नेपालको पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन सरकारले विशेष अभियान सञ्चालन गर्ने भएको छ । विनाशकारी भूकम्पबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनःरुत्थान गरी आगामी दिनमा पर्यटनको नयाँ ढङ्गबाट प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय जगत्मा प्रभावकारी बजारीकरण गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साहसिक पर्यटनको क्षेत्रमा विश्वव्यापी रुपमा ख्याति कमाएका विशिष्ठ व्यक्तिलाई पर्यटन सद्भावना दूतमा मनोनयन गरेको छ ।मन्त्रीस्तरीय निर्णयबाट ख्यातिप्राप्त स्वदेशी तथा विदेशी गरी १९ जना आरोहीलाई सद्भावना दूतमा मनोनयन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले जानकारी दिए । भूकम्पको त्रासदीबाट गुज्रेको पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक सन्देश प्रवाह र पर्यटनको बजारीकरण गर्न सद्भावना दूतको महत्वपूर्ण भूमिका हुने उनले उल्लेख गरे । पर्यटन सद्भावना दूतमा मनोनीत हुनेमा पाँच नेपाली आरोही र चार सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गर्ने रहेका छन् ।मनोनीत हुनेमा क्रमशः प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीका छोरा पिटरी हिलारी (न्युजिल्यान्ड), प्रथम सगरमाथा आरोही नेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ तेन्जिङ (पश्चिम बङ्गाल), प्रथम सगरमाथा महिला आरोही जुनको तावेइ (जापान), विनाअक्सिजन सगरमाथा आरोही गर्ने पहिलो व्यक्ति रेन्डहोल्ड मेस्कर (इटाली) छन् ।त्यसैगरी प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाकी नातिनी ताशी तेञ्जिङ, सगरमाथा आरोही पिटर एथेन्स (अमेरिका), ओम दोङजिल (दक्षिण कोरिया), इदुने पासवान (स्पेन), जिम मिचेल ए (फ्रान्स), ओल्प गाङ न्यैर्ज (जर्मनी), राल्फ ढुजमोभिट्स, स्विट्जरल्यान्डकी पहिलो महिला गाइड निकोल निक्की, कात्मा स्टारजेस ग्रेट मिालय ट्रेल नेदरल्यान्ड, डक मेक्कर बेलायत छन् । सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गर्ने नेपाली मिङ्मा शेर्पा, सगरमाथा तथा प्रथम नेपाली पुरुष समिट ल्हाक्पा रीता शेर्पा, सगरमाथामा प्रथम नेपाली महिला सेभेन समिट सुस्मिता मास्के, छ पटक सगरमाथा आरोहण गर्ने नेपाली महिला ल्हाक्पा शेर्पा र सेवेन समिट वुमन टिमका टोली नेता शैली बस्नेतलाई पर्यटन सद्भावना दूतको घोषणा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले भूकम्पको विपत्तिले पुरातात्विक, सांस्कृतिक धरोहर र पर्यटकीय पदयात्रामा क्षति पु¥याएको भए पनि पर्यटन क्षेत्रलाई पहिलाकै अवस्थामा पु¥याउन सरकार र निजी क्षेत्र एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।आठाँै अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा उनले भने–“केही पर्यटकीय संरचना भत्केका छन्, तर अधिकांश प्रमुख पर्यटकीय गन्तव्य स्थल बिग्रेका छैनन्, सरोकारवाला निकायको आँकलनमा पर्यटन क्षेत्र १५ प्रतिशत मात्र क्षति छ, पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन सरकारले योजनाबद्ध कार्यक्रम अघि बढाएको छ ।” मन्त्री शेर्पाले नेपालको पर्यटन प्रवद्र्धन गर्नका निम्ति निजी क्षेत्रका व्यवसायी र पर्यटन मन्त्रालयकै कर्मचारीको बोली, वचन र व्यवहारमा परिवर्तन आउन जरुरी छ भन्दै पर्यटन क्षेत्रका व्यावसायिक सङ्गठनबीच सुदृढ एकताबद्ध भएर पर्यटनलाई माथि उकास्न लाग्नुपर्नेमा जोड दिए । पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले पर्यटनमा आएको सङ्कटको अवस्थालाई जतिसक्दो छोट्यार पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा तत्काल कार्ययोजना अघि बढाइनुपर्ने खाँचो औँल्याए । “भूकम्पबाट पर्यटन क्षेत्रमा भएको क्षतिबारे आँकलन भइरहेको छ, दुई÷चार दिनमै यो टुङ्गो लाग्छ त्यसपछि पर्यटन पुनःरुत्थानका लागि योजना बनाएर अघि बढ्छौँ,” उनले भने । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा र टूेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले भूकम्पपछि नेपालको पर्यटन क्षेत्रमा परेको असरलाई सामना गरी पहिलाकै अवस्थामा पु¥याउन सरकार, निजी क्षेत्र र विदेशी निकायसँगसमेत समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । यसैबीच नेपाल पर्वतारोहण सङ्घले कुमार खड्गविक्रम साहसिक पुरस्कार न्युजिल्यान्डका क्याप्टेन जेसन लायनलाई प्रदान गरेको छ । सगरमाथाको आधार शिविरमा अघिल्लो वर्ष (२०७१ वैशाख ५ गते) गएको हिमपहिरोमा परी मृत्यु भएका र घाइतेको उद्धारमा योगदान पु¥याएबापत उनलाई एक किलो सुनको जलप लगाइएको तक्मा र प्रमाणपत्र प्रदान गरिएको हो ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काइने
Subscribe to:
Post Comments (Atom)
Post a Comment