अनेरास्ववियु क्षेत्र नं. १ मा क्षेत्रीय कमिटीको बैठकले कपिल पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको । उपाध्यक्षमा अपिल सुवेदी, सचिव सुगम क्षेत्री, सह सचिवमा सविना गुरुङ विधान पोखरेल, हीरामणि घिमिरे र कोषाध्यक्षमा अशोक भुर्तेललाई सर्वसम्मत चयन गरेको छ । उक्त बैठकमा क्षेत्रीय कमिटीलाई संबोधन गर्दै प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सदस्य कास्की जिल्ला प्रतिनिधि हरिबोल गौतमले अब बन्ने संविधानमा विद्यार्थी हकहितका कुरा उल्लेख गर्नुपर्ने शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई अन्त्य गर्ने एक मात्र संगठन अनेरास्ववियु भएको उल्लेख गरे । साथै उनँले नवनिर्वाचित कमिटीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
त्यसैगरी विशेष अतिथि अनेरास्ववियु भुगोल जिल्ला कमिटिका अध्यक्ष शेखर गौतमले नवनिर्वाचित कमिटीलाई शुभकामना दिंदै एक कमिटि एक रचनात्मक एक विद्यालय भन्ने नारालाई अघिसारी संगठन विस्तारलाई अगाडि बढाउनु पर्ने बताए । बैठकमा अनेरास्ववियुका भुगोल विभाग कमिटिका सचिव राजेन्द्र बसौला जिल्ला आयोजक सदस्य प्रतिक्षा पौडेल, शिव गौतमले शुभकामना व्यक्त गरेका थिए

Post a Comment