0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेका नेपाली काँग्रेसमा आस्थावान धादिङवासीले हालै धादिङ–पोखरा सम्पर्क सदन गठन गरेका छन् । यो संगै पोखरामा राजनीतिक हिसावले तीन संगठन स्थापना भएका छन् । यसअद्धि एमाओवादी निकट एमाओवादी धादिङ सम्पर्क समिति, एमाले निकट धादिङ–पोखरा सम्पर्क मञ्च गठन भएको थियो । कांग्रेस निकट गठित सदनको सभापतिमा धादिङ ज्यामरुङ निवासी केदार धमलालाई चयन गरिएको छ । सभापतिमा निर्वाचित धमला धादिङ–पोखरा सम्पर्क समितिका पूर्व वरिष्ठ उपाध्यक्षका साथै वर्तमान कार्यसमितिका सल्लाहकार परिषद सदस्य हुन् । उनी हिमदूत दैनिक र नेपाल खानेपानी संस्थानमा कार्यरत छन् । सदनको उप–सभापतिमा आगिन्चोकका दिनेश कुमार श्रेष्ठ (मंगल), ढोलाका यदुप्रसाद ढकाल, सचिवमा मुरलीभञ्ज्याङका माधव लम्साल, सह–सचिवमा ढालाका अजय तमाङ, कोषाध्यक्षमा आगिन्चोकका दीपेन्द्र थपलिया, सह–कोषाध्यक्षमा चैनपुरका राजन इटनी रहेका छन् ।यसैगरी सदनको सदस्यहरुमा ईन्द्रबहादुर अधिकारी, नारायण दुवाडी, सीता श्रेष्ठ, अर्जुन भट्ट, ऋषि लम्साल, डिलबहादुर ढकाल, टेकबहादुर थपलिया, गोविन्द अधिकारी, कृष्ण थपलिया रहेका छन् भने सल्लाहकारमा कृष्णकुमार श्रेष्ठ, हरिशंकर अर्याल, कृष्णबहादुर शाह, विष्णु आचार्य, कमलबहादुर पाण्डे र लालप्रसाद पाठक छन् । 
यसैबीच सदनको बुधबार बसेको पहिलो बैठकले हालै गएको भूकम्पमा परी मृृत्यु भएकाहरुको सम्झनामा श्रद्धाञ्जली एवं घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । भुकम्प पीडितहरुका लागि राज्यले छिटो भन्दा छिटो राहतलाई व्यवस्थित बनाउन समेत बैठकले आग्रह गरेको छ । सदनका सभापति केदार धमलाको अध्यक्षतामा बसेको वैठकले पोखरेली समुदायले भूकम्प पीडितमाथि देखाएका सहानुभूतिको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भाव पाउनेमा विश्वास व्यक्ति गरेको सदनका सचिव माधव लम्सालले जानकारी दिए । वैठकले भूकम्प पीडितलाई राज्यले स्वस्थ्य, सुरक्षित आवास तथा चोरी डकैति गर्नेलाई कार्वाही गर्न माग गर्दै मानसिक पीडा नदिन समेत आग्रह गरेको छ ।  वैठकमा सदनका सल्लाहकार ढुण्डीराज मिश्र, उपसभापति दिनेशकुमार श्रेष्ठ, यदुप्रसाद ढकाल, कोषाध्यक्ष दिपेन्द्र थपलिया, सहसचिव अजय तामाङ, सदस्यहरु डिलबहादुर ढकाल, इन्द्रबहादुर अधिकारी लगायतले भुकम्प पीडितको आवश्यक सहयोग संकलनमा सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा नेपाली काँग्रेसका अगुवा ढुण्डीराज मिश्रले सकारात्मक सोंचले अगाडि बढ्न आग्रह गरे ।

Post a Comment

 
Top