गोल्डेन न्यूज संवाददाता
‘बिपद व्यवस्थापनमा युवा, पुनर्निर्माणका लागि स्वयंसेवा’ अभियान अन्तर्गत कास्कीमा भुकम्पले भत्केका सबै विद्यालयमा अस्थायी राहत कक्षा कोठा निर्माण कार्य शनिबार सम्पन्न भएको छ । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पले क्षति पुगेका कास्कीका विद्यालयमा कास्कीका विभिन्न संघसंस्थाको सहयोग तथा युवाहरुको सहकार्यमा गत बैशाख २५ गतेबाट शुरु गरिएको अभियान शनिबार सम्पन्न भएको हो । अभियान अन्तर्गत २० विद्यालयमा ५८ वटा अस्थायी राहत कक्षा निर्माण गरीएको युवा स्वयम्सेवा समन्वय उपसमिति कास्कीका संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । शनिबार मात्र ७ विद्यालयका २५ वटा अस्थायी राहत कक्षा कोठा निर्माण गरिएको उनले बताए ।अभियान अन्तर्गत आज अन्तिम दिन नेपाल विद्यार्थी संघ कास्कीले लेखनाथको सुन्दरीडाँडा स्थित अरुणज्योति प्रा.वि.मा, सम्मोहन साहित्यिक पत्रिका र नेपाल स्काउटले गाउँफर्क मा.वि. सिद्धमा, पोखरा जेसिजले भलामस्थित जनचेतना प्रा.वि.मा, युवा जागरण समुह पोखराले भाचोकस्थित दीपेन्द्र प्रा.वि.मा, नेपाली युवा उद्यमी मञ्चले बक्रेक प्रा.वि. कृस्तिमा, टोल विकास संस्था समन्वय समिति वडा नम्बर ७ र ९ ले आर्वाको नव दुर्गा प्रा.वि.मा र रोट्रयाक्ट क्लव अफ पोखरा मिड टाउनले कालिकाको ठूलो स्वारास्थित विद्याज्योति प्रा.वि.मा स्वयम्सेवा मार्फत अस्थायी राहत कक्षा कोठा निर्माण गरेका छन् । शनिबारै विद्यालय पूर्न निर्माण अभियानलाई चित्रा किनेर सघाउन रोटरी क्लव अफ पोखरा फिष्टेल ५० हजार रुपैयाँ सहयोग गरेको छ । फिष्टेलका अध्यक्ष रमाकान्त बरालले युवा स्वयंसेवा अभियानका संयोजक दीपेन्द्र श्रेष्ठलाई सो रकमको चेक हस्तान्तरण गरे । कास्कीका जिल्ला शिक्षाअधिकारी अम्बिकाप्रसाद आचार्यले राहत कक्षा कोठा निर्माण भएपछि भोलिदेखि पठन–पाठन सुरु हुने बताए ।
यसैगरी विपद व्यवस्थापनमा युवा पुनःनिर्माण अभियान अनतर्गत भुकम्पले भत्किएका कास्कीका सामुदायिक विद्यालय पुनःनिर्माण कार्य कास्कीमा जारी रहेको छ । यसैबिच नेपाल विद्यार्थी संघ कास्कीको आयोजना, तरुणदल कास्की र खसी बोका व्यवसायी एशोसियसन कास्कीको सहयोगमा लेखनाथ १२ पचभैयामा रहेको अरुण ज्योति प्राविमा अस्थायी भवन निर्माण गरीएको छ । कार्यक्रममा कास्की काँग्रेसका सचिव कृष्ण केसी, जिल्ला सदस्य गिरिराज गौतम, क्षेत्रीय सभापति बृजमान गुरुङ, क्षेत्रीय सचिव सुरेन्द्र अधिकारी, नगर सभापति राजेन्द्रमणि लामिछाने लगायतले विपदको बेला विद्यार्थीहरुले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा खसी बोका व्यवसायी समिति कास्कीका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष ज्ञानहरी आचार्य, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सरोज केसी, जिल्ला संयोजक सुभाष कोइराला, काँग्रेसका नेताहरु भोजबहादुर गुरुङ, भिम गौतम, रामजी बादल, नेविसंघ स्याङजाका सभापति अजित क्षेत्री, तरुणदल कास्कीका उपाध्यक्ष नारायणहरि तिवारी लगायत थिए ।

Post a Comment