0
भूकम्पको विपत्तिका कारण यस वर्ष औपचारिक रुपमा गणतन्त्र दिवस नमनाइए पनि लोकतान्त्रिक संविधान निर्माणमा उत्पन्न ढिलाइ जनआन्दोलनका उपलब्धिमाथिको सम्मान चाहिँ होइन ।     गत वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका पराकम्पनबाट प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनामा राष्ट्र जुटिरहेकाले दिवसलाई राष्ट्रिय उत्सवका रूपमा नमनाउने निर्णय सरकारले गरेको थियो । नेपालमा छ दशक अघिदेखिका विभिन्न सङ्घर्षको जगमा भएको विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि भएको संविधान सभाको निर्वाचन पछि विसं २०६५ जेठ १५ गते बसेको संविधान सभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेका कारण जेठ १५ गतेलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ । देशमा गणतन्त्र स्थापनाको सात वर्ष बिते पनि हालसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान निर्माण हुन नसक्नु यतिखेर सबैको चासो र चिन्ताको विषय बनेको छ । भूकम्पले देशमा आएको विपत्तिका कारण यस वर्ष गणतन्त्र दिवस नमनाइए पनि आगामी वर्ष मनाइने दिवस भने लिखित लोकतान्त्रिक संविधान सहितको हुनुपर्ने र विपत्तिलाई जोडेर संविधान निर्माणको प्रक्रिया रोकिनु नहुने आवाज यतिखेर सबैतिर उठ्न थालेको छ । देशमा संविधान जारी नहुँदासम्म नेपालको राजनीतिक आन्दोलनका उद्देश्य र उपलब्धि अधुरै रहने भएका कारण संविधान निर्माणलाई चाँडो निष्कर्षमा पु¥याउनुपर्ने पूर्वसभामुख दमननाथ ढुङ्गानाको भनाइ छ । “राष्ट्रिय रुपमा भूकम्पले निम्त्याएको विपत्तिले राष्ट्रमा थप कार्यभार थपेको छ, यो विपत्तिको सामूहिक सामना गर्दै राष्ट्रिय मेलमिलापको संविधान तुरुन्त जनतासमक्ष ल्याउनुपर्छ”–उनले भने ।डेमोक्र्याटिक लयर्स एसोसिएसनका निवर्तमान अध्यक्ष यदु खनालले नेपाली जनताले कठोर सङ्घर्षका साथ देशलाई गणतन्त्रको अवस्थासम्म ल्याए पनि हालसम्म संविधान जारी हुन नसक्दा उपलब्धि अझै संस्थागत हुन नसकेको बताए । भूकम्पले विपत्ति निम्त्याए पनि यसको सामना सामूहिक रुपमा गर्नुपर्ने बताउँदै उहाँले विपत्तिलाई देखाएर संविधान निर्माण प्रक्रियालाई रोक्न हुँदैन भने । “दलहरूले भूकम्पलाई देखाएर संविधान निर्माण प्रक्रियालाई ओझेलमा पार्न खोजे जस्तो देखिन्छ, यो समय राष्ट्रिय विपत्तिको सामना गर्न सरकारलाई सबैले सामूहिक रुपमा सहयोग गर्ने समय हो, सरकार परिवर्तन अहिलेको प्राथमिकताको विषय होइन, वर्तमानमा सबैले मिलेर गर्ने हो, कुनै दल र सरकार भएका कारण यो विपत्ति आएको होइन, यो प्राकृतिक विपत्ति हो ।”उनले भने–“विपत्तिको सामना र लोकतान्त्रिक संविधान लेखनलाई सँगसँगै बढाउनुपर्छ ।” नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले यस वर्ष राष्ट्रिय विपत्तिका कारण गणतन्त्र दिवस नमनाइए पनि आगामी वर्षको गणतन्त्र दिवस नयाँ लिखित लोकतान्त्रिक संविधानसहित मनाउनेतर्फ दलहरू गम्भीर हुनुपर्ने बताए । “यो समय विपत्तिलाई सामना गर्न नेपालका राजनीतिक दल तथा सरकार सक्षम छन् भन्ने देखाउने बेला पनि हो, यस विपत्तिमा दलबीच एकता थप बलियो बनाउँदै विपत्तिको व्यवस्थापन र संविधान निर्माणलाई सँगसँगै लैजानुपर्छ”–उनले भने ।

Post a Comment

 
Top