0

शनिबार विहान ११ बजेको समयमा नुहाउन भनि गएका दुई बालिकाको बेगनासतालको काउरे भन्ने स्थानमा डुबेर मृत्यु भएको छ । लेखनाथ नगरपालिका वडा नं ११ निवासी हिरा बहादुर गुरुङ्गको छोरी ममता गुरुङ्ग १३ बर्ष र सोहि स्थान बस्ने टेक बहादुर सुनारको छोरी सीता सुनार १३ बर्षीयको मृत्यु भएको हो । शनिबारको दिन नुहाउन भनि उनीहरु ५ जनाको समुहमा तालमा पौडिएका थिए । उनिहरु चडेको डुङ्गा अचानक पल्टिएको र उनीहरु मध्ये अरु ३ जना पौडिएर बाँच्न सफल भएका थिए ।मृत्यू भएकाहरुको शब डाँडाकोनाक प्रहरी चौकीबाट गएको प्रहरीले स्थानियको सहयोगमा खोजी गरेको थियो । दुबै जनाको शबलाई पोष्टमाटमका लागि पश्चिमान्ञ्चल क्षेत्रीय अस्पताल लगिइको छ । शब पोष्टमाटम पश्चात परिवारलाई बुझाईने प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top