0
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीले बात्स्यायन बृद्धाश्रमका बृद्धाबृद्धालाई सम्मान गरेको छ । गणतन्त्र दिवसको सन्दर्भ पारी आश्रममा रहेका बृद्धबृद्धाको सुस्वास्थ्य र दीर्घायुको कामनासहित नगद, फलफूलसहित सम्मान गरिएको संस्थाका अध्यक्ष विष्णुबहादुर भट्टराईले बताए । उनले विकृति र बिसंगतिरहीत समाजको निर्माण, शान्ति सुरक्षामा प्रहरी र नागरिकको संयुक्त अभियानका साथ स्थापित सामुदायिक सेवा केन्द्रले विविध रचनात्मक कार्यक्रम गर्दैआएको बताए । सोही अवसरमा जिल्ला समन्वय समितिका पूर्व महासचिव एवं सल्लाहकार कृष्ण थापाले बाबु लिलबहादुर थापाको पुण्यस्मृतिमा बृद्धाबृद्धालाई फलफूलसमेत वितरण गरेका थिए । आश्रमका अध्यक्ष गोकर्ण कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, सामुदायिक सेवा केन्द्रका पूर्वमहासचिव एवं सल्लाहकार कृष्ण थापा, केन्द्रका महासचिव चक्रपाणि सुवेदी, सचिव प्रेम कार्की, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष चीरञ्जीवी श्रेष्ठ, सामुदायिक प्रहरी प्रमुख मेघराज गुरुङ, कार्यक्रम संयोजक सीता अधिकारी, शुभकामना महिला विकास केन्द्रका अध्यक्ष राधिका थापा, सदस्य डाल्डादेवी भुजेल, दुर्गादेवी पहारी लगायतले बोलेका थिए ।

Post a Comment

 
Top