जनतालाई आपत परेका बखत दलका नेताहरू एकापसमा एकताबद्ध भई पुनःनिर्माणमा गोलबद्ध देखिएपछि भूकम्प पीडितमा उत्साहको सञ्चार भएको छ । बस्नलाई बास, खानलाई अन्न र शरीरढाक्नकपडागुमाएकाभूकम्पपीडितको आत्मामा मलमपट्टि लगाउन कम्मर कसेर गाउँका दूरदराजमा दलका नेताहरू जाने क्रम बढेपछि भूकम्पपीडितमा जीवन रक्षाको आशा पलाएको हो । वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि लगातार गइरहेका पराकम्पबाट लाखौँ नेपालीको गाँस, बास र कपास खोसिएका कारण दलका नेताले जनताको दुःख कष्ट बुझेर उनीहरूका आँगनमा पुगी आँसु पुछ्ने काम धमाधम गरिराखेका छन् । नेपाली काँग्रेसले ‘नेपालको नवनिर्माण’, नेकपा (एमाले)ले ‘आफ्नो घर आफैँ बनाउँ’ र एनेकपा (माओवादी)ले ‘राष्टिूय श्रम अभियान’को मुद्दा बोकेर भूकम्पपीडितका घरदैलोमा गाँस, बास र कपासका योजना लिएर पुगेको देखिन्छ । यतिखेर उनीहरू जनताका दैलोमै राष्ट्रिय सङ्कल्प लिएर पुगेका छन् । बचेखुचेका सामान पुरिएको, अन्नपात लत्ताकपडा सङ्कलन गर्न र ओत लाग्न मिल्ने अस्थायी प्रकृतिका घर निर्माण गरिदिन । त्यतिमात्र होइन दलका नेताहरूलाई सरकारका मन्त्री, सुरक्षाका तीनै निकाय र राष्ट्रसेवक कर्मचारीहरूले समेत साथ र सहयोग दिएका छन् । पीडितहरू छानो निर्माणमा आफूसँग भएको स्रोतसाधनको जोहो तथा सङ्कलनमा जुटेका कारण आपतमा देखिएको एकताले आत्मामा पुगेको चोट छिट्टै निको हुने सङ्केत देखिएको काङ्गे्रस युवा नेता प्रदीप पौडेलले बताए । हातमा सीप हुनेहरूले नमुना घरको ढाँचा दिएका छन् दलका नेताहरूलाई । सरकारले बीउबिजन तथा ढलेका काठको व्यवस्था गरेको छ । दाताहरूले राहत वितरण गरेका छन् । धाँजा फाटेका जमिन पहिरोमा परिणत हुन सक्ने शङ्काका कारण केही भूकम्पपीडित चौपाया छोड्दै सुरक्षित र पायक पर्ने आफन्तको शरणमा र अन्यत्र बसाइँ सर्ने क्रममा छन् । तराईबाट अन्न, लत्ताकपडा काठपात पहाडमा भित्रिएको छ । सुरक्षा निकाय दिनरात नभनी उनीहरूको सहयोगमा जुटेका छन् । युवा, विद्यार्थी, दाता, समाजका अगुवाले देखाएको प्रेमले तमाम नेपालीमा भावनात्मक एकताको लर्को नै लागेको छ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्यसमेत रहेका सभासद् पशुपति चौलागाईंले विदेशी चलखेल र नेपाललाई क्रीडास्थल बनाउनबाट रोक्नुपर्ने बताउँछन् । सरकारले इच्छुक दाताहरूलाई सिधै सरकारको ढुकुटीमा रकम जम्मा गरिदिन आग्रह गरेको छ । केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आफूखुसी राहत वितरण गरिरहेका छन् । राहतभन्दा धेरै प्रचारबाजीमा सञ्चारमाध्यमलाई उपयोग गर्ने गरेको आरोप उनीहरूमाथि छ । केही महिनाभित्रै मनसुन सुरु हुँदैछ, त्यसैले अहिले एकले अर्कालाई लडाउने, अर्काको कुरा काट्ने र अस्वस्थ आलोचना गर्ने समय होइन भन्छन् काँग्रेस उपसभापति रामचन्द्र पौडेल ।सिन्धुपाल्चोकको साँगाचोकमा रहेको जनजागृति उमाविको १५ कोठे अस्थायी टहरा तथा श्रम शिविरको शुभारम्भ गर्दै एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले दलका राजनीतिक मुद्दा परिवर्तन भएको जानकारी दिए । उनले भूकम्पअघिका मुद्दा थन्काउने र भूकम्पले सिर्जना गरेको राष्ट्रिय सङ्कटमा राहत र उद्धार कोषबाट मुलुक पुनःनिर्माणका कार्यमा जुट्न पनि आग्रह गरे । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले विनाशकारी भूकम्पले भग्नावशेषमा पुरिएका शव, घाइतेका चित्कार र बाँचेकाको भयावह अवस्थामा राहतका नाममा विदेशी चलखेलले उत्पन्न गर्ने समस्या मुलुकको राष्ट्रियता र स्वाभिमानमै पहिरो बनेर खडा भएको बताए । वैशाख १२ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७ दशमल ८ रिक्टर स्केलको विनाशकारी भूकम्प र त्यसपछि लगातार गइरहेको पराकम्पले १७ जिल्लाको जनजीवनलाई अस्तव्यस्त बनाएको छ । भूकम्पका कारण करिब तीन लाखभन्दा बढी पूर्ण र अरु थप तीन लाख घरमा आंशिक क्षति पुगेको अनुमान छ । दश हजार ७९० सरकारी कार्यालय भवन र १४ हजार ९९७ शैक्षिक संस्था ध्वस्त भएका छन् । आँकडाअनुसार पाँच खर्बभन्दा बढी क्षति भएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment