0
गोल्डेन न्यूज संवाददाता
एम्नेष्टी इन्टरनेशनल शिक्षक तथा सामाजिक कार्यकर्ता समूह ८२ ले एम्नेष्टी इन्टरनेशनलको ५१औं स्थापना दिवसको अवसर पारेर पोखराको पृथ्वीचोकमा शान्तिदीप प्रज्वलन गरेको छ । समूहका संयोजक मुक्तिप्रसाद ढकालले कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा समूहका सदस्यहरु र बाराही युथ नेटवर्कका सदस्यहरुको सहभागिता रहेको समूहका सचिव हेमराज आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  यसैगरी एम्नेस्टी ईन्टरनेसन लको ५१ औं स्थापना दिवसको अवसरमा पोखरामा विहीवार साँझ शान्ति दीप प्रज्वलन गरिएको छ । एम्नेस्टी ईन्टरनेसनल अन्नपूर्ण समूह ५४ पोखरा र पोखरा विश्वविद्यालय युथ नेटवर्कको संयुक्त आयोजनामा वी.पी चोकमा शान्तिदीप गरिएको हो । महाभूकम्पमा परी दिवङ्गग भएकाहरुको सम्झना र घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस वर्ष देशैभरी अन्तर्राष्ट्रिय एमनेस्टी दिवस मनाईएको हो ।कार्यक्रममा संयोजक नवीनराज वरालले भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै, घाईतेहरुको स्वास्थ्य लाभको कामना गरे । उनले घाईतेहरुको मानव अधिकार हनन प्रति एम्नेस्टीले चासो राख्ने र राज्य थप जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्वसंयोजकहरु रामराज लामीछाने, कमलनाथ कुँवर, सचिव भानु पराजुली, कोषाध्यक्ष ढकेश्वर पहारी, पोखरा विश्विद्यालय यूथ नेटवर्कका संयोजक सरस्वती अधिकारी लगायतले मानव अधिकारको क्षेत्रमा एमनेष्टीले खेलेको भूमिकका वारेमा चर्चा गरेका थिए ।

Post a Comment

 
Top