गोल्डेन न्यूज संवाददाता
पोखराको पस्र्याङमा रहेको लिटिल बेल्स स्कूलमा अध्ययनरत विद्यार्थीहरुको नेतृत्व विकासका लागि सदन विभाजन गरिएको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका वीच अध्ययनरत विद्यार्थीहरुको सदन विभाजन गरिएको हो । विद्यार्थीहरुलाई विभिन्न चारवटा सदनमा विभाजन गरिएको छ । जस अन्तर्गत रातो, निलो, हरियो र पहँेलो रहेका छन् । रातो सदनमा कप्तान अजित क्षेत्री, सहायक कप्तान करुणा घताने र शिक्षक आनन्द अधिकारी सहित विद्यार्थीहरु रहेका छन् भने निलो सदनको कप्तानमा विमला नेपाली, सहायक कप्तान सागर गुरुङ र शिक्षक सुदिप देवकोटा छन् । त्यसैगरी हरियो सदनमा कप्तान राजकुमार गुरुङ, सहायक कप्तान गीता कुमारी ठाकुर र शिक्षक सुरज बाँनिया छन् भने पहँेलो सदनमा कप्तान करिष्मा जोशी, सहायक कप्तान सुजन नेपाली र शिक्षक हरिप्रसाद पोखरेललाई जिम्मेवारी तोकेको स्कूलले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सूर्यबहादुर खड्का बिखर्चीले आजका विद्यार्थी भोलिको देशको कर्णधार भएकाले अनुशासित बन्नु पर्ने बताएका थिए । उनले विद्यालयमा पढाइका साथै अतिरिक्त क्रियाकलाप गर्न र नेतृत्व विकास गर्नका लागि सदन विभाजन गरिएको धारणा राखेका थिए । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रिन्सिपल देव क्षेत्रीले गरेका थिए । यसैगरी कास्कीको लेखनाथ नगरपालिका वडा नं.१३ राजाको चौतारास्थित युनिभर्स इङ्लिस बोर्डिङ स्कुलमा सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ । कक्षा एकदेखि दशसम्मका सम्पुर्ण छात्र छात्राहरुलाई रातो सदन,निलो सदन, पहेंलो सदन र हरियो सदन गरी जम्मा चार सदनमा विभाजन गरिएको थियो । प्रत्येक सदनमा विद्यार्थीहरुको समान समावेशीता लाई मध्यनजर गरिएको विद्यालयले जनाएको छ । विद्यालयका पाठ्यान्तर क्रियाकलापहरुमा विद्यार्थीहरुलाई सदनात्मक रुपमा प्रतिष्पर्धा गराउने उद्देश्यले सदन विभाजन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजेन्दू वाग्लेले बताए । विद्यार्थीहरुलाई समूहमा मिलेर काम गर्ने बानीको विकास गर्न वा वैयक्तिक प्रतिष्पर्धालाईभन्दा सामुहिक प्रतिस्पर्धामार्फत खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप हरुमा सकेसम्म धेरै विद्यार्थीहरुलाई समावेश गराउने उद्देश्यले सदन विभाजन गरिएको विद्यालयका प्रिन्सिपल हरिप्रसाद धमलाले बताए ।यसैगरी विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा दुईदेखि कक्षा दससम्म सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा हुने गतिविधिहरुलाई सहज रुपमा सम्पन्न गर्नका लागि सदन विभाजन गर्ने कार्यक्रम अन्र्तगत यस विन्ध्येश्वरी आर्दश वोर्डिङ स्कुलमा प्रा.वि., नि.मा.वि. र मा. वि. तहका सम्पूर्ण छात्रछात्राहरुलाई समावेश गरी विद्यालयकी अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षिका माया क्षेत्रीको संयोजनमा ४ वटा छुट्टाछुट्टै माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरी र सगरमाथा सदनमा विभाजन गरिएको छ साथै सदन प्रमुख र सह सदन प्रमुख पनि चयन गरिएको छ । माछापुच्छ«े सदन अन्तर्गत सदन नेता राहुल अग्रहरि र उपनेता एलिजा तमाङ, सगरमाथा सदन अन्र्तगत सदन नेता शर्मिला फौजा र उपनेता योगेन्द्र सुवेदी, त्यसैगरी धौलागिरी सदन अन्र्तगत सदन नेता पूर्ण पुन र उपनेता मनिता हमाल, र अन्नपूर्ण सदन अन्र्तगत सदन नेता सामना घिमिरे र उपनेता अर्विन रत्न चयन भएका छन् । छात्रछात्रालाई आइपर्ने कठिनाइ समाधान गर्न तथा उनीहरुमा उत्साह र उत्प्रेणा प्रदान गर्नको लागि शिक्षक शिक्षिकालाई पनि सदनमा राखिएको छ । जस अन्र्तगत माछापुच्छूे सदनमा शिक्षक साथीहरु दीपक पोख्रेल, अजिता राई, सुनिता लामा रहेका छन् भने सगरमाथा सदनमा राजु वयलकोटी, सुमित्रा कुँवर, योगेस कार्की रहेका छन् । त्यसैगरी धौलागिरी सदनको लागि निलकण्ठ पौडेल, आरती जैसी र विनिता क्षेत्री छन् भने अन्नपूर्ण सदन अन्र्तगत सञ्जिव आचार्य, अमितकुमार न्यौपाने र शान्ति भट्टराई रहेका छन् । यसैबीच पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च माविमा भोलेन्टियर्स क्लव गठन भएको छ । विनोद सुनारको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन गरिएको हो । क्लवको उपाध्यक्षमा एलिसा तामाङ्ग, प्रथम उपाध्यक्षमा सुस्मिता वास्तोला, सचिवमा निशान गिरी, सह(सचिवमा अञ्जु बास्तोला र कोषाध्यक्षमा शुशिला आचार्य रहेका छन् । त्यस्तै क्लवले संयोजकको जिम्मेवारी अर्जुन बास्तोलालाई दिएको छ । क्लवले विद्यालयमा आयोजना हुने विभिन्न शैक्षिक तथा अतिरिक्त कार्यक्रम स्वयंसेवाको भुमिका निर्वाह गर्ने क्लवका संरक्षक एवम् अतिरिक्त क्रियाकलाप विभागका प्रमुख सुमन पौडेलले जानकारी दिए
Post a Comment