नेपाल लेखापढी तथा कानून व्यवसायी एशोसिएशन कास्कीले गत वैशाख १२ र २९ गते आएको विनाशकारी महाभूकम्पमा पीडित भएकाहरूको सहयोगको लागि ४६ हजार रकम हस्तान्तरण गरेको छ।एशोसिएसनका अध्यक्ष हरि शर्माले सो चेक हस्तान्तरण गरेका हुन् । एशोसिएशनले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुने गरी कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई ११ हजारको चेक प्रदान ग¥यो । मङ्गलबार नै नेपाल लेखापढी तथा कानुन व्यवसायी एशोसिएशन का केन्द्रीय समितिको खातामा पनि २५ हजार जम्मा गरिदिएको एशोसिएसन कास्कीका सचिव अमरबहादुर कार्कीले जानकारी दिए । यसैगरी एशोसिएशन मातहतका सदस्यहरू को घरमा क्षति भएको भए क्षतिको अवस्था हेरी पाँच देखि १० हजारसम्म दिन सक्ने निर्णय भए अनुसार साविकको आर्वा गाविस वडा नं. ५ हाल पोखरा–२२ बस्ने एशोसिएसन सदस्य कृष्णप्रसाद बरालको घर पूर्णरूपमा क्षति भएकोले उनलाई १० हजार प्रदान गरिएको छ ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» लेखापढी कानून व्यवसायीद्वारा राहत रकम हस्तान्तरण
Subscribe to:
Post Comments (Atom)
Post a Comment