0
यतिबेला देशभरि नै ज्वरो प्रभावित हुनेहरूको संख्या आकासिएको छ । पोखरा मात्र नभई मुलुकभर नै विभिन्न प्रकारका ज्वरोका कारण अस्पताल पुग्नेहरू सबैभन्दा बढी छन् । ज्वरोले सबैलाई प्रभावित गर्ने गरे पनि यसबारे भने समाजमा खासै जानकारी राखिएको पाइँदैन । चिकित्सा विज्ञानअनुसार मानिसको शरीरको सामान्य तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ । शरीरको तापक्रम यो सामान्य स्तरभन्दा माथि हुने स्थितिलाई ज्वरो भनिन्छ । ज्वरो कुनै रोग होइन । यो मात्र रोगको लक्षण हो । कुनै पनि प्रकारको संक्रमणको शरीरद्वारा दिइने प्रतिक्रिया ज्वरो हो । वृद्घि भइरहेको ज्वरोको गम्भीरताको स्तरतर्फ संकेत गर्छ । अधिकांश ज्वरो ब्याक्टेरिया वा भाइरसको संक्रमणले गर्दा हुन्छ । संक्रमणबिना पनि ज्वरो हुन सक्छ । जस्तै, थाइरोटाक्सिकोसिस, मायोकार्डियल इन्फ्रार्कसन, लिम्फोमा आदि । श्वाससम्बन्धी संक्रमण निमोनिया, रुघाखोकी, ब्रोन्काइटिस, टन्सिल, मूत्र–प्रणालीको संक्रमण, टाइफाइड, औलो, क्षयरोग, वात, मम्पसलगायत रोगहरू ज्वरोका कारण हुन सक्ने प्रा.डा.मनोहरप्रसाद गुप्ता बताउँछन् । शरीरको कुनै पनि भाग, जस्तै आन्द्रा, श्वास प्रश्वास, मूत्र, कान आदिमा ब्याक्टेरियाको संक्रमणसमेत ज्वरोको कारण हो । साधारण ज्वरोमा भने शरीरको तापक्रम ९९ देखि १ सय फरेनहाइट हुन सक्छ । यस्तै मन्द ज्वरो ९९.८ देखि १०१ डिग्री फरेनहाइटसम्म हुन्छ । मध्यम ज्वरमा भने १०१ देखि १०३ डिग्री फरेनहाइटसम्म ज्वरो देखिन्छ भने तीव्र ज्वरोमा १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो देखिने गरिन्छ । ज्वरोमा टाउको दुखाइ, चिसो लाग्नु, जोर्नी दुख्न, भोक कम लाग्नु, स्वाद नलाग्नु, वाक्वाकी र कहिलेकाहीँ वान्ता,  कन्सटिपेसन, भोक कम लाग्नु, थकानलगायत लक्षण देखिन सक्छ । ज्वरो भएको व्यक्तिलाई छुँदा नै तातो अनुभव हुन्छ । अनुहारमा थकानसँगै जीउमा दुखाइ हुन सक्छ । यस्तै, आन्द्राको संक्रमण हुँदा पखाला लाग्न सक्छ । यस्तै प्रायः भाइरल ज्वरो वा टन्सिलाइटिस हुँदा घाँटीमा खसखस र रुघा लाग्ने गरेको छ । सम्पूर्ण शरीरमा बिमिरा भएको बेला र जोर्नीको दुखाइमा वृद्घ िहुँदा, आँखा राता हुनुका साथै दुखेको बेला भने डेगीको शंका पनि गर्न सकिन्छ ।दिउँसो चिसो लागेर तीव्र पसिना, पेट दुखाई र वाक्वाकी सँगै ज्वरो आयो भने औलोको शंका गर्न सकिन्छ । ज्वरोसँगै तीव्र वाक्वाकी, वान्ता, आँखा र जिब्रोको पहेँलोपना, कलेजोको हेपाटाइटिसको संकेत हुने गर्छ । मध्यमदेखि तीव्र ज्वरोसँगै खोकी, घर्घराउनु, श्वासमा असुविधा, छातीको दुखाइ भएमा मुख्य रूपले बच्चामा निमोनियाको शंका गर्न सकिन्छ । ज्वरोको रोगीमा उन्माद, मानसिक अशान्ति पनि देखिन सकिन्छ । बालबालिकाहरूलाई भने ज्वरोसँगै ‘एट्याक’ पनि देखिने गरिएको छ । ज्वरो भएमा रोगीलाई राम्रो भेन्टिलेसन भएको कोठामा राख्नुपर्ने छ । यस्ता रोगीलाई प्रशस्त मात्रामा तरल पदार्थ खानदिनुपर्छ । शरीरलाई  पर्याप्त मात्रामा क्यालोरी दिन ग्लुकोज, आरोग्यवर्धक पेय पदार्थ, फलको रस आदि दिनुपर्छ । सजिलै पच्ने जस्तै जाउलो, साबुदाना, दूध, रोटी, ब्रेड आदि रोगीलाई खान दिनुको साथै ज्वरो भएकाहरूलाई गर्मी हुने भोजन गराउनु हँुदैन ।रोगीको सुरुदेखि नै थर्म्मिटर लगाएर केही निश्चित घन्टाको फरकमा तापक्रम लिएर त्यसको चार्ट बनाउनुपर्छ । यसले ज्वरोको प्रकृति बुझन सजिलो हुन्छ । बिहान ६ बजे, मध्याह्न १२ बजे साँझ ६ बजे र राति १० बजे गरी कम्तिमा चारपटक तापक्रम लिनुपर्छ । ज्वरो हुनासाथ छोपेर राख्नुपर्छ  । रोगीको शरीरबाट अनावश्यक लुगा हटाउनुपर्ने बताउँछन् । बिरामीका लागि खुकुलो सुतीको लुगा राम्रो मानिन्छ । आवश्यक भए वा रोगीले रुचाए ब्लाङकेट उपयोग गर्न सकिन्छ । तर रोगीलाई ब्लाङकेट वा न्यानो लुगाले बेर्नु भने हुँदैन । ज्वरो भएकालाई चिसो, खुल्ला र ताजा हावा आउने ठाउँमा राख्नुपर्छ । तर धेरै चिसो वातावरणमा भने राख्नुहुन्न । मन तातो स्वच्छ पानीले तौलिया भिजाएर रोगीको शरीरलाई पुछिदिनुपर्छ । ज्वरो कम गर्न टाउकोमा पानीपट्टी राख्न सकिन्छ । रोगीलाई सुप झोल पदार्थ प्रशस्त मात्रामा दिनुपर्छ । मुख्यतः बच्चालाई भने पोषण बन्द गर्नुहुदैन । ज्वरोको रोगीलाई एस्प्रिन दिनु हुँदैन । चिकित्सकले भनेको मात्रामा ज्वरो कम गर्न सिटामोल दिनुपर्छ ।ज्वरोमा के हुन्छ ?ज्वरो किटाणुको संक्रमणले हुन्छ । यो संक्रमणले शरीरको कोशिकामा पाइरोजेन नाउँ गरेको विषाक्त पदार्थ उत्पन्न गर्छ । यसले गर्दा मस्तिष्कस्थित ताप नियन्त्रण केन्द्र (हाइपोथेलमस) मा खराबी आउँछ । ज्वरोले रोगको किटाणु समाप्त गर्न हामीलाई सहयोग गरिरहेको हुन्छ । यो समय शरीरमा विभिन्न प्रकारका जैविक प्रक्रिया तीव्र गतिले हुन लाग्छ । र, यसले सबै ज्वरोको किटाणु समाप्त गर्न सघाउँछ । तर लामो समयसम्म ज्वरो रहनु शरीरका लागि घातक हुन्छ । किनभने यो समय शरीरको भित्री खण्डको तापक्रममा वृद्घि भएर पानीको कमी हुन सक्छ, जसले रगत र मूत्रनलीका कोशिका खुम्चिन थाल्छन् । कोशिकाको प्रोटिन कम हुन थाल्छ ।ज्वरो कसरी नाप्ने ?शरीरको गर्मी थर्म्मिटरका माध्यमले नापिन्छ । तापक्रम नाप्न अमेरिकामा डिग्री फरेनहाइट अन्य मुलुकमा भने डिग्री सेन्टिग्रेडको उपयोग गरिन्छ । मुख्य रूपले थर्ममिटर काख वा मुखमा राखेर तापक्रम नाप्ने गरिएको छ । मुखमा थर्ममिटर राख्दा यसको १५ मिनेटअघि सम्म मुखमा तातो वा चिसो सेवन गर्नुहुँदैन । यसले तापक्रम नाप्ने प्रक्रिया प्रभावित हुन सक्छ । थर्ममिटरलाई साबुन–पानीले वा अल्कोहलले पुछेर मात्र मुखमा हाल्नुपर्छ । थर्म्मिटरको टुप्पो भने जिब्रोको तल मुखको पछिको ठाउँमा राख्नुपर्छ । मुखको सामान्य तापक्रम ९८.६ डिग्री फरेनहाइट हो । काखबाट तापक्रम नाप्न व्यायाम गर्ने वा नुहाएपछि १५ मिनेटसम्म पर्खनुपर्छ । यसो गर्दासमेत थर्ममिटर साबुन–पानी वा अल्कोहलले सफा गर्नुपर्छ । काखको पसिनालाई पुछेर मात्र थर्ममिटर राख्नुपर्छ । काखमा शरीरको सामान्य तापक्रम ९७.६ डिग्री फरेन हाइट हो ।चिकित्सकसंग सम्पर्क गर्नुस्  दुई महिनाभन्दा कमका शिशुको काखको तापक्रम ९९.८ डिग्री फरेनहाइटभन्दा बढी भयो भने चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । यदि दुई महिनाभन्दा बढी उमेरको शिशु र बच्चा एवं वयस्कको काखको तापक्रम १००.५ डिग्री फरेनहाइटभन्दा बढी देखियो भने पनि चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।अधिकांश भाइरल ज्वरो एक सातामा निको हुन्छ । भाइरसको प्रकृतिअनुसार प्राथमिक संक्रमणको अवधि केही दिनदेखि लिएर एक सातासम्म रहन सक्छ । भाइरल ज्वरोको पहिचान चिकित्सकहरूले क्लिनिकल परीक्षणबाट मात्र गर्ने गर्छन् । तर भाइरसको गम्भीरता थाहा पाउने सेरोलोजिकल परीक्षण भने गरिँदैन । भाइरल ज्वरोको उपचार लक्षणका आधारमा गरिने गरिएको छ ।धेरैजसो भाइरल संक्रमण सीधा सम्पर्क, दूषित हावापानी वा दूषित खाना उपयोग गर्नाले हुन्छ । घरेलु उपचारका लागि बिरामीले पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्नुका साथै पानीपट्टी लगाएर पनि ज्वरोलाई कम गर्न सकिन्छ । त्यस बाहेक पर्याप्त आराम पनि गर्नुपर्छ । भाइरल संक्रमणबाट बच्न स्वस्थकर खानपानका साथै संक्रमित व्यक्तिको सम्पर्कबाट टाढै रहनुपर्छ । अन्य माध्यम बाहेक भाइरलको संक्रमण मुख्यतः बिरामीले हाच्छिउँ गर्दा, खोक्दा वातावरणमा फैलिने पानीको ससाना थोपा (ड्रप्लेट) को माध्यमले सर्छ । त्यसैले पनि भाइरल संक्रमित बिरामी निको नभएसम्म कार्यालय वा स्कुल जस्ता धेरै मानिसको जमघट हुने क्षेत्रमा नजानु राम्रो हुन्छ । सामान्यतः निको हुन करिब पाँचदेखि सात दिन लाग्ने गरेको छ । अलि जटिलता देखिए तुरुन्त स्वास्थ्य निकायमा सम्पर्क गर्नुपर्छ । ज्वरोको उपचार लाक्षणिक हुन्छ, यसमा सामान्यतः एन्टिपाइरेटिक र एनाल्जेसिक औषधि दिने गरिएको छ ।पर्याप्त आराम गर्ने र प्रशस्त तरल पोषिलो पदार्थ सेवन गरे फाइदा मिल्छ । नजिककालाई भाइरल सर्ने सम्भावना पाँच गुनासम्म बढी हुन्छ । साबुनपानीले हात धुनु यसबाट बच्ने राम्रो उपाय हो । यो संक्रमण आफैं निको हुने भए पनि ज्वरो एक सातासम्म निको नभए चिकित्सकसँग सल्लाह लिनैपर्छ । दुई महिनाभन्दा कम उमेरका शिशुहरूको काखीको तापक्रम ९९.८ डिग्री फरेन हाइटभन्दा बढी हुँदा, दुई महिनाभन्दा बढी उमेरका शिशु, बालबालिका एवं वयस्कको काखीको तापक्रम १००.५ डिग्री फरेन हाइटभन्दा बढी भएमा चिकित्सककहाँ पुग्नुपर्छ । भाइरल ज्वरो के हो?शरीरमा कुनै भाइरस वा ब्याक्टेरियाले आक्रमण गर्दा जीउले आफंै त्यसलाई मार्ने प्रयास गर्छ । यही कारणले शरीरले आफनो तापक्रम समेत बढाउँछ । शरीरको तापक्रम सामान्यभन्दा बढ्ने यही प्रक्रियालाई हामी ज्वरो आएको भन्छौं । शरीरको तापक्रम ९८.३ डिग्री फरेन हाइटभन्दा बढी हुँदा ज्वरो आएको मानिन्छ । ज्वरो आफंैमा रोग होइन, रोगको लक्षण मात्र हो । कुनै पनि प्रकारको संक्रमणको बेला शरीरद्वारा दिइने प्रतिक्रिया नै ज्वरो हो र वृद्घि भइरहेको ज्वरोको तापमानले रोगले बिरामीलाई च्याप्दै लागेको संकेत गर्छ । कुनै पनि भाइरसको संक्रमणले गर्दा हुने ज्वरो भाइरल ज्वरो हो । भाइरसको संक्रमणबाट हुने ज्वरो कति डिग्रीसम्म आउँछ भन्ने ठोकुवा गर्न सकिन्न । भाइरल ज्वरोमा के हुन्छ ?ज्वरो विषाणुको संक्रमणले हुन्छ । यस्ता विषाणुले शरीरको कोषिकामा पाइरोजेन नामको विषाक्त पदार्थ उत्पन्न गर्छन् । यसले मस्तिष्कमा हुने ताप नियन्त्रण केन्द्र (हाइपोथेलमस) मा खराबी आउँछ र ज्वरोको अनुभव हुन्छ । ज्वरोले रोगको कीटाणु समाप्त गर्न हामीलाई सहयोग गरिरहेको हुन्छ । यो समय शरीरमा विभिन्न प्रकारका जैविक प्रक्रिया तीव्र गतिले हुने गर्छन् र, कीटाणु समाप्त गर्न हामीलाई सघाउँछन् । तर लामो समयसम्म ज्वरो नघट्नु शरीरका लागि घातक हुन्छ । किनभने यो समय शरीरको भित्री खण्डको तापक्रम बढेर पानीको कमी हुन जान्छ । यसले गर्दा रगत र मूत्रनलीको कोषिका सुक्न थाल्छ र त्यसमा प्रोटिनको मात्रा कम हुन थाल्छ ।भाइरल ज्वरो आएमा के गर्ने ? बिरामीलाई स्वच्छ हावाको सञ्चार हुने कोठामा राख्नुपर्छ । तर धेरै चिसो वातावरणमा भने राख्नुहुन्न । बिरामीलाई प्रशस्त मात्रामा झोल तथा तरल पदार्थ खान दिनुपर्छ । यस्तै, शरीरलाई पर्याप्त मात्रामा क्यालोरी दिन ग्लुकोज, आरोग्यवर्धक पेयपदार्थ, फलफूलको रस आदि खुवाउनुपर्छ । सजिलै पच्ने खाद्यवस्तु (जस्तैः जाउलो, साउदाना, दूध, रोटी, ब्रेड आदि) खान दिनुपर्छ । पाचन प्रक्रिया जटिल हुने खालका भोजन भने नदिनु बेस हुन्छ । ज्वरो आउनासाथ बिरामीलाई छोपेर राख्ने चलनलाई औंल्याउँदै मिश्र बरु रोगीको शरीरबाट अनावश्यक लुगा हटाउन सल्लाह दिन्छन् । यस्तो अवस्थामा पातला सुतीका लुगा लगाउनु राम्रो मानिन्छ । आवश्यक भए वा बिरामीले रुचाए कम्बल ओढाउन सकिन्छ । तर रोगीलाई कम्बल वा न्यानो लुगाले बेर्नु भने हुँदैन । चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक नखाने भाइरल ज्वरोले प्रभावित अधिकांशले औषधि पसलेले दिने एन्टिबायोटिक औषधि प्रयोग गर्ने गरेको देखिन्छ । धेरैजसो भाइरल ज्वरो पीडितहरू एकरदुई दिनको उच्च ज्वरोपछि आत्तिएर औषधि पसल पुग्छन् र एन्टिबायोटिक औषधि सेवन गर्छन् ।भाइरल ज्वरोमा चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्ने उल्लेख गर्दै डा. मिश्र आफंै वा पसललेको सल्लाहमा एन्टिबायोटिक औषधि सेवन नगर्ने सल्लाह दिन्छन् । पाँच दिनसम्म भाइरल ज्वरो आए पनि एन्टिबायोटिकको सेवन गर्नु नहुने औंल्याउँदै उनी उच्च ज्वरो आए सबैभन्दा पहिले चिकित्सककहाँ पुग्नुपर्ने सुझाउँछन् । पसलेले दिने गरेको एन्टिबायोटिकले गर्दा आमव्यक्तिमा यसप्रतिको प्रतिरोधक क्षमतामा वृद्घि भइरहेको अवस्था समेत उनी औंल्याउँछन् । कति बेला एन्टिबायोटिक ? भाइरल ज्वरोको सुरुमै एन्टिबायोटिक औषधिको आवश्यकता पर्दैन । तर रोगीलाई यसपछि पुनः संक्रमण (सेकेन्डरी इन्फेक्सन) देखिए वा खकारमा पहेंलोपन देखिए एन्टिबायोटिकको आवश्यकता पर्छ । यस्तो अवस्थामा सिफारिस मात्रामा खान सकिन्छ । तत्काल चिकित्सक कहा“ किन जाने ? सास फेर्न असजिलो भए, बच्चाले खाना नखाए वा स्तनपान नगरे, शरीरमा ठूला बिमिरा देखिए, घाँटीमा खसखस गरिरहे, वान्ता नरोकिए, रगतरम्युकससँगै झाडापखाला चले, पिसाब फेर्न अति पीडा भए वा तल्लो पेट वा कम्मरको एकापट्टि दुखिरहे र बेहोस भए ।

Post a Comment

 
Top