0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका पर्यटनमन्त्री कृपाशुर शेर्पाले पर्यटन क्षेत्रमा मूल्य घटाएर दलाली गर्ने टुर अपरेटर्स सहित जो कोहीलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । दलाली गरेर पर्यटकलाई कम मूल्यमा प्याकेज उपलब्ध गराउने जो कोहीलाई २४ घण्टाभित्र देश निकाला गर्नेसम्मको उनले चेतावनी दिएका हुन् । ‘वार्गेनिङ गरेर कम मूल्यमा पर्यटकलाई प्याकेज दिलाउँदा गुणस्तरीय पर्यटकको आगमन कम हुन्छ । त्यही भएर त्यसमा सचेत हुनुपर्नेछ’ उनले भने । मन्त्री शेर्पाले भूकम्प पछिको पर्यटन क्षेत्र उकास्न सरकारले सक्दो पहल गर्ने आश्वासन दिएका छन् । भूकम्पले पर्यटनको सीमित क्षेत्रमा मात्र असर पारेकोले आगामि सिजनमा केही पर्यटक भित्र्याउने गरि पहल गर्ने बताए । पोखरा पर्यटन पुनःजागरण समिति  (पिटिआरसी) ले शनिबार पोखरामा गरेको अन्तरक्रियामा बोल्दै मन्त्री शेर्पाले भूकम्पले धेरै क्षति नपुगेपनि हल्ला बढि भएको बताए । ‘पर्यटन क्षेत्रमा जम्मा १५ प्रतिशत असर परेको हो । तर यहाँ सबै सकिए जस्तै हल्ला भएको छ । हल्लाले धेरै नोक्सान देखिएको हो’ उनले भने, ‘काठमाडौं उपत्यकामा पनि सबै पर्यटकीय संरचना ध्वस्त भएको होईन । २० प्रतिशत मात्र हो ।’ मन्त्री शेर्पाले अग्ला हिमाल आरोहण गरेका स्वदेशी र विदेशी आरोहीलाई विशेष दूत बनाएर पर्यटन प्रवद्र्धन गर्ने पनि बताए । त्यसबाहेक नेपालस्थित विभिन्न दुतावासका राजदूत र अन्य कुटनीतिक निकायका पदाधिकारी लाई बोलाएर ट्राभल एडभाइजरीमा रहेको गलत सन्देश सहितको सूचना हटाउन लगाउने आवश्वास पनि दिए । अन्तत्र्रिmयामा बोल्दै पिटिआरसीका संचार संयोजक टिकाराम सापकोटाले पर्यटन बोर्ड सिइओविहीन हुँदा भूकम्पछिको प्रवद्र्धनमा अप्ठेरो परेको बताए । ‘संकटको बेला बोर्ड नेतृत्व खालि हुँदा त्यसको असर प्रवद्र्धनमा पर्नेछ । जतिसक्दो छिटो बोर्डलाई पूर्णत दिएमा काम सहज हुन्छ’ उनले भने । कार्यक्रममा पिटिआरसीका संयोजक गणेश बहादुर भट्टराइले भूकम्पपछि पनि पर्यटन क्षेत्र खस्किन नपाओस भनेर आफुहरु एकजुट भएको बताए । उनले केहिदिनपछि भारत र चीनमा पुगेर पर्यटन व्यवसायीले प्रवद्र्धनात्मक गतिविधि गर्ने तयारी भएको जानकारी पनि दिए ।  विभिन्न मूलूकले ‘ट्राभल एडभाइजरी’ मा नेपाल घुम्न असुरक्षित भन्ने शब्द प्रयो गर्दा त्यसको असर परेको उनले बताए । टूाभल एडभाइजरीमा नेपाल सुरक्षित रहेको छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने उनले बताए । अहिलेकै अवस्थामा प्रवद्र्धन नगरे आगामि दिनमा पोखरामा प्रयाप्त पाहुना भित्रयाउन नसकिने उनले बताए ।  छलफलमा ट्रेकिङ एजेन्टस एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष रामचन्द्र शर्माले पदयात्रा क्षेत्रमा मोटरबाटोले पनि अप्ठेरो पारेकोले आगामि दिनमा विकल्प सोच्नुपर्ने बताए । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष गोपिबहादुर भट्टराईले अहिले पर्यटन क्षेत्र पूनरुत्थान गर्न सबैको सहयोग चाहिने बताए । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष पोमनारायण श्रेष्ठले विभिन्न विमा कम्पनिले नेपाल आउने विदेशी पर्यटकको बिमा गर्न हिच्किचाएकोले समस्या भएको बताए । उनले कम्पनीले सकेसम्म नेपाल आउने पर्यटकको बिमा गर्न नचाहने र गर्र्नैपरे महंगो शुल्क लिँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको उनले बताए । नेपालको बारेमा गलत सूचना दिएर बीमा गर्न नरुचाउने कम्पनिका पदाधिकारी लाई नेपालसम्म आमन्त्रण गरेर यहाँको अवस्थाबारे जानकारी दिनुपर्ने उनले बताए ।  पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले पोखराको पर्यटन क्षेत्रमा करिब ८० खर्ब रुपैयाँ लगानी रहेकोले पर्यटन क्षेत्र तलमाथि हुँनासाथ ठुलो लगानी डुब्ने खतरा रहेको बताए । उनले पोखरालाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरेर प्रवद्र्धन गरेको खण्डमा अहिलेको संकटमा केहि राहत मिल्ने बताए ।  पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले टुर अपरेटर्स मार्फत सरकारले सकारात्मक सन्देश प्रवाह गराउनुपर्ने बताए । उनले गलत सन्देशका कारण नै अहिले धेरै पर्यटक नेपाल आउन तर्सेको बताए । नेपाल माउन्टेनियरिङ एशोसिएसन (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पाले आगामि सिजनमा पर्यटक भित्रयाउन नसके त्यसको मार अरु २ वटा सिजनमा पर्ने बताए । त्यसैले सबै व्यवसायी एकजुट भएर अघि सर्नुपर्ने उनले बताए ।  कार्यक्रममा पोखराका पर्यटन व्यवसायीहरुले सरकारले विशेष कार्यक्रम बनाएर पर्यटन प्रवद्र्धनका काम गर्नुपर्ने बताए । इम्ब्रोइडरी एशोसिएसन (एगा), टूेकिङ इक्विपमेन्ट सप एशोसिएसन (टेसा), एनएमए अन्नपूर्ण च्याप्टर, हवाई खेलकुद संस्था लगायतका व्यसायीका पदाधिकारीले पनि बोलेका थिए ।

Post a Comment

 
Top