0
गोल्डेन न्यूज संवाददाता
लण्डन बेलायतको मिडलसेक्स विश्वविद्यालयले नेपालमा भूकम्पबाट प्रभावित विद्यार्थीहरुका लागि नयाँ छात्रवृत्तिको कार्यक्रम घोषणा गरेको छ । मिडलसेक्स विश्वविद्यालयमा अध्ययनरत विद्यार्र्थीहरुको पहलमा विश्व विद्यालयले १ करोड नेपाली रुपैँया वरावरको छात्रवृत्ति घोषणा गरेको हो । उक्त छात्रवृत्ति भुकम्पबाट प्रभावित विद्यार्थीहरुले अध्ययनरत शुल्क, वेलायत जाने विमान खर्च तथा वेलायतमा बसोवास गर्न प्रयोग गर्न सक्नेछन ।विश्वविद्यालयको पूर्व विद्यार्थी तथा विद्यार्थी युनियनको प्रतिनिधि श्रेया पौडेलको पहलमा वेलायत पढ्न इच्छा व्यक्त गर्ने विद्यार्थीहरुलाई विश्वविद्यालयल सहयोगको हात अघि बढाएको छ ।  श्रेया भन्छिन्–मिडलसेक्स विश्वविद्यालय र विद्यार्थी युनियनले ममा सामाजिक न्याय र जिम्मेवारीवोधको चेतना प्रदान गरेको छ जसमा मलाई अत्यन्तै गर्व छ ।  “जुन परिवारले पहिला आफना छोराछोरीहरु शिक्षाका लागी बेलायती विश्वविद्यालयमा पढाउने तयारी गरेको थिए । भूकम्पले उनिहरुको इच्छालाई पूर्ण वा आंशिक रुपले प्रभावित पारेको छ । मिडलसेक्स विश्वविद्यालयको यो पहल प्रभावित विद्यार्थी तथा परिवारका लागी सामाजिक जिम्मेवारी बोधको एउटा नमूना हो । ” विश्वविद्यालयकी उप–कुलपति केइटी वेल भन्छिन्–“हाम्रो विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्र्थीहरुको ठूलो उपस्थिति छ र सबै नेपालको पछिल्लो समाचार सुनेर मर्माहित छौं ।” हामी ती विद्यार्र्थीको पहलवाट अत्यन्तै प्रशन्न छौँ जसले यो सोच लिएर हामीसामु मानवीय संवेदनामा हात बढाउन प्रेरणा प्रदान गरेको छन् ।  मिडलसेक्स विश्वविद्यालयले व्रिटीस गोर्खाका छोराछोरीलाई पनि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

Post a Comment

 
Top