गोल्डेन न्यूज संवाददाता
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालको लायन बर्ष २०१५।०१६ का डिष्ट्रिक्ट पदाधिकारीहरुको स्कुलिङ्ग कार्यक्रम हालै सम्पन्न भएको छ । जेष्ठ ८, ९ र १० गते पोखरामा सम्पन्न उक्त कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर इलेक्ट ध्रुव थापाले आगामी बर्षको कार्य योजनाको बारेमा प्रकाश पार्दै डिष्ट्रिक्ट पदाधिकारीहरुको आ–आफ्नो पदीय जिम्मेवारी बारे अवगत गराएका थिए । कार्यक्रममा प्रशिक्षकहरु रमन नेपाली, सोहन बाबु खत्री, विजयराज सिग्देल, लायन बालकृष्ण बुर्लाकोटी, धनराज आचार्य, विश्वेश्वर आचार्य लगायतले गुणस्तरीय कार्यक्रम गर्ने विधि, सेवाका कार्यक्रम र व्यवसीयक क्षेत्रमा सर्बोकृष्ट हुने बिषयमा प्रशिक्षण दिएको डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले बताए । कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर थापाले आगामी वर्षका लागि ल्याएका मुख्य कार्यक्रमहरु भूकम्प पीडितहरुका लागि राहत तथा पुनःस्थापना, एक क्लब एक भूकम्प प्रभावित स्कुल ग्रहण गरी सहयोग गर्ने, लायन्स ब्लड बैंकको स्थापना, नेपाल लायन्स फाउन्डेशनको कोष वृद्धि, लायन्स लिडरसिप क्याम्प लगायतका कार्यक्रमहरु रहेका छन् । कार्यक्रम डिष्ट्रिक्ट ३२५ बी १ अन्तर्गतका १८५ पदाधिकारी सहभागी रहेको डिष्ट्रिक्टकका २०१५÷०१६ का सचिव विश्वेश्वर आचार्यले जानकारी दिए । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ का मल्टिपल काउन्सिल चेयर पर्सन भरत प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा क्षेत्रीय प्रशासक दिनेश कुमार थपलिया, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा, डिष्ट्रिक्ट ३२५ बी १ का गभर्नर भूगोल शेरचन, निवर्तमान मल्टिपल काउन्सिल चेयर पर्सन दीपक श्रेष्ठ, पूर्व मल्टिपल काउन्सिल चियर पर्सन राजन लम्साल, गिरिधारी शर्मा, प्रेम बहादुर श्रेष्ठ, निवर्तमान गभर्नर युक्त प्रसाद श्रेष्ठ, पूर्व गभर्नर योगेन्द्र प्रधान र गौतममान श्रेष्ठले लायन्स क्लबले गरेका कार्यको प्रशंसा गर्दै आगामी बर्षको कार्यक्रमहरुको पूर्ण सफलताको कामना गरेका थिए ।
Post a Comment