भूकम्प पीडितको लागि सहयोगार्थ मेनोको फिल्म एण्ड मिडिया हाउसको प्रस्तुति मगर चलचित्र “रैंयाँ” को शनिबार तनहुँको दमौलीमा गरिएको प्रदर्शनीमा पनि दर्शकहरुको उल्लेख्य सहभागीता रहेको रह्यो । विहान ८ बजे, पूर्वान्ह ११ बजे र अपराह्न ३ बजे गरिएको प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागीता रहेकोे निर्मात्री तारा थापा मगरले जानकारी दिऐ । मेकहादुर पुन (मेजान) ले निर्देशन गरेको चलचित्रको निर्माता हर्क आलेमगर, तारा थापा मगर रहेका छन् । मगर महिलाको सुन्दरता, पवित्रता र अस्तित्व अनि आत्मरक्षाको कवज मानिएको गहना “रैंयाँ” भएकोले मगर महिलाको विषयमा केन्द्रित रहेर उक्त चलचित्र निर्माण गरिएको निर्माता तारा थापा मगरले बताए । थापा मगरले चलचित्रमा महिलालाई मुख्य पात्रको रुपमा प्रस्तुत गरिएको बताउँदै चलचित्र “रैंयाँ” मा मगरहरुलाई एकजुट हुन प्रेरित गरिइएको बताए । २० लाखको लगानीमा निर्माण गरिएको उक्त चलचित्रको छायाङ्कन तनहुँको भिमाद, मिछुर्लुङ, कास्कीको धम्पुस, टाईगर टप लगायतका ठाउँहरुमा गरिएको निर्माता तथा कथाकार हर्क आलेमगरले जानकारी दिए । चलचित्रमा सञ्चारकर्मी प्रिया थापामगर र अशोक आले मगरको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारमा तारामाया थापामगर, मिन पुर्जा पुन मगर, दुर्गा ठाडामगर, पूर्ण थापा मगर (सुगा), अनिता थापामगर, गगन पुन मगर रहेका छन् । चलचित्रमा मेकअप सनमकुमार (सरद), अनुशिलन कला केन्द्रको पहिरन, फोटोग्राफर भिम रानामगर, कास्टिङ्ग डाईरेक्टर राज थापामगर, द्वन्द निर्देशन गणेश थापा, नृत्य गोरे गुरुङ, सहायक नृत्य मिरा थापामगर, सम्पादक लालबहादुर पुनमगर, याम पुन मगरको सिनेम्याटोग्राफर, सहायक निर्देशन भिम रानामगर रहेका छन् ।
Home
»
Flash
»
घटना
»
पछील्ला समाचार
»
महत्वपूर्ण समाचार
» मगर चलचित्र ‘रैंया“’ को आम्दानी भूकम्प पीडितलाई
Subscribe to:
Post Comments (Atom)
Post a Comment