0
गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय,पोखरा तथा राइटफर चिल्डे«नको सहयोगमा विहीवार कास्कीको थुम्की गाविस–२ स्थित जटेश्वर माविमा दुईकोठाको अस्थाई टहरा निर्माण गरिएको छ । वैशाख १२ गते र वैशाख २९ गतेको भुकम्पबाट जटेश्वर माविको एक भवनका तीन ओटा कोठा पूर्णरुपमा क्षति पुगेको थियो । इन्सेकद्वारा कार्यक्रम सञ्चालित थुम्की गाविसमा भुकम्पबाट भएको क्षति र पीडितलाई राहत वितरणको अवस्था सम्बन्धमा इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल, इन्सेक पोखराका टंक खनाल लगायतले वैशाख ३१ गते गरेको अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापक तीर्थ न्यौपानेले त्रिपालको व्यवस्था मिलाई अस्थाई कक्षाकोठाबाट पठनपाठन सञ्चालन गर्नका लागि पहल गरिदिन आग्रह गरेका थिए । विद्यालयका प्रधानाध्यापक न्यौपानेको आग्रहसंगै इन्सेकले राइट फर चिल्ड्रेन नामक गैरसरकारी संस्थासंग समन्वय गरेर त्रिपालको व्यवस्था मिलाइएको थियो । अनुगमनका क्रममा इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले त्रिपालको व्यवस्था मिलाई अस्थाई टहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।स्थानीयस्तरबाट जनश्रमदान र  राइट फर चिल्डे«नद्वारा सहयोग स्वरुप प्राप्त त्रिपालबाट दुई कक्षा कोठाको अस्थाई टहरा निर्माण गरिएको हो । क्षति भएका तीन मध्ये एक अस्थाई कक्षाकोठा भने विद्यालयस्तरबाट जनश्रमदान जुटाई निर्माण गरिएको र तीनओटै अस्थाई कक्षाकोठामा जेठ ७ गतेदेखि कक्षा सञ्चालन गरिने प्रधानाध्यापक न्यौपाने बताए । विद्यालयमा अस्थाई कक्षाकोठा निर्माण गरी यस्तो विपत्तको समयमा ठूलो सहयोग पु¥याएकोमा प्रधानाध्यापक तीर्थ न्यौपानेले  इन्सेक, राइटफर चिल्डूेनलाई धन्यवाद दिए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य क्याप्टेन हर्कबहादुृर गोदारले विद्यालयको भौतिक निर्माणका लागि ५ हजार रुपैया सहयोग प्रदान गरेका थिए ।

Post a Comment

 
Top