गोल्डेन न्यूज
योगको महत्व र अनुभवबारे आफ्ना जानकारी गराउँदै योग केन्द्रकी साधिका गङ्गा कोइरालाले आफू योगमा संलग्न भएको दुईवर्ष मा आफ्ना हातखुट्टा सुन्निने, पोल्ने, फूल्ने लगायतका समस्या समाधान भएको बताइन । उनले योग केन्द्रमा आउन शुरु गर्दा आफू ८० केजी रहेको र हाल ६५ केजीमात्र भएको बताउँदै योग साधनामा सबै लाग्न आग्रह गरिन् । योग केन्द्रका साधक विश्वमणि तिवारीले योगमा लागेपछि आफ्नो प्रेसर, क्लोस्ट्रोल पूर्ण ठीक भएको भन्दै अस्पतालमा उपचार गर्न जानुपूर्व योग साधना गरेर विचार गर्नुपर्ने बताए ।
योग केन्द्रकी अध्यक्ष शान्ति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पतञ्जली योग केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र लालचन, योग केन्द्रका साधक ईन्द्र गुरुङ लगायतले आ–आफ्ना भनाइ राखेका थिए भने सचिव रमा श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन ।
यसैबीच वार्षिकोत्सवको अवसरमा पोखराको महेन्द्रपुल चोकमाम आयोजित खुल्ला रक्तदान कार्यक्रममा ८३ युनिट रगत संकलन भएको छ । योग केन्द्रकी सचिव रमा श्रेष्ठलाई व्लडव्याग हस्तान्तरण गर्दै राजयोगिनी परणिता दिदीले कार्यक्रमको उद्घाटन गरेकी थिइन ।
पोखरा २ जेठ ।
पोखरा उपमहानगरपालिका वडा नं. ९ दरवारथोकमा रहेको श्रीकृष्ण योग केन्द्रको आठौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा योग केन्द्रले बिहान प्रभावफेरी, रक्तदान, विभिन्न व्यक्तित्वलाई सम्मानका साथै मामनवजीवनमा योगको महत्व बारे परिचर्चा कार्यक्रमको आयोजना ग¥यो । शनिबार योग केन्द्रको भवन दरवारथोकबाट शुरु भएको प्रभातफेरी ¥याली, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार हुँदै पुनः योग केन्द्रमै पुगेर वार्षिकोत्सव कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा एक वर्षभरिमा सबैभन्दा धेरै योग शिविरमा सहभागी हुने र योग केन्द्रको विविध गतिविधिमा महत्वपूर्ण योगदान दिने साधक–साधिकाहरुलाई सम्मान गरिएको थियो । उक्त सम्मान कार्यक्रमकी प्रमुख अतिथि एवं ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालकी निर्देशिका राजयोगिनी परणिता दिदीले गरेकी थिइन । सम्मानित हुनेहरुमा योग केन्द्रकी गङ्गा कोइराला (३२७ दिन), पूर्ण राना (३२१ दिन), किरण शेरचन (२७५ दिन), विजय मल्ल (२६५ दिन) रहेका छन् । यसैगरी योग केन्द्रका प्रशिक्षक प्रदीपकुमार श्रेष्ठ, सरस्वती लिगल, विनिता महर्जन, जितकुमारी महर्जन, गङ्गादेवी गौचन, लोकमाया बाँस्तोलाका साथै पोखराको नागढुङ्गाबाट योग केन्द्रसम्म हरेक दिन आफ्नी श्रीमतीलाई ल्याउन मद्धत गर्ने शङ्कर शेरचनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । दीप प्रज्वलनका साथै केक काटेर वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि परणिता दिदीले मानव जीवनमा योग अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको बताइन । योग साधनाबाट मानवसंग रहेको रिस, क्रोध, अहंकारका साथै विकारका तत्वहरु सबै स्वतः हराएर जाने बताइन । प्राचीन समयदेखि योग विशेष गरी धर्म एवं अध्यात्मिक क्षेत्रमा मात्र बढी प्रयोग भएपनि हिजोआज मानव सभ्यताको विकास संगै विकसित आधुनिक चिकित्सा पद्धतिबाट सफल हुन नसकेको रोगको निदान गर्ने कार्यमा समेत प्रयोग भइरहेको उनले स्पष्ट पारिन् । उनले भनिन.–‘स्वस्थ जीवनको संगसंगै मानसिक शान्ति, बौद्धिक विकास एवं आत्मिक लाभका लागि योगको प्रयोग भइरहेको छ । जसद्वारा मानवले जीवनमा अतिनै महत्वपूर्ण उपलव्धिका रुपमा अध्यात्म लाभ मिल्दछ ।

योगको उपयोगिताका सन्दर्भमा विगतका ऋषि–महर्षिहरुबाट प्रमाणिकताका साथ व्याख्या भएको कारणले नै आज यसको विश्वव्यापी प्रयोग र अनुसन्धान भइरहेको छ । योग साधनाले जीवनमा सिद्धता त स्वतः नै दिन्छ यसको साथै धर्म, अर्थ, काम र मोक्ष रुपी चार पुरुषार्थ पनि मिल्दछ भन्ने तथ्य कुरा प्रमाणित भै सकेको छ ।’ योगको अभ्यासद्वारा मनलाई योगमा स्थित गराई योगारुढ र स्थित प्रज्ञताको चरित्रलाई प्राप्त गर्नुपर्ने उनले बताइन ।
कार्यक्रममा गीता मन्दिरका संरक्षक प्रा.डा.कृष्ण केसीले पोखरालाई योगसिटी बनाउने अभियानमा श्रीकृष्ण योग केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले योगमा तनलाई मनसंग, मनलाई आत्मासंग र आत्मालाई परमात्मासंग जोड्न सक्ने क्षमता भएकाले मानव जीवनमा योग अनिवार्य भएको स्पष्ट पारे । भूगर्भविद् समेत रहेका केसीले पृथ्वीमा भूकम्प जानु कुनै अस्वभाविक नभइ सास्वत सत्य कुरा भएको बताए । उनले भने–‘पृथ्वी जीवित र गतिशिल रहने विविध गतिविधि गरिरहन्छ ।’ पृथ्वीको गतिविधि हरुमध्ये एउटा कम्पन भएकाले त्यसलाई भूकम्प भनेर बुझिने उनले बताए । पृथ्वीभित्र ७ वटा मेघा प्लेट मिलेर सतह बनेकाले ती मेघाप्लेटबीच टकराव हुँदा पृथ्वी हल्लने गरेको उनले स्पष्ट पारे । मानिस पृथ्वीमै उत्पन्न हुने तर पृथ्वीसंग मैत्रीभाव राख्न नसकेको भन्दै पृथ्वीसंग मैत्रीभाव कायम गरेर अघि बढेनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रवीन्द्र माकाजूले मानव जीवन खान र पिउनमात्र नभइ केही उपलव्धि मूलक कार्यका साथै मानव सेवा गर्नका लागि भएको बताए ।
योक केन्द्रका प्रशिक्षक प्रदीप कुमार श्रेष्ठले योगले मानवभित्र रहेको अशुद्धिपना, विकारजन्य विविध रोग हटाउन प्रयत्न गर्ने बताए । नेपाली कांग्रेस कास्कीका नेता शुक्रराज शर्माले योग साधनाको विकास र विस्तारमा राज्य तथा सम्बिन्धत निकाय अग्रसर हुनुपर्नेमा जोड दिए ।

Post a Comment