पोखरा नयाँबजार स्थित गुरुकुल उच्च मा.वि. मा नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत बिहीबार कक्षागत रुपमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा १ देखि १० सम्मका करिब ४० जना प्रतिस्पर्धीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रत्येक कक्षागत उत्कृष्ट १ जना छानिएको उक्त प्रतियोगितामा क्रमशः कक्षा १ क बाट निकिता पौडयाल, १ ख बाट अनुपराज वाग्ले, २ क र ख बाट स्मृति पोख्रेल र आयुष भट्टराईै, ३ देखि कक्षा १० सम्म क्रमशः रोजिना गुरुङ्ग, सुस्मिता अधिकारी, प्रनिता गुरुङ्ग, अभिषेक घिमिरे, विशाल क्षेत्री, भूमिका गौतम, रोशनी कुँवर र प्रितिशा बराल उत्कृष्ट भएका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कृष्ण भुजेलले सञ्चालन गरेको उक्त प्रतियोगितामा निर्णायक मण्डलको भूमिका विद्यालयका शिक्षकत्रय टेकबहादुर गुरुङ्ग, त्रिलोचन सापकोटा र शंकर रिजालले निर्वाह गरेका थिए । कक्षा ८ का छात्र अमृत सापकोटाको सभापतित्वमा सम्पन्न प्रतियोगितामा विद्यालयका प्राचार्य अच्युत पाण्डेले अतिरिक्त क्रियाकलापको महत्वको बारेमा प्रकाश पार्दै वक्तृत्वकला व्यक्तिको व्यक्तित्व र क्षमता उजागर गर्ने १ कडि भएको प्रष्ट पारे भने सोही कार्यक्रममा विद्यालय निर्देशक धर्मराज कोईरालाले विजयी विद्यार्थीहरुलाई बधाई दिनुका साथै भावी दिनहरुमा यस्ता प्रतियोगिता मा अझ सवल र सक्रिय रुपमा सहभागी हुने सुझाव दिए । यसैगरी पोखराको नयाँबजारमा रहेको लोटस एकेडेमिक स्कुलमा लोटस बालमैत्री बाल क्लब पुनर्गठन गरिएको छ । विद्यालयमा भएको विद्यार्थीहरुको भेलाले यजस्वी थापा मगर पुनः अध्यक्षमा सर्वसम्मत चयन भएकी छिन् । २१ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा रोहित गुरुङ, सचिवमा रोजु तिवारी, सह–सचिवमा आशिष गुरुङ, कोषाध्यक्षमा सुनिका गुरुङ र सह–कोषाध्यक्षमा मनिषा कुमारी चयन भएका छन् । बाल क्लबका शिक्षक संयोजकमा पनि पुनः सुरेन्द्र शदिच्छालाई नै चयन गरिएको छ । सदस्यहरुमा सनम गुरुङ, सालेहा खातुन, सौगात श्रेष्ठ, स्मारिका थापा, कृशान्त तिमिल्सिना, आयुष श्रेष्ठ, आर्या सिग्देल, नुमा गुरुङ, स्नेहा गुरुङ, अनिस परियार, आशिक गुरुङ, हेलन राना, पुनम गुरुङ, सुवास गुरुङ र साहिल घोताने रहेका छन् । कार्यव्रmममा प्राचार्य एवम् क्लबका संरक्षक कर्ण गुरुङले विद्यालयमा विगतमा भन्दा बढी प्रभावकारी र रचनात्मक कार्य गर्न आग्रह गरे । छुनुमुनु पब्लिकेशनका प्रतिनिधि खड्का देवी बसौला र विद्यालयका इन्चार्ज मित्रलाल पोखरेलले पनि शुभकामना दिएका थिए । यसैगरी शिशुवाको न्यु लाईट उच्च मा.वि मा सदन बिभाजन तथा स्कूल क्याप्टेन चयन गरुरुको छ । कक्षा ४ देखि १० सम्मका सम्पूर्ण बिद्यार्थीहरूलाई ४ सदनमा विभाजन गरिएको थियो । रंगहरुको नामले नामाकरण गरिएको सदनमा हाउस क्याप्टेन र भाइस क्याप्टेन रातो सदनका अनिश चापागाई र अल्का कोइराला–हाउस टिचर सन्तोस गुरुङ, सेतो सदनका बिधान बास्तोला र समी थापा–हाउस टिचर राजन परियार, हरियो सदनका श्रद्धा पौडेल र रिया थापा हाउस टिचर पदमा न्यौपाने, निलो सदनका अज्मा ढकाल र विजय तिवारी हाउस टिचर शर्मिला कुवर रहेका छन् । कार्यक्रममा निर्वाचन संयोजक शिब घिमिरेले अत्याधिक मतका साथ बिजयी स्कूल क्याप्टेन यम बहादुर के.सी, स्कूल भाइस क्याप्टेन बिक्रम ढकाल लागि र सम्पूर्ण हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा स्कूलका प्रिन्सिपल बुद्धिप्रसाद बास्तोलाले अतिरिक्त क्रियाकलाप अन्तर्गतको कार्यक्रमको महत्व र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
शिक्षा
»
संघ संस्था गतिबिधी
» विभिन्न विद्यालयमा शैक्षिक गतिविधि जारी
Subscribe to:
Post Comments (Atom)
Post a Comment