0
गोल्डेन न्यूज संवाददाताकास्कीको चापाकोट युवा सञ्जालको आयोजनामा चापाकोटको बाम्दीमा कास्की जिल्ला गाउँस्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा शनिबारका खेलहरुमा देउराली युवा परिवार मकवानपुर, प्रगतिशिल युथ परिवार घाँटिछिना र परिवर्तन युवा क्लव ठूलाखेतले जित हाँसिल गरेका छन् । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा लौरुकले मगरगाउँलाई २–१ सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनायो । पहिलो सेट मगर गाइजले २५–२३ ले आफ्नों पक्षमा परेको थियो । तर दोश्रो र तेश्रो दुवै सेट २५–२० मा गुमाउँदा मगर गाउँ पहिलो खेलमै पराजित भयो । पूर्व राज्य मन्त्रि महादेव गुरुङ्गले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै गुरुङ्गले मुलुक अहिले भूकम्पबाट त्रसिद भएको बेला खेलकुदले केहि मात्रामा भएपनि पुनःताजगी दिने बताए । आफू राहत वितरण गर्न जाँदाको उदाहरण प्रस्तुत गर्दै गुरुङ्गले गाउँ पुगेका विदेशी दाताहरुले भत्किएको घर नदेखि राहत दिन नमानेको बताए । ‘विदेशीमा सरकार प्रति मात्रै होइन जनताप्रति पनि विश्वास रहने’– उनले भने–‘विश्वासको वातावरण कायम गर्न सकिए मात्रै कुनैपनि काममा सफलता हाँसिल गर्न सकिन्छ ।’ युवाहरुले पनि सबैको विश्वास जित्न सके गाउँको विकासमा थप मद्धत पुग्नेमा गुरुङ्गले जोड दिए । कार्यक्रममा बोल्दै कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले गाउँघरमा हुने यस्तै प्रतियोगिताबाट प्रतिभावान खेलाडी निस्कने बताए । आयोजक सञ्जालका अध्यक्ष शिव घलेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गाविसका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी तथा सहयोगीहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता संयोजक रमेश हमालले कार्यक्रममा स्वागत मन्तब्य राखेका थिए । कास्की जिल्ला भलिवल संघको सहयोगमा भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले नगद १२ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

Post a Comment

 
Top