गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस पोखरा उप–महानगरपालिका वडा नं. ७ का क्रियाशील सदस्य तथा नेपाल तरुण दलका पूर्व इकाइ सदस्य प्रमोद नारायण बरालको ४४ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि बिरामी परेको बरालको आइतबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । प्रजातन्त्रका सेनानी, पोखरा मासबार निवासी प्रेम नारायण बरालका चार छोरा मध्ये एक प्रमोद निरन्तर कांग्रेस र प्रजातन्त्रप्रति प्रतिवद्ध रहँदै आएका थिए । उनकी धर्मपत्नी नेपाल बाहिर रहेकोले आइतबार निधन भएपनि मंगलबारमात्र धर्मपत्नी आइपुगेपछि उनको अन्त्येष्टि गरिएको हो । बरालको अन्त्येष्टिमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्यहरु जीवन परियार, गोविन्द भट्टराई लगायत विभिन्न तहका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो । स्व. बरालका दाजुभाइमध्ये एक सरोज नारायण बराल नेपाली कांग्रेस पोखरा–७ कार्यसमितिको सभापति हुन् । स्व. प्रमोदका श्रीमती, १ छोरा र १ छोरी छन् ।

Post a Comment