वैशाख १२ गते गएको भूकम्पबाट हजारौको ज्यान लियो, लाखौंको घरबास उजाड बनायो । करोडांै मानिसहरु अतङ्कित भएका छन् । यस दुःखद् घडिमा मानव भएर मानवको उत्तरदायित्व निर्वाह गर्नुपर्ने बेला आएको छ । यसै विषयलाई मध्यनजर गरि धादिङ–पोखरा सम्पर्क समिति आगिन्चोक इकाइ समितिले भूकम्प पीडितहरु लाई राहत वितरण गरेको छ । समितिले धादिङ जिल्ला आगिन्चोक गाविस वडा नं. १ सल्यानवेशी, गोलाङटार, वडा नं. २ र ३ को गोलाङका ३ सय ५० घर परिवारलाई राहत वितरण गरेको हो । ५ लाख रुपैयाँ बराबरको उक्त राहत सामाग्रीमा चामल, चना, दाल, चिनी, तेल, मञ्जन, साबुन लगायत रहेका छन् । विजी हस्पिटल एण्ड रिसर्च सेन्टर पोखरा, सेन्ट लुइस नेपाली अर्गनाइजेशन अमेरिकाको सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । राहत वितरणका लागि आगिन्चोक इकाइका अध्यक्ष हरि पन्त, उपाध्यक्ष सुदर्शन बसौला, सल्लाहकार नवराज थपलिया, साधारण सदस्य नारायण थपलिया तथा इश्वर थपलियाका साथै सेन्ट लुइस नेपाली अर्गनाइजेशन अमेरिकाका अशिम लामिछाने, बीजी हस्पिटलका डा. आशिस पराजुली, विशाल लामिछाने तथा सर्वेश्वर युवा क्लवका अध्यक्ष कविन्द्र कोइरालाका साथै रवि अभिकारी, अमित लामिछानेको सहभागिता रहेको थियो । स्थानीय भूकम्प पीडित पम्फा रिजाल र शान्तिमाया थपलियालाई राहत हस्तान्तरण गर्दै सेन्ट लुइस नेपाली अर्गनाइजेशन अमेरिका अशिम लामिछानेले नेपालीको पीडामा सहयोग गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए । त्यस अवसरमा हरि पन्त, नवराज थपलिया लगायतले पनि आ–आफ्ना भनाइ राखेका थिए ।
यसैगरी पोखरा उप–महानगरपालिका वडा नं. ५ एकधारा टोल विकास संस्थाले आफ्ना सदस्यहरु बाट उठेको ३९ हजार ६०६ रुपैयाँ प्रधानमत्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरी थोरै भएपनि मानवीय सहायता गरेको छ । यसबाट प्रत्यक्ष रुपमा पीडितहरुको घाउमा मलमपट्टी लागाउने आशा एकलधारा टोल विकास संस्थाका अध्यक्ष गोपाल प्रसाद सुवेदी जानकारी दिए ।
यसैगरी नेपाल मगर संघ दक्षिण कोरियाको सहयोगमा भूकम्पबाट घरबार गुमाएका गोर्खा र धादिङका ९७ घर धुरीलाई पुनर्वासका लागि जस्ता वितरण गरिएको छ । नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष खड्ग बहादुर थापा मगरको संयोजकत्वमा भु कम्प प्रभावित क्षेत्र र त्यसमा पनि मगरको बाक्लो बस्ती भएको गोर्खा, धादिङ र सिन्धुपाल्चोक लाई आधार क्षेत्र बनाइ भूकम्पबाट घरबार गुमाएका परिवारहरुलाई पुनर्वासका लागी ९७ वण्डल जस्ता वितरण गरिएको हो । नेपाल मगर संघ दक्षिण कोरियाका संस्थापक अध्यक्ष छ्याम थापा मगरको नेतृत्वमा हिडेको राहत बितरण टोलीले गोर्खा र धादिङका विभिन्न गाउहरुमा जस्ता वितरण गरेको हो । राहत वितरण अन्तर्गत गोर्खाको ताक्लुङ गाविसका ७८ र ९ नम्बर र घैरुङ गाविसको १ नम्बर वडाका ४७ घर परिवारलाई ४७ वण्डल जस्ता वितरण गरेको हो । जस्ता वितरण कार्यक्रममा वोल्दै राहत वितरण कार्यक्रमका संयोजक छ्याम थापाले बैदेशिक रोजगारीको सिलसिलामा आफु १५ वर्ष अगाडि कोरियामा रहदा नेपालीलाई परेको समस्यालाई केही हद सम्म सहयोग गर्ने उद्देश्यले नेपाल मगर संघ दक्षिण कोरियाको स्थापना गरेको र सोही अनुरुप हालको अध्यक्ष खड्क बहादुर थापाको अध्यक्षतामा हाल नेपालमा भूकम्प प्रभावित क्षेत्रहरुमा सहयोेग गर्न सफल भएको बताए ।
त्यसैगरी नेपाल मगर संघ गोर्खाका अध्यक्ष विष्णु राना मगरले बैदेशिक रोजगारमा रहेर पनि आफ्नो मुलुकमा परेको विपत्तिमा सहयोग गर्ने नेपाल मगर संघ दक्षिण कोरियाले आफ्नो जिल्लामा सहयोग गरेकोमा आभार प्रकट ब्यक्त गरे । त्यस्तै समाजसेवी धन बहादुर थापाले बैशाख १२ गते भु कम्पले गाउमा ठूलो क्षति भएपछि कोरियामा भएका छोराले गाउमा सहयोग गर्ने बताएपछि आफूले पनि गाउँको क्षतिग्रस्त घरको विवरण तयार पारी नेपाल मगर संघ कोरियाका अध्यक्ष समेत रहेका छोरालाई पठाएको बताए । छोराले आफ्नो संस्थाबाट सानो भएपनि गाउलेका लागि सहयोग गरेकोमा खुसी ब्यक्त गर्दै सानो सहयोगले घरबार बिहीन भएका गाउँलेलाई ठूलो राहत मिलेको बताए ।
त्यसैगरी राहत बितरण कार्यक्रम अन्तर्गत भूकम्प प्रभावित क्षेत्र धादिङ जिल्लाको मूलपानी गाविस २ नम्बर वडा ओडारे, रानीचौर र कल्लेरी गाउका ५० घर परिवारलाई जस्ता वितरण गरिएको छ । मूलपानी गाविसको ओडारेका ३५ घर, रानीचौर र कल्लेरीका ९ र ६ घरलाई जस्ता वितरण गरिएको हो । जस्ता वितरण कार्यक्रममा बोल्दै नेपाल मगर संघ कोरियाका निवर्तमान महासचिव सिपी थापा मगरले कोरियामा रहेको मगरहरुको संगठनले नेपालमा भूकम्प प्रभावित जिल्लाहरु गोर्खा, धादिङ र सिन्धुपाल्चोकमा सहयोग गर्ने कार्यक्रम अनुसार धादिङका तीनवटा गाउमा सहयोग गर्न पाउदा खुसी लागेको बताउँदै आफूहरुको सहयोगले घरबार बिहीनहरुलाई केही हदसम्म राहत मिल्ने बताए । वर्षायामको सुरुवात संगै आइपरेको बिपत्तिले घरवार क्षतिग्रस्त भएको आफूहरुले थाहा पाएपछि कोरिया मगर संघले केही हदसम्म जनताहरुलाई राहत प्रदान गर्नका लागी जस्ता सहयोग गर्ने निर्णय गरेको उनको भनाइ रहेको थियो ।
त्यसैगरी ओडारेका स्थानीय तथा समाजसेवी भीम रानाले आफ्नो सहकार्यमा कोरियाली सहयोग गाउँमा ल्याइपु¥याएको बताउँदै विदेशमा भएरपनि स्वदेशी भूमिमा सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद ब्यक्त गर्दै सानो सहयोगले गाउँलेलाई आकाशमुनिको बासबाट सानो टहरामा सार्नमा ठूलो टेवा पुग्ने बताए । त्यसैगरी स्थानीय जीत बहादुर थापाले सात समुद्र पारि रहेर पनि विकट गाउँमा सहयोग गर्ने नेपाल मगर संघ कोरियाले गाउलेलाई पुनर्वासमा मदत पु¥याएकोमा धन्यवाद व्यक्त गरे । राहत वितरण कार्यक्रममा नेपाल मगर संघ कोरियाका संस्थापक अध्यक्ष तथा पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्याम थापा मगर, नेपाल मगर संघ कोरियाका निवर्तमान महासचिव सिपी मगर, स्याङजा जिल्ला मगर संघका अध्यक्ष हेमन्त थापा मगर, सदस्य दिलिप थापा मगर, नेपाल मगर महिला उत्थान समाजकी कोषाध्यक्ष तारादेवी थापा मगर, राष्ट्रिय महिला भलिवल खेलाडी द्वय अरुणा शाही र मान्ती आले लगायतको सहभागीता रहेको थियो ।
यसैगरी पोखराको जिरो किलोमिटर स्थित रहेको अभियान युवा क्लबले धादिङको काफ्ले गाउँका भूकम्प पीडितलाई गाउँमै पुगेर राहत वितरण गरेको छ । उनिहरु लाई त्रिपाल, झुल, इमरजेन्सी लाईट र खाद्य सामाग्री वितरण गरेको क्लबका अध्यक्ष वसन्त गिरीले जानकारी दिए । क्लबले झण्डै डेढ लाख बराबरको राहत वितरण गरेको गिरीले बताए । ४७ घर परिवार लाई राहत वितरणको लागि गाउँमै पुगेको टोली संग स्थानीयले अहिले सम्म कुनै सरकारी गैरसरकारी संघ–संस्था आफूहरुकोमा नआएको भन्दै दुखेसो पोखेका थिए भने पहिलो पटक पुगेको अभियान क्लब प्रति खुशि ब्यक्त गरेका थिए । क्लबका १४ जना प्रतिनिधि सहित पुगेको टोलिले गाँउको अबस्था अबलोकन गर्नुको साथै स्थानीयय लाई प्रत्यक्ष भेटेर सान्तवना दिदै आफुहरु ठूलो सहयोग नभए पनि दुखेको घाउमा मलम पट्टि लगाउन गाउँ आएको बताएका थिए ।
यसैगरी पोखरामा प्रधान कार्यालय रहेको कामना विकास वैंक लि.ले धादिङ सल्यानटारका महाभूकम्पबाट पीडितहरुको राहत एवं उद्धारका लागि राहत रकम तथा सामाग्री वितरण गर्नुका साथै प्रधानमन्त्री दैवि प्रकोप तथा राहत उद्धार कोषमा रु.२ लाख रुपैयाँ जम्मा गरेको छ । यस्तै राहतका लागि वैंकका संचालक समितिका सदस्यहरुले आ–आफ्नो एक बैठक भत्ता वापतको रकम प्रधानमन्त्री राहतकोषमा जम्मा गरेको बताइन्छ । त्यस अघि धादिङ्गको सल्यानटार गा.वि.स.को वडा नं. ५ का महाभूकम्प पीडित ६० घर धुरीका परिवारलाई बैंकमा कार्यरत कर्मचारीबाट १ लाख १९ हजार १ सय ३६ रुपैंया बराबरको औषधि, खाद्यसामाग्री, त्रिपाल, म्याट्रेस, व्लायांकेट वितरण गरेको बैंकका कार्यकारी प्रमुख उमेश कुमार आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । बैंकको तर्फबाट राहत सामग्री लिएर जांदा स्थानीय भूकम्प पीडित जनताहरुले केही राहतको महसूस गरेको आफूलाई लागेको आचार्यले बताए । राहत समाग्री वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत आचार्य, सह–महाप्रवन्धक टुवराज बाँस्तोला, सह–प्रवन्धक विष्णु प्रसाद गौतम, वरिष्ठ अधिकृत विकास ढुंगाना, शाखा प्रवन्धक शालिकराम अधिकारी कर्मचारीहरु दिपक तिवारी र ढाकामोहन बराल तथा बिरामीको स्वास्थ जांँच तथा औषधि बितरणका लागि मनिपाल टिचिङ्ग अस्पतालका फिजिसियन डा.रमेश आचार्यको समेत सहभागिता रहेको बैंकले जनाएको छ ।
यसैगरी राप्रपा नेपाल कास्कीले काहुँको सिस्नेरी लगायतका स्थानहरुमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । राप्रपा नेपाल कास्कीको आयोजना, क्षेत्र नं. २ को संयोजनमा पार्टीका केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईले स्थानीय भूकम्प पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए । उक्त अवसरमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ्ग कुलु, जिल्ला अध्यक्ष जयलाल पुन, उपाध्यक्ष भोलाजंग सुवेदी, राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोला, क्षेत्रीय अध्यक्ष गिता गुरुङ्ग, जिल्ला सदस्य पूर्णबहादुर गुरुङ्ग, क्षेत्रीय कोषाध्यक्ष शर्मिला गुरुङ्ग, सहसचिव रञ्जना सेन पौडेल, जिल्लास्तरीय महिला नेतृ दिलु गुरुङ्ग, पशुपति सिंह ठकुरी, इकाई अध्यक्ष नुर प्रसाद गौतम, ई.कृष्ण थापा, काहुँका वडा संयोजक मिनबहादुर गुरुङ्ग, पूर्व गाविस उपाध्यक्ष खेमराज आचार्य लगायत पार्टीका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भूकम्प पीडितलाई प्रति घर २५÷२५ केजीका दरले चामल, ३० प्याकेट चाउचाउ, १ बोरा आँटा, २ किलोको दरले दाल, १ किलोको दरले नुन लगायत ११ घरधुरीलाई आवश्यक राहत सामाग्री वितरण गरिएको थियो । उक्त अवसरमा मंगलबार गएको भूकम्पले काहुँको सिस्नेरी लगायतका ठाउँमा थप क्षति भएको हुँदा तत्काल राहत उपलब्ध गराउन राप्रपा नेपाल कास्कीले माग गरेको छ ।यसैगरी गत बैशाख १२ गते र २९गते गएको भूकम्पमा परि घाईते भएर पोखराको गण्डकी मेडिकला कलेजमा उपचार गराई रहेका भूकम्प पीडित विरामी र कुरुवाहरुलाई कर्म त्रियन धर्म चक्र बौद्ध विहार गुम्बा लेखनाथले मंगलबार भोजन दान गराएको छ । गुम्बाका प्रमुख लामा गुरु छिरिङ्ग र तप्के सहित गुम्बा व्यवस्थापन समितिका पदाधिकारी तथा आमाहरुको सामूहिक उपस्थितिमा त्याहाँ रहेका बिरामी र कुरुबाहरु गरि करिब एक सय ६०जनालाई सामुहिक रुपमा विहानको भोजनदान गराईएको हो । भूकम्पमा परि विभिन्न जिल्लाबाट त्याहा ल्याई उपचार गराई रहेका विरामीहरुलाई भोजनदान गराउदै ब्यवस्थापन समितीका अध्यक्ष सुबेदार चन्द्रबहादुर गुरुङ्ग,समितीका सल्लाकार जंगवहादुर गुरुङ्गले दुःख र पिडामा परेका जो कोही नेपालीहरुलाई सहयोग गर्नु सारा नेपालीको कर्तव्य भएकाले सवैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्नका लागि सवैमा अनुरोध गरेका थिए । विशेष गरी गण्डकी मेडिकल कलेजमा गोर्खाको बारपाक, लमजुङ र केही कास्कीका घाईते बिरामीहरुको उपचार भईरहेको छ ।।

राप्रपा नेपाल कास्कीको आयोजना, क्षेत्र नं. २ को संयोजनमा पार्टीका केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईले स्थानीय भूकम्प पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए । उक्त अवसरमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ्ग कुलु, जिल्ला अध्यक्ष जयलाल पुन, उपाध्यक्ष भोलाजंग सुवेदी, राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोला, क्षेत्रीय अध्यक्ष गिता गुरुङ्ग, जिल्ला सदस्य पूर्णबहादुर गुरुङ्ग, क्षेत्रीय कोषाध्यक्ष शर्मिला गुरुङ्ग, सहसचिव रञ्जना सेन पौडेल, जिल्लास्तरीय महिला नेतृ दिलु गुरुङ्ग, पशुपति सिंह ठकुरी, इकाई अध्यक्ष नुर प्रसाद गौतम, ई.कृष्ण थापा, काहुँका वडा संयोजक मिनबहादुर गुरुङ्ग, पूर्व गाविस उपाध्यक्ष खेमराज आचार्य लगायत पार्टीका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भूकम्प पीडितलाई प्रति घर २५÷२५ केजीका दरले चामल, ३० प्याकेट चाउचाउ, १ बोरा आँटा, २ किलोको दरले दाल, १ किलोको दरले नुन लगायत ११ घरधुरीलाई आवश्यक राहत सामाग्री वितरण गरिएको थियो । उक्त अवसरमा मंगलबार गएको भूकम्पले काहुँको सिस्नेरी लगायतका ठाउँमा थप क्षति भएको हुँदा तत्काल राहत उपलब्ध गराउन राप्रपा नेपाल कास्कीले माग गरेको छ । यसैगरी गत बैशाख १२ गते र २९गते गएको भूकम्पमा परि घाईते भएर पोखराको गण्डकी मेडिकला कलेजमा उपचार गराई रहेका भूकम्प पीडित विरामी र कुरुवाहरुलाई कर्म त्रियन धर्म चक्र बौद्ध विहार गुम्बा लेखनाथले मंगलबार भोजन दान गराएको छ । गुम्बाका प्रमुख लामा गुरु छिरिङ्ग र तप्के सहित गुम्बा व्यवस्थापन समितिका पदाधिकारी तथा आमाहरुको सामूहिक उपस्थितिमा त्याहाँ रहेका बिरामी र कुरुबाहरु गरि करिब एक सय ६०जनालाई सामुहिक रुपमा विहानको भोजनदान गराईएको हो । भूकम्पमा परि विभिन्न जिल्लाबाट त्याहा ल्याई उपचार गराई रहेका विरामीहरुलाई भोजनदान गराउदै ब्यवस्थापन समितीका अध्यक्ष सुबेदार चन्द्रबहादुर गुरुङ्ग,समितीका सल्लाकार जंगवहादुर गुरुङ्गले दुःख र पिडामा परेका जो कोही नेपालीहरुलाई सहयोग गर्नु सारा नेपालीको कर्तव्य भएकाले सवैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्नका लागि सवैमा अनुरोध गरेका थिए । विशेष गरी गण्डकी मेडिकल कलेजमा गोर्खाको बारपाक, लमजुङ र केही कास्कीका घाईते बिरामीहरुको उपचार भईरहेको छ ।
Post a Comment