गोल्डेन न्यूज संवाददाता
युकेमा बसोबास गर्ने पूर्व रामबजार निवासी सामाजिक भावना बोकेका करिब २ सय जना मिली युकेमा २००९ मा रामबजार सोसाइटी युके नामको संस्था गठन गरी पोखराको रामबजार क्षेत्रलाई स्वास्थ्य, शिक्षा, खेलकुद र मानवीय कार्यको लागि सहयोग गर्ने उद्देश्य राखी खोलिएको संस्थाले बैशाख १२ र २९ गते गएको महाभूकम्पमा परी परिवार, धनजन गुमाएका व्यक्तिहरुलाई केही सहयोग पाओस् भन्ने धारणा राखी गोरखाको दुई ठाउँमा र पर्वतको कुश्मा नगरपालिका वडा नं.१७ को सिल्मी, सुन्टारी, पकुवाका दलित अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । युकेमा राहत संकलन गर्ने क्रममा सोसाइटीका अध्यक्ष रुपक गुरुङको सकृयतामा संस्थाका सल्लाहकार र पदाधिकारीहरु लागिपरेको अवस्थामा ७० परिवारलाई खाद्यान्न, लत्ताकपडा र औषधि वितरण गरिएको उक्त कार्यक्रममा पर्वत जिल्ला क्षेत्र नं.१ का संविधानसभासद् अर्जुन प्रसाद जोशीको उपस्थितिमा वितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ का सभापति सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा संचालित राहत वितरण कार्यक्रममा नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखे, रामबजार सोसाइटी युकेका पोखरा प्रतिनिधि भुपेन्द्र कुँवर, सदस्य अजरुल गुरुङ, स्टाफ नर्स रिमा गुरुङ, नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ का सचिव सूर्य बहादुर बानिया, सदस्यहरु धनमाया गुरुङ, नलु गुरुङ, सिल्मी टोलका नागरिक समाजका अध्यक्ष, सुन्टारी रेडक्रसका उपाध्यक्ष, नागरिक समाजका अगुवाहरुको रोहवरमा चामल १ हजार ७ सय ५० केजी, दाल २ सय १० केजी, नुन ७० केजी, सोयाविन तेल ७० पोका, चिनी ७० केजी, चियापत्ती २० केजी, सोयाविन मस्यौरा ३५ केजी, मसला २० केजी, चाउचाउ ७ कार्टुन, चिउरा भुजा ६० पोका, विस्कुट ६० दर्जन, सुती साडी ६० पिस, लुंगी ३५ पिस, बच्चाको कपडा १ बोरा, सुत्केरी सामान, कुर्थासुरुवाल र औषधि समेत गरी करीब १ लाख ६० हजार बराबरको सामग्री वितरण गरिएको उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठले बताए । राहत वितरणसँगसँगै रामबजार सोसाइटी युकेका सदस्य स्टाफ नर्स रिमा गुरुङले भुकम्प पीडित भएका गाउँलेलाई उपचार गराउँदै औषधि वितरण गरेका थिए । साथै उनले भूकम्पमा परी घाइते भएका विरामी अस्पतालबाट डिस्चार्ज भई तमुधी कास्कीमा रहेका विरामीहरुको लागि तमुधिं कास्कीलाई औषधि समेत हस्तान्तरण गरेका थिए । उक्त अवसरमा नेरेसो उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठले सानो सानो सहयोगले ठूलो हुने भन्दै रामबजार सोसाइटी युकेबाट प्राप्त राहतले पीडितलाई केही राहत हुने बताउँदै अबको राहतमा छिटोभन्दा छिटो अस्थायी घर बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा संविधानसभा सभासद अर्जुन प्रसाद जोशीले सरकारले टिन वितरण गर्ने योजना बनाएको अवस्थामा घरबार विहिन भएका परिवारलाई तत्काल त्रिपाल उपलब्ध गराउन प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा नेरेसो जिल्ला शाखा कास्की, भुपेन्द्र कुँवर, हिरादेवी श्रेष्ठ, रिना श्रेष्ठ लगायतका व्यक्तिबाट राहत सहयोग गरेको उपशाखाका विपद व्यवस्थापन समिति संयोजक रिता आचार्यले बताए । कार्यक्रमको संचालन कुस्मा नगरपालिका वडा नं.१७ का सचिव विष्णु पौडेलले गरेका थिए ।
Post a Comment