0

नेशनल प्याब्सान कास्कीले महाभुकम्पबाट पिडित परिवारका छोराछोरीलाई निःशुल्क पढाउने निर्णय गरेको छ । नेशनल प्याब्सन कास्कीको शनिबार वसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले एक सय विद्यार्थीहरुलाई निःशुल्क शिक्षा र पाँच सय विद्यार्थीहरुलाई सम्पूर्ण शैक्षिक सामाग्री सहित झोला वितरण गर्ने निर्णय गरिएको सचिव केशवशरण पौडेलले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको अगुवाई यो कार्यक्रम अगाडि बढाईने उनले जानकारी दिए । यस राष्ट्रिय विपत्तिमा संस्थाको पनि सामाजिक उत्तरदायित्व वहन गर्दै पश्चिमाञ्चल क्षेत्रमा महाभुकम्प बाट बढि प्रभावित भएका परिवारका छोराछोरीहरुलाई निःशुल्क पढाउने निर्णय गरेका हौ उनले भने–पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको समन्वयमा निःशुल्क पठन–पाठन गर्ने विद्यार्थीहरु छनोट गर्ने छौं । एन प्याव्सन कास्कीका प्रवक्ता युवक लामिछानेका अनुसार  शिक्षाको ज्योतिबाट कुनैपनि बालबालिका बञ्चित हुन नपरोस भनेर एन प्याब्सान कास्कीले सामाजिक उत्तरदायित्वलाई आत्मा साथ गर्दै यो निर्णय गरेको हो । यो अभियानले भुकम्पबाट पीडित परिवारका छोराछोरीहरुलाई ठूलो राहात मिल्ने विश्वास लिएको एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले जानकारी दिए । उनले छिट्टैने भुकम्प प्रभावित क्षेत्रमा पुगी त्यहाँका सरकारी विद्यालयका पाँचसय भूकम्प पीडित विद्यार्थीहरुलाई सम्पूर्ण शैक्षिक सामाग्री सहित झोला वितरण गरिने जानकारी दिए । बैठक एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा वसेको थियो ।

Post a Comment

 
Top