गोल्डेन न्यूज संवाददाता
पोखराका पर्यटन व्यवसायीले पनि क्षमापूजा गर्ने भएका छन् । भूकम्पको पहिलो ठूलो धक्का आएको महिना दिन पारेर आगामी मंगलबार (जेठ १२) गते बैदामस्थित केदारेश्वर मन्दिरमा पूजा गर्ने तयारी व्यवसायीको छ । व्यवसायी सहभागि पोखरा पर्यटन पुनरुत्थान समिति (पिटिआरसी) अन्तर्गतको इभेन्ट संयोजक गोपिबहादुर भट्टराइका अनुसार मंगलबार बिहान ७ बजे मन्दिरमा पुजा गरिनेछ । ‘भूमिसँग क्षमा माग्दै पुजा गर्न थालेका हौ । अहिले भूमि हल्लिएको छ । त्यसैले अब भूमिसँग क्षमा मागिनेछ’ उनले भने । क्षमापूजाका लागि पर्यटन व्यवसायी बलराम पहारी र दलबहादुर केसीले संयोजन गरिरहेका छन् । भट्टराइका अनुसार बैदाम आमा समुहले क्षमा पुजाका लागि व्यवस्थापन गरिरहेका छन् । पोखरेलीको सहभागितामा मन्दिरमा पुजाआजा गरिने उनले बताए । ‘पुजाको तयारी गरिरहेका छौ । मानवीय त्रुटिबाट केहि गल्ती भएको भए भूमिसँग क्षमा पाउँ भन्दै पुजा आयोजना गरेका हौ’ उनले भने, ‘धार्मिक विश्वासका साथ यो तयारी गरेका हौं ।’ भूकम्पको त्रासदिबाट ग्रसित नागरिकको शान्ति र सम्मृद्धिको कामना गर्दै पूजा आयोजना गरेको भट्टराइले जानकारी दिए । स्वस्तीशान्ति सहितको भूमि पुजाले अहिलेको संकट टार्ने व्यवसायीको विश्वास छ । विशेष तयारीका साथ हुन लागेको भूमिपुजाले अहिलको संकट, त्रास, भय र विपत्ती नास होस भन्नेमा व्यवसायी विश्वस्त रहेको थालेको उनले बताए । क्षमापुजामा विभिन्न देविदेवताको पूजा गर्दै हवन गरिनेछ । पोखराका पर्यटन व्यवसायी सम्मिलित पिटिआरसीले यसबाहेक शनिबार पोखराको बसुन्धरापार्कमा वृहत योगशिविर आयोजना गरेको छ । भूकम्पबाट त्रसित भएका नागरिकलाई पूर्ववत अवस्थामा फर्काउन पनि यस्ता रचनात्मक गतिविधि जरुरी रहेको पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले जानकारी दिए ।
Post a Comment