राष्ट्रिय अपाङ्ग वकालत संघ नेपालको आयोजना र कास्की जिल्लास्थित स्थानीय निकायहरुको सहयोगमा अपाङ्गता मैत्री भौतिक संरचना तथा सडक निर्माण बिषयक अन्तरक्रिया कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ । सरोकारवालाहरुलाई अपाङ्तामैत्री भौतिक संरचना निर्माण गर्न उत्प्रेरित गरि अपाङ्गता भएका व्यक्तिहरुको पँहुच अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रम सस्थाका अध्यक्ष सूर्य बहादुर रानाभाटको अध्यक्षता र पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न भएका थियो । कार्यक्रममा प्रमुख अतिथि रानामगरले अपाङ्गता मैत्री संरचना निर्माणका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै अपाङ्गमैत्री संरचनाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । पृथ्वीनारायण क्याम्पस शिक्षा विभागका सदस्य तथा अधिवक्ता श्रीकान्त सापकोटाले अपाङ्गता मैत्री भौतिक संरचना र सडक निर्माण बिषयमा कार्यपत्र प्रस्तुत गरेको अन्तरक्रिया कार्यक्रममा सिर्जनशिल स्वावलम्बनकृषि सहकारीका अध्यक्ष फडिन्द्र पौडेल, कास्की नेत्रहीन संघका सचिव अमृत बराल, महिला विकास कार्यालयका प्रतिनिधि राममाया थापा, जि.वि स कास्की अपाङ्ग समन्वय समितिका उपाध्यक्ष प्रेम परियार, नेपाल अपाङ्ग समाज सेवा संघका अध्यक्ष बृद्धिबहादुर बाग्दास, राष्ट्रिय अपाङ्ग महासंघ कास्कीका अध्यक्ष गंगा बहादुर खड्का लगायतका वक्ताहरुले अपाङ्गता मैत्री भोतिक संरचना निर्माणमा सबै पक्ष व्यवहारिक रुपमा लाग्नुपर्नेमा जोड दिएका थिए । संघका अध्यक्ष सूर्यबहादुर रानाभाटले स्वागत गरेको कार्यक्रमको संचालन संघका सहयोगि दिपेन्द्र रानाभाटले गरेका थिए।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
संघ संस्था गतिबिधी
» ‘सबै क्षेत्र अपाड्ड मैत्री हुनुपर्छ’
Subscribe to:
Post Comments (Atom)
Post a Comment