0
आगामी सेप्टेम्बर महिनामा हुने एनआरएन जापानमा चुनाबी सरगर्मी शुरु भएको छ । एनआरएन जापानको चुनाबमा आफ्नो पद दाबेदार सहित उमेद्ववारहरु बिस्तारै खुल्ने क्रम सुरु भएको छ भने एनआरएन जापान चुनावी कार्यक्रम बनाउन गृहकार्यमा छ । २०१५÷२०१७को लागि हुने चुनाबमा उपाध्यक्ष पदमा पोखराबाट जापान गएर व्यवसाय संचालन गरिरहेका ऋद्धिन्द्र गिरि (शंकर) ले आफ्नो उमेद्ववारी घोषणा गरेका छन् । पोखराको रत्नचोक, घर भइ विगत १२ बर्षदेखि जापानको नागोया र टोयटा क्षेत्रमा पोखरा कम्पनीमार्फत रेष्टुरेन्ट व्यवसाय संचालन गरिरहेका गिरी त्यस क्षेत्रमा युवा सामाजिक कार्यकर्ताको रुपमा पनि चिनिन्छन् । गिरी सम्सारा रेमिट्यान्सका भाइस प्रेसिडेन्ट समेत रहेका हुन्।  उनले यसैवर्षको जुन १५ बाट सम्सारा रेमिट्यान्स सुरु गरेका हुन्। जापानमा सफल रेष्टुरेन्ट ब्यबसायीको रुपमा आफूलाई स्थापित गर्न सफल गिरि नेपाली कफिलाई जापान ल्याई बिक्री गर्ने पहिलो नेपाली समेत हुन। केह िदिनका लागिमात्र पोखरा आएका गिरीले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै एनआरएनएलाई प्रवासी नेपालीहरुको विशुद्ध सामाजिक संस्था बनाउन आफूले सक्दो पहल गर्ने बताए । साथै एनआरएनलाई प्रवासी नेपालीको साझा संस्था हो भनेर चिनाउने भरपुर प्रयास गर्ने उनले आफ्नो योजना सुनाए ।जापानका नेपालीहरुलाई भैपरी आउदा हरेक पटक सहयोगी भूमिका खेल्ने गिरीले समाजमा आफ्नो स्वच्छ र इमान्दार छबि बनाएको जापानमा बस्दै आएका नेपालीहरु बताउँछन। भर्खर नेपालमा गएको बिनाशकारी भूकम्पमा राहतको पुराउने उदेश्यले चलाएको राहत संकलन अभियानमा उनको सक्रिय थिए। जापान रही नेपालमा बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका गिरीले अपांगता भएका बालबालिकालाइ शिक्षाको लागि सहयोग गरिरहेका छन्। गिरि एनआरएन जापानसंग सम्बन्धित नेपाल जापान लगानी बोर्डका संयोजक तथा एनआरएन तोकाईका सल्लाहकार समेत रहेका छन्। यसैबीच पोखरामा आयोजित एक कार्यक्रममा गिरीलाई एनआरएन जापानको उपाध्यक्ष निर्वाचित हुनका लागि शुभकामना दिइएको छ । लायन्स क्लव अफ पोखरा पिस चोतारीले मंगलबार आयोजना गरेको कार्यक्रममा लायन्सका पूर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठ, पिस चौतारी लायन्सका अध्यक्ष धनन्जय पौडेल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुली लगायतले गिरीलाई विजयी गराउन जापानमा रहेका नेपाली समुदायसंग आग्रह गरेका थिए ।

Post a Comment

 
Top