे, सचिव कमल प्रसाद पौडेल लगायतले बोलेका थिए ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
शिक्षा
» मजदूर संगठनद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
Subscribe to:
Post Comments (Atom)
Post a Comment