0




गोल्डेन न्यूज संवाददाता
भूकम्पवाट विद्यार्थीहरुलाई बचाउन शिशु निकेतन उच्च मावि पोखराका अभिभावकले भेला बोलाएका छन । भूकम्पले विद्यालयको भवन भत्किएर सन्तानको जीउज्यान जोखिममा पर्न सक्ने भएकोले अभिभावकहरु सुरक्षाका लागि जुटेका हुन । भेलाले दाताराम आचार्यको संयोजक, मुक्ति पौडेल सहसंयोजक रहेको समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अशोक भण्डारी, वामदेव पौडेल, तनुजा कार्की, शिव आचार्य, ईन्द पौडेल, ओमप्रसाद गिरी, कृष्णमुरारी आचार्य, सिता ओझा, कीर्ति वल्लभ त्रिपाठी रहेका छन । भेलाले विद्यालय भवनहरु भूकम्पिय दृष्टिले सुरक्षित भए, नभएको हेर्ने, बालवालिकालाई भय रहित वातावरणमा पढाउने, सुरक्षाका उपाय सिकाउनले लगायत अनेक  विषयमा विद्यालय र सरोकारवाला निकायसँग काम गर्ने निर्णय गरेको छ । विद्यालयका निर्देशक तथा प्रधानाध्यापक हरिश आरकेले भूकम्पवाट वच्चाहरुको सुरक्षाको लागि हरेक उपाय अवलम्वन गर्ने बताए । अभिभावक हरुले भूकम्पीय दृष्टिले जोखिममा भए नभएको जाँचवुझ गरेपछि मात्रै पढाई शुरु गर्न विद्यालय र सरोकारवाला निकयसँग माग गरेका छन । आईतवारदेखि पढाई शुरु गर्ने भनिएको विद्यालयको सवैस्थिति हेरिसकेपछि मात्रै आगामी मंगलवार देखि पढाई हुने भएको छ । कास्की लगायतका देशका विभिन्न शहरमा बनेका भवनहरु मापदण्ड र आचारसंहिता पुरा नगरि वनेकाले भूकम्पीय दृष्टिले जोखिममा रहेका छन

Post a Comment

 
Top