लेकसाइड तेक्वान्दो डोजाङ्गमा २२ विद्यार्थीको पेटी परीक्षण गरिएको छ । परीक्षार्थी मध्ये एकले रातो पेटीको, तीन जनाले आधा निलो, चारजनाले हरियो तथा नौं जनाले पहेंलो पेटीका लागि परिक्षा दिएका हुन् । कास्की जिल्ला तेक्वान्दो संघका प्रतिनिधि तथा पेटी परीक्षा समितिका राजन पौडेलले विद्यार्थीहरुको परीक्षा लिएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मूलथोक टोल सुधार समूहका अध्यक्ष भगवती पहारीको विद्यार्थीहरुलाई खेलसंगै पढाइमा पनि ध्यान दिनुपर्ने बताइन् । उनले मानव जीवनमा खेलकूदको आफ्नैं महत्व रहेको बताउँदै राष्ट्रको नाम चिनाउनका लागि खेलाडीहरुले खेल्नुपर्नेमा जोड दिइन् । साथै उनले डोजाङ्ग प्रमुख प्रितम कुँवरले विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट अनुशासित मार्ग प्रदर्शन गरेको भन्दै उनको सफलताको कामना पनि गरिन् । ‘कुँवरले डोजाङ्ग मार्फत खेल मात्रै खेलाएका छैनन, बेला बखत विभिन्न सामाजिक काम गर्दै युवाहरुलाई सामाजिक कामतर्फ लाग्न प्रेरित गरेका छन्–उनले भनिन् ।’ त्यसैगरि कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमसिंह लामिछानेले मानवीय स्वास्थ्यसंग खेलकुदको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै स्वस्थ जीवन जिउनका लागि खेलकूद अपरिहार्य रहेको बताए । साथै उनले दोजाङ्गका गतिविधिहरु लाई निरन्तरता दिनका लागि आउँदा दिनहरुमा सहयोग गर्ने प्रतिवद्धता जनाए । दोजाङ्ग प्रमुख प्रितम कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment