नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ३६औं स्थापना दिवसको अवसरमा यातायात मजदुर संगठन गण्डकीले शनिवार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । भूकम्पमा परि घाइते भएकाहरुका लागि रगत अभाव हुन नदिन तथा संगठनको नियमित रक्तदान कार्यक्रममा १ सय १ जना महानुभावले रक्तदान गरेका छन् । नेकपा एमाले पोलिटव्यूरोका वैकल्पीक सदस्य तथा गण्डकी इन्चार्ज जगत विकले पहिलो रक्तदाता लक्ष्मी जिसीलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरेको कार्यक्रममा विशेष अतिथि एमालेका केन्द्रीय सदस्य तथा सभासद चूणामणि जंगली, संगठनका केन्द्रीय सचिव कर्ण सिंह गुरुङ, नेपाल टे«ड युनियन महासंघ (जिफन्ट), गण्डकी–धौलागिरी अञ्चल उपाध्यक्ष रुद्र बहादुर खत्री, संगठनका गण्डकी उपाध्यक्ष कृष्ण बहादुर पाण्डे, सचिव कमल पौडेल लगायतका वक्ताले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । संगठनका अञ्चल अध्यक्ष विष्णुु बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष बद्रीनाथ पराजुलीले फ्रुटी र अण्डा, संगठनको तरकारी तथा फलफूल ढुवानी इकाईले फलफूल सौजन्य गरेको थियो । यसैगरी वडा महिला समन्वय समिति वडा नं ११ ले शनिबार भूकम्प पीडित सहयोगार्थ खुल्ला रक्तदान कार्यक्रम गरेको छ । रक्त अभावलाई मध्येनजर गर्दै समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रक्त संकलन भएको थियो । समितिका अध्यक्ष मिठुमाया गुरुङको अध्यक्षता सम्पन्न रक्तदान कार्यक्रमका प्रमुख अतिथि नगर समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङले रक्तदान गर्नु मानव सेवाको भावनामा भएकाले वडा महिला समितिलाई निरन्तर रक्तदान गर्दै मानव सेवामा लाग्न अनुरोध गरेकी थिइन् । समितिका सचिव सुशिला बाँस्तोलाको सञ्चालनमा रहेको उक्त कार्यक्रममा जोजिजू म्यूजिक सेन्टर, कुशल काष्ठ उद्योग, कृष्ण राइस मिल, राम चौतारी आमा समूह, रामेश्वर मन्दिर व्यवस्थापन समिति र जगत जननी महिला समूह लगायतको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको सस्थाका वरिष्ठ सल्लाहकार वकावली शाक्यले जानकारी दिइन् । रानीपौवा चोकमा शनिबार आयोजित कार्यक्रममा वडा नं. ११ का सचिव भिमदेव शर्मा, वडा समन्वय समिति वडा नं. ११ का अध्यक्ष वावुराम के.सी., स्थानीय समाजसेवी नारायण श्रेष्ठ लगायतले भूकम्प पीडितलाई सवैले सहयोग गर्नुपर्ने बताउँदै सहज अवस्थामा नआएसम्म सवै सचेतभई सेवामा लाग्न अनुरोध गरेका थिए । कार्यक्रममा महिला दिदीबहिनीको उल्लेख्य सहभागिता रहेको कार्यक्रम सञ्चालक सचिव सुशिला बाँस्तोलाले जानकारी दिइन्
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» मजदुर संगठन र महिला समन्वय समितिमा रक्तदान
Subscribe to:
Post Comments (Atom)
Post a Comment