0
गोल्डेन न्यूज संवाददाता
नेपालमा हालै आएको महाविनाशकारी भूकम्पबाट पीडित बनेकाहरुको सहयोगार्थ वेलायतको एक राहत तथा विकास संगठन ईस्लामिक रिलिफ तथा बतास फाउण्डेशनको बीच शुक्रवार मानवीय सहयोग व्यवस्थापन सम्झौता भएको छ । साझेदारी सम्झौता अनुसार ईस्लामिक रिलिफले बतास फाउण्डेशनसँगको सहकार्यमा नेपालका भूकम्प प्रभावित जिल्लाहरुमा झन्डै १७ करोड रुपैयाँ बराबरको सहयोग गर्ने रहेको छ । उक्त साझेदारी सम्झौतामा इस्लामिक रिलिफका प्रमुख उमर हसन तथा बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले हस्ताक्षर गरेका छन् ।  इस्लामिक रिलिफका प्रमुख  उमर हसनले बतास फाउण्डेशनसंगको समन्वयमा  रिलिफले सिन्धुपाल्चोक जिल्लाका १ हजार परिवारलाई खाद्य सामग्री राहत वितरण गरिसकेको र  केहि दिनमै ५ हजार मानिसको लागि उपर्युक्त फेमिलि साईजको त्रिपाल वितरण गर्ने र १० हजार परिवारलाई खाद्य सामग्री, त्रिपाल, टेन्ट साथै अन्य आवश्यक सामग्रीहरु वितरण गर्ने योजना रहेको जानकारी दिए । बतास फाउण्डेशनका अध्यक्ष आनन्दराज बतासले तीन हप्ताको बीचमा आएका दुई ठूला विनाशकारी भूकम्पले पु¥याएको क्षतिलाई न्युनिकरण गर्न मानवीय सहायताको जरुरत भएकोले १७ करोडको लागतमा भूकम्प प्रभावित विकट गाउँहरुमा टेन्ट, त्रिपाल तथा खाद्य सामाग्री वितरण गरिने बताए । आउँंदो वर्षात् अगावै पीडितहरुलाई सुरक्षित रहन सहयोग गर्न दूर दराजका गाउँहरुमा जहाँ आजसम्म राहत पुग्न सकेको छैन ती ठाउँमा पुगी पीडितहरुलाई राहत पु¥याइने बतासको भनाई रहेको थियो । नेपालमा यदि फेरि त्यस्तै भूकम्प गएमा विपदको परिस्थितिमा रहेका मानिसहरुलाई सहि समयमा राहत तथा उद्घार कार्य तदारुकताका साथ पु¥याउन सम्झौताले सहयोग पुग्ने   कुरामा बतासले विश्वास व्यक्त गरेका थिए । ईस्लामिक रिलिफ अन्तर्राष्ट्रिय राहत तथा विकासमा एशिया, अफ्रिका तथा मध्य पूर्वका  विश्वका ३० भन्दा बढि देशहरुमा कार्यरत रहेको छ । संस्थाले हालसम्म विश्वका ३ करोड २० लाख मानिसहरुलाई स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा सहयोग प्रदान गरिसकेको बताईएको छ ।

Post a Comment

 
Top