कास्की जिल्ला विकास समिति अन्तर्गत जनजाति समन्वय समिति का उपाध्यक्ष अशोक भट्टचन पक्राउ परेका छन् । भट्टचनले आफ्ना तीन जना साथीहरुसंगै कास्कीको हेमजामा ५ रोपनी भन्दा बढी जग्गा लिएर व्यापार गर्ने योजना बनाएको भएपनि आफ्नै साझेदारहरुमाथि बैइमानी गर्न खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०६६ सालमा ५ रोपनी भन्दा बढी जग्गा लिएर आफ्नी श्रीमती अमला भट्टचनको नाममा जग्गा पास गर्न सफल भएका अशोकले अन्य तीन जना साथीको लगानी भएको रकम २४ लाख रुपैयाँ फिर्ता गर्न समेत आनाकानी गरेपछि साझेदारहरुबीच विवाद बढेको थियो । अन्य लगानी कर्ताले जग्गा किन्ने बेला महिलाको नाममा दर्ता गरेमा कम राजस्व तिरे हुने भन्दै आफ्नी श्रीमती अमलाको नाममा जग्गा दर्ता गर्न लगाएकोले जग्गा विक्री गर्दा आउने नाफा समेत आफूहरुलाई चाहिने बताउँदै आएका थिए । अशोक र अन्य तीन जना बीच लामो समयसम्म विवाद भएपनि त्यसको समाधान नभएपछि अशोकले तीन जना लगानी कर्तालाई केही रकम किस्ता बन्दीमा फिर्ता गर्ने आश्वासन दिंदै आएको बताइन्छ । यसैक्रममा अशोकले उक्त जग्गा आफ्नी श्रीमतीको नाममा रहेका कारण अरुले दावी गर्न नमिल्ने भएकाले लगानी गरेको रकम पनि किस्तावन्दीमा मात्रै फिर्ता दिन सक्ने भनाइ राख्दै आएपछि जग्गा सम्बन्धी विवाद र मुद्धामामिला समेत परेको बताइन्छ । मुद्धा मिलाउने क्रममा अशोकले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुलाई १० लाख रुपैयाँ खर्च गरेको साथीहरुसंग भनेपछि तिनै साथीहरुले जिल्ला प्रशासनमा उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हरिबहादुर पालले गोल्डेन न्यूज दैनिकलाई बताए । भट्टचन र उनका साझेदारहरु बीच प्रहरी कार्यालयमा भएको वार्तामा उनीहरुबीच सहमति हुने सम्भावना बढेको भएपनि अशोकले कर्मचारीहरुलाई पैसा दिएको भन्ने कुराले थप चर्चा पाएको छ । यस बारेमा प्रहरीले आवश्यक छानविन गरिरहेको जनाएको छ ।

Post a Comment