पोखरा–२३ निर्मलपोखरीका रामचन्द्र पौडेलले सरकारले दिएको ३ हजारमा आफूले ५ सय थपेर रेडक्रस कास्कीलाई प्रदान गरेका छन् । निर्मलपोखरीमा रहेको पौडेलको घर चर्किएको छ । आफ्नो घर सामान्य क्षति भएकाले सरकारले दिएको ३ हजार रुपैयाँमा ५ सय रुपैया थपेर अति प्रभावित परिवारलाई सहयोग गरेका हुन् । पछिल्लो क्रममा नेपाल रेडक्रस सोसाइटी काहुँ उपशाखाबाट १० हजार १ सय ११ रुपैया, जुनियर रेडक्रस सर्कल सिद्धार्थ लभडेल वोर्डिङ स्कुल, पोखरा–९ बाट ५ हजार रुपैयाँ, जुनियर रेडक्रस सर्कल नविन उच्च मावि, पोखरा–४ बाट ८ हजार ८ सय ८३ रुपैयाँ, कृस्ति उपशाखाबाट १० हजार रुपैयाँ, जुनियर रेडक्रस सर्कल महेन्द्र उच्च मावि पोखरा–९, बाट १० हजार १ सय ११, रुपैयाँ, नेपाल रेडक्रस सोसाइटी पुरुञ्चौर उपशाखाबाट ७४ हजार १ सय ७७ रुपैयाँ प्राप्त भएको छ । यसैगरी जुनियर रेडक्रस सर्कल बराह उच्च मावि, धितालबाट ४ हजार ५ सय रुपैया, कुलप्रसाद खनाल, पोखरा–५, मालेपाटनबाट २ हजार १ सय रुपैया, नेपाल रेडक्रस सोसाइटी लुम्ले उपशाखाबाट ८ हजार ५ सय रुपैया, जुनियर रेडक्रस सर्कल अमरसिद्ध नमुना उच्च मावि, लेखनाथ–११ पचभैयाबाट २० हजार ५ रुपैयाँ प्राप्त भएको रेडक्रस कास्की कोषाध्यक्ष धर्मराज अधिकारीले जानकारी दिए । शाखामा हालसम्म ३२ लाख २ हजार ३ सय ३४ रुपैयाँ संकलन भएको छ । विभिन्न सामान खरिद र ढुवानीमा गरि कुल १६ लाख ४३ हजार ३ सय ३६ रुपैया खर्च भएको छ । यसैबीच मांसवार आमा समूहले सोमवार रेडक्रस कास्कीलाई १५ हजार ५ रुपैया प्रदान गरेको छ । समूहकी अध्यक्ष टेकादेवी अधिकारीले शाखाका उपसभापति डोलराज पाण्डे र कोषाध्यक्ष धर्मराज अधिकारीलाई प्रदान गरेका हुन् ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» सरकारले दिएको राहत रेडक्रसलाई प्रदान
Subscribe to:
Post Comments (Atom)
Post a Comment