0
गोल्डेन न्यूज संवाददाता
फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि.सृजनाचोक पोखरा ८ ले गणतन्त्र दिवसको अवसर पारेर शेयर सदस्य संचालक समिति, उपसमिति र कर्मचारीलाई १ दिने सहकारी व्यवस्थापन तथा योजना निर्माण तालिम सम्पन्न गर्यो । २०५६ सालमा स्थापना भएको फेवा सहकारीले आफ्ना शेयर सदस्यहरुको भावनात्मक विकास गराउँदै सहकारीको काम, कर्तव्य र अधिकारको जानकारी गराउने उद्देश्यका राखी दिइएको उक्त तालिममा प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रीनाथ अधिकारीले तालिम ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्दै सहकारीले आफ्नो शेयर सदस्यलाई एकजुट गराई सहकारीको व्यवस्थापन र सहकारीको योजना निर्माण गर्ने तालिमले सहकारीको विकासमा टेवा पुग्ने बताउँदै सफलताको कामना गरे । तालिममा कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवम् मुख्य प्रशिक्षक भिम गुरुङ्ग, संस्थाका सदस्य एवम् प्रशिक्षक दिलबहादुर भट्टराईले सहकारीको निर्माण सात सिद्धान्तले दिएको निर्देशन, शेयर सदस्यको भूमिका, संचालक समिति, उपसमिति र कर्मचारीको दात्विको विषयमा प्रशिक्षण दिएका थिए । तालिममा फेवा सहकारीका पोखराभित्र रहेको शेयर सदस्यहरु मध्ये ६० जनाको सहभागिता रहेको थियो । तालिममा सचिव हरिभक्त पौडेलले २७ जनाले स्थापना गरेको सहकारीमा हाल ८ सय १४ सदस्य रहेको र निक्षेप १६ करोड ३७ लाख ३१ हजार १ सय १ निक्षेप जम्मा भएकोमा १७ करोड २५ लाख ४६ हजार १६ लगानी रहेको जानकारी दिए । तालिममा प्रशिक्षार्थीको तर्फबाट किरण पाण्डे र हरिश्चन्द्र पौडेलले आ–आफ्नो विचार राखेका थिए । तालिममा सहकारीको सात सिद्धान्त वाचन सदस्य लक्ष्मी अधिकारीले वाचन गरेको उक्त तालिममा संस्थाका सदस्य एवम् शिक्षा उपसमितिका संयोजक निर्मल पौडेलले कार्यक्रमको जानकारी गराएको कार्यमा संस्थामा उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले स्वागत गरेको र तालिममा संस्थाका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको तालिम सचिव हरिभक्त पौडेलले संचालन गरेका थिए ।

Post a Comment

 
Top