नेपालमा हालै गएको महाभुकम्पमा परि आठ हजार बढीको मृत्यु भएको छ भने १४ हजार बढी घाइते भएका छन् । भुकम्पमा परि लाखौं नेपाली घरवारविहीन भएका छन् । यसबाट पीडित नेपालीहरुका लागि राहत संकलन र वितरण गर्नेक्रम जारी छ । सरकारी तहबाट खासै राहत नपाएका पीडितहरुका लागि राहत लिएर विभिन्न संघ–संस्था तथा व्यक्तिहरु गाउँ–गाउँ पुगेका छन् । यसैक्रममा पोखरा १७ मा रहेको शितल चौतारी टोल विकास संस्थाको अगुवाईमा धादिङ्ग क्षेत्र नंं ३ को पेडा गाविस–४, चेन्जल चेपाङ्ग वस्तिमा शनिबार ६२ परिवारलाई जस्तापाता वितरण गरिएको छ । भुकम्पले देशनै विकराल स्थितिमा पुग्दा आफूलाई पोखरा १७ छोरेपाटन घर भै हाल बेलायतमा रहेका नविन गुरुङ्गले रु १ लाख रुपैया वास्तविक पीडितलाई पुग्ने गरेर वितरण गरिदिनु भनेर पठाएपछि आफू चेपाङ्ग वस्तिबाट दर्दनाक स्थिति÷पीडा देखि फर्केका पत्रकार राजु क्षेत्रीको भनाईबाट आफुहरुलाई पीडा महसुस भएकोले सोही स्थानमा राहत वितरणको लागि समन्वयकर्ता मोहनराज बरालले आफूले सामाजिक संजाल फेसबुकबाट सार्वजनिक अपिल गरेको बताए । उनले फेसबुक अभियानलाई साथ दिने भवसागर घिमिरे, दिनेश वरालको साथले नै छोटो समयमा नै ६२ घरमा जस्तापाता पुुगेको बताए । नेपाल चेपाङ्गसंघ धादिङ्गका अध्यक्ष टेक वहादुर चेपाङ्गले वास्तवमा अहिलेको आवश्यकता जस्ता पाता नै हो सो कुरालाई बुझेर सितल चौतारी टोल विकासले यो राहत ल्याएकोमा संस्थालाई धन्यवाद दिंदै खुशी व्यक्त गरेका थिए । सो अभियानमा छोरेपाटन पोखरा घर भै हाल हङ्गकङ्गमा रहेका राजेश श्रेष्ठले आफ्नो स्वर्गीय पिताको स्मृतिमा ३ परिवारलाई पुग्ने जस्ताको पाता उपलब्ध गराएका थिए । हङ्गकङ्गबाट भगवती बराल, अमर गुरुङ्ग, सिर्जना मल्ल लगायतकाबाट ५० हजार रुपैयाँ, बेलायतबाट राजन सापकोटा, नवराज पराजुली, राजकुमार बस्नेत लगायतबाट ५ परिवारलाई जस्तापाता, अष्ट्रेलियाबाट गोविन्द सुवेदी, विष्णु ढकालको पहलमा रु ७५ हजार रुपैयाँ सहयोग संकलन गरेका थिए ।
छोरेपाटन निवासी हाल डेनमार्कमा रहेका भिम गुरुङ्गले आफ्नो आमाको स्मृतिमा दुई परिवारलाई, ई. दिनेश बराल, ई. कृष्णवहादुर थापा, अष्ट्रेलियामा रहेका गम्भीर अधिकारी, विजय बराल, रोहित सिथिलबाट ६ वटा परिवारलाइ, यु.ए.इ.मा रहेका अर्जुन बाँस्तोलाबाट दुई परिवारलाई पुग्ने जस्ताको पाता उपलब्ध गराईएको थियो । साथै यूकेमा अध्ययनरत विद्यार्थीहरुले संकलन गरि भुुकम्प पीडितलाई पठाएको रु ३० हजार रुपैयाँ पत्रकार रञ्जन अधिकारीले प्रदान गरेका थिए । यसैगरी धादिङ जिल्ला कै कल्लेरी गा.वि.स. वडा नं. ८ आमडाँडाबासीहरूका लागि सोही ठाउँ स्थायी घर भई हाल पोखरामा व्यवसाय गर्दै आएका दीपक सारू मगरको संयोजकत्वमा २०७२ बैशाख २६ गते शनिबारका दिन राहत वितरण गरेको छ । लायन्स क्लब अफ पोखरा गार्डेन सिटीका सचिव सन्तोष घिमिरेले सञ्चालन गरेको कार्यक्रममा सहयोगी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू ले आ–आफ्ना धारणा राखेका थिए । कुल २ सय २६ घरधुरी रहेको सो गाउँमा त्रिपाल÷पाल, म्याट्रेस, लत्ता कपडा लगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो । राहत वितरण कार्यमा वडाबासीको तर्फबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, समाज सेवी, आमा समूह, युवा क्लव, शिक्षक, वुद्धिजीवी लगायतका साथीहरूले सक्रिय रूपले सहजीकरण गरेका थिए । यसैगरी लायन्स क्लव अफ पोखरा मुनालद्वारा कास्की जिल्ला सार्दिखोला गा.वि.स.वडा नं ८ काभ्रे गांउका भुकम्प पीडितहरुलाई राहत सामग्री वितरण गरियो । कृष्ण तिमिल्सिना को संयोजकत्वमा संकलित करिब ८० हजार रुपंैया बराबरको खाद्यान्न, त्रिपाल, भाँडाकुँडा, सेनीटरी प्याड, पञ्जा, मास्क तथा अन्य लत्ता कपडाहरु सोही गाउँका सहजकर्ता समाजसेवी इन्द्रवहादुर गुरुङ्गको सहयतामा राहत वितरण गरिएको थियो । क्लवका अध्यक्ष कविराज पौडेल, पूर्व अध्यक्ष राजु अधिकारी, निर्देशक पूर्णभद्र अधिकारी, स्थानीय आत्म बहादुर थापा, श्याम सुन्दर आचार्य लगायतले त्यहांँको स्थलगत निरीक्षण गरी प्राप्त जानकारीका आधारमा उक्त राहत वितरण गरिएको थियो ।यसैगरी वाङ्सिङ् पोखरा एकता समाज स्याङ्जाले स्याङ्जा जिल्लाको वाङ्सिङ् गाविसका भुकम्पबाट प्रभावितहरु लाई नगद राहत वितरण गरेको छ । वाङ्सिङ् पोखरा एकता समाजको सक्रियतामा स्याङ्जा जिल्ला वाङ्सिङ् गाविसबाट पोखरा आई वसोबास गरेका विभिन्न व्यक्तिहरुबाट नगद संकलन गरी राहत वितराण गरिएको हो । स्थानीय गाविसका राजनीतिक दलका प्रतिनिधीहरु, रेडक्रस गाविस सचिव स्थानिय चौकिको समन्वयमा वाङ्सिङ् पोखरा एकता समाजका पदाधिकारीहरु गाविसमा पुगेरै राहत वितरण गरेका हुन् । वाङ्सिङ् पोखरा एकता समाजले स्थानीय गाविसका क्षतिग्रस्त घरहरुलाई मल्हम लगाउन पीडितहरुका लागि १ लाख २५ हजार राहत रकम वितरण गरिएको संस्थाका अध्यक्ष धुव्रराज पौडेलले बताए । भुकम्पमा परेका घरहरु मध्य गाविसका ४८ घरहरु पूर्ण क्षति भएको र २ सय २५ घरहरु चिरिएको अवस्थामा रहेको संस्थाका उपाध्यक्ष राजु पाडेलले बताए । यसैगरी पोखरा उपहानगरपालिका वडा नं. १८ स्थित माच्छापुच्छे« महिला समूहले विनाशकारी महाभूकम्प पीडितलाई खाना खुवाएका छन् । यही २८ गते बेलुका पश्चिमाञ्चल क्षेत्रीय गण्डकी अस्पतालमा रहेका करिव १ सय २० जना विरामीहरु लाई माच्छापुच्छ«े महिला समूहकी अध्यक्ष टिका कार्कीको नेतृत्वमा गएको टोलीले विरामीको इच्छा अनुसारको खानाको व्यवस्था गरेको थियो । खाना खुवाउने कार्यक्रममा समाज सेवी बोधराज कार्की, दीपेन्द्र कार्की, विष्णुप्रसाद पोखरेल, महिला समूहका सल्लाहकारहरु, पदाधिकारी हरु लगायतको सहभागिता रहेको अध्यक्ष कार्कीले बताइन । यसैगरी पोखरा ६ वैदामस्थित अन्नपूर्ण आमा समूह, जगदम्वा आमा समूह र ढोरबाराही आमा समूहले संयुक्त रुपमा धादिङको नलाङ्ग गाविस वडा नं. १ मा राहत सामाग्री वितरण गरेका छन् । राहत सामाग्रीमा त्रिपाल, खाद्यन्न र लत्ताकपडा रहेको टोलीमा संलग्न स्थानीय तेजनारायण पराजुलीले जानकारी दिए । टोलीमा ढोर बाराहीकी अध्यक्ष सुशिला पहारी, जगदम्वाकी अध्यक्ष दुर्गादेवी पहारी र अन्नपूर्णकी अध्यक्ष मिना ढकालका साथै कमला भुजेल, सीता रेग्मी, सीता ढकाल, उमा भण्डारी, चन्द्रकला अधिकारी, इन्दिरा बराल, शान्ति अधिकारी, पुष्पा पहारी, अशोक लामा, सन्तोष पहारी, सुदर्शन सिलवाल र तेजनारायण पराजुली सहभागी थिए ।
यसैगरी नेपाल महिला संघ पोखरा नगर कार्यसमितिकी अध्यक्ष माया बराल र महिला नेतृ मन्दरा ढकालसहितको टोलीले पोखराबाट विभिन्न राहत सामाग्री संकलन गरि नुवाकोट जिल्ला समुन्द्र गाविसको ७,८ र ९ वडामा करिब २ हजार केजी चामल १ सय ५० केजी नुन वितरण गरेको बताइन्छ । बरालको टोलीले माइती होटल, शुभकामना गेष्ट हाउस, पुष्पा कुँवर, लक्ष्मी केसी, समीक्षा केसी, नारायणी कुँवर, हरि कर्माचार्य, भरत कर्माचार्य, बाबुराम जमरकट्टेल, डा. चन्द्रबहादुर थापा, गुरुङ ड्राइभिङ्ग इन्स्टिच्युट लगायतका व्यक्ति र संस्थाबाट सामाग्री संकलन गरि वितरण गरेको हो । यसैगरी पोखरा उपमहानगर पालिका वडा नं. १८ को मनकामना टोलमा रहेको विभिन्न चार संस्थाले संयुक्त रुपमा भूकम्प पीडित विरामीहरुलाई खाना खुवाएका छन् । समाज सुधार आमा समूहकी अध्यक्ष मोतीमाया अधिकारी, मनोहर युवा क्लबका अध्यक्ष रामजी जि.सी., मनकामना टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र के.सी. र मनकामना मन्दिर संरक्षणा समितिका अध्यक्ष बासुदेवी बानियाँको अगुवाइमा आएको टोलीले अस्पतालमा रहेका करिव १ सय २० जना बिरामी र कुरुवालाई खाना खुवाएको थियो । मनकामना टोलबासीहरुको आर्थिक एवं स्वयंसेवक सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेका विरामीहरुलाई खाना खुवाएको मनोहर क्लबका सचिव रविकिरण पराजुलीले जानकारी दिए ।गोरखा, धादिङ, लमजुङ, तनहूँ, म्याग्दी, बरापार्क लगायतका विरामीहरुलाई दाल, भात, अण्डा, जुस, पानी लगायतका खाद्यसामग्री प्रत्यक्ष रुपमा खुवाएर पीडितलाई राहत हुने कार्यक्रम गरेको क्लबका अध्यक्ष रामजी जि.सी.बताए ।यसैगरी पोखरा–१६ बाटुलेचौरमा रहेको चण्डिका आमा समुहले भुकम्प प्रभावितका लागि तीस हजार एक रुपैँया सहित अर्थिक सहयोग गरेको छ । समूहले बुधबार एक कार्यक्रमका बीच रेडक्रसले स्थापना गरेको राहत कोषमा ३० हजार एक रुपैयाँ प्रदान गरेको हो । रेडक्रस सोसाइटी कास्कीका सदस्य मङ्गल नेपालीको उपस्थितिमा रेडक्रस सोसाईटी पोखरा–१६ उपशाखालाई समूहका अध्यक्ष कृष्ण थापाले उपशाखाका सभापति वसन्त तिमिल्सिनालाई रकम हस्तान्तरण गरे । सोही अवसरमा वैशाख १२ गतेको भुकम्पबाट घाइते भएका गैराबारी निवासी सुमन पौडेललाई उपचार खर्च स्वरुप तीन हजार ८ सय २१ रुपैया हस्तान्तरण गरिएको छ । उक्त रकम पौडेलकी श्रीमती पवित्रा पौडेललाई हस्तान्तरण गरिएको हो । खुट्टा भाँचिएका पौडेलको फिस्टेल र मेट्रोसिटीमा उपचार पछि अहिले घरमै आरम गरिरहेका छन् त्यस्तै धादिङ्गका प्रकाश विकलाई २ हजार रुपैयाँ सहयोग गरिएको छ । थापाको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका सदस्य मङ्गल नेपालीले संकलित रकम वास्तविक पीडितको माझमा पु¥याउने बताए । कार्यक्रममा उपशाखाका सभापति तिमिल्सिना, समूहका उपाध्यक्ष लक्ष्मी अधिकारी र सदस्य विष्णु थापाले समूहले मानवीय पिडालाई केही कम गर्न सहयोग गरेको बताए ।
Post a Comment